काठमाडौँ - कार्यक्रम व्यवस्थापन संघको तेश्रो महाधिवेशन एवं चुनावी सभा २०८२ मा राजेन्द्र लुईटेल(राज) केन्द्रिय अध्यक्ष र सचिवमा विपिन पोखेरल निर्वाचित भएका छन्। देशभरका कार्यक्रम आयोजक एवं ईभेन्ट व्यवस्थापकहरुको छाता संगठन कार्यक्रम व्यवस्थापन संघको आगामी दुई वर्षे कार्यकालका लागि लुईटेलको नेतृत्वमा १३ नयाँ कार्यसमिति निर्वाचित भएका हुन।

राजधानीको लाजिम्पाट बुटिक होटलमा सम्पन्न उक्त अधिवेशनबाट उपाध्यक्षमा तृष्णा गुरुङ्ग, उपाध्यक्षमा समिर लामा, महासचिवमा सोनीतराज ढुंगेल,सचिवमा विपिन पोखेरल, कोषाध्यक्षमा मनोज थापा, सहसचिवमा भागिरथ कुमार पोखरेल, सहकोषाध्यक्षमा सपना राई तथा कार्यसमिति सदस्यहरुमा सुभाष श्रेष्ठ प्रधान, रामकृष्ण श्रेष्ठ, राहूल बन्जाडे, पूजा रेग्मि र लोमस कार्की निर्वाचित भएका थिए।
निर्वाचनका लागि संघका सल्लाहकार एवं वरिष्ठ गायक सीताराम पाेखरेल, वरिष्ठ पत्रकार विएम आचार्य तथा अधिवक्ता केशव पोखरेल निर्वाचन अधिकृत रहेका थिए। उपसभामुख ईन्दिरा राना मगरको प्रमुख आतिथ्यतामा सम्पन्न सो अधिवेशनमा नेपाली सेनाका उपरथी राजन अधिकारी, वरिष्ठ चिकित्सक डा.अर्पणा शाह, नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरिक्षक टेक बहादुर तामाङ्ग, भारत सिकरका राजा राव विक्रम सिंह, वरिष्ठ चिकित्सक सुशिल जंग शाह तथा नेपाल पुस्तकालय संघका अध्यक्ष राजेन्द्र पाण्डेले प्रमाण पत्र सहित वधाई दिएका थिए।
अधिवेशन तथा चुनावी सभालाई पर्येवक्षकको रुपमा चलचित्र कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवहरी नेपाल वैरागी, नेपाल पत्रकार महासंघका केन्द्रिय सचिव बैकुण्ठ राज पराजुली, चलचित्र पत्रकार महासंघका अध्यक्ष समिर बलामी, नृत्य निर्देशक संघका अध्यक्ष भुवन श्रेष्ठ, नेपाल नृत्य संघका अध्यक्ष महेश गोदार, राष्ट्रिय स्रष्टा तथा प्रस्तोता प्रतिष्ठानका अध्यक्ष राजेन्द्र बजगाई, संगीतकार संघका अध्यक्ष अष्ट लामा, म्यूजिक भिडियो कलाकार संघका वरिष्ठ उपाध्यक्ष शिवन पोखरेल, वरिष्ठ उद्योगी कमल प्रसाद ढकाल, होटल व्यवसायी एवं वरिष्ठ समाजसेवी शोभा गुरुङ्ग, अटो व्यवसायी रिता आचार्य रहेका थिए। उनीहरूलाई प्रशंसा पत्र प्रदान गरिएको थियो।