काठमाडाैँ - विद्यालय शिक्षा कक्षा १ देखि १२ सम्म भए पनि विद्यार्थीले कक्षा १० उत्तीर्ण गरेपछि विद्यालय परिवर्तन गर्दै आएका छन्। माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक भएसँगै विद्यार्थी र अभिभावक आफूले चाहेको विषय अध्यापन हुने गुणस्तरीय शिक्षा प्रदान गर्ने शिक्षणसंस्थाको खोजिमा हुन्छन्। कक्षा १० उत्तीर्ण गरेपछि देशभरबाट गुणस्तरीय शिक्षा आर्जन गर्नका लागि धेरै विद्यार्थीहरु काठमाडौँ उपत्यका भित्र अध्ययनका लागि पनि आउने गरेका छन्।
विद्यार्थीले कक्षा ११ अध्ययन गर्ने विद्यालय छनोट गर्दा विद्यालयको गुणस्तर, विद्यार्थीकेन्द्रित शैक्षिक वातावरण, विगतको नतिजा, पाठ्यक्रममा आधारित पठनपाठन, त्यहाँबाट उत्तीर्ण विद्यार्थीको जीवनशैली र रोजगारीको अवसरका बारेमा ध्यान दिदैँ विद्यालयले विद्यार्थीलाई प्रदान गर्ने सेवासुविधा, फ्यागल्टी मेम्बर, शिक्षक, छात्रवृत्ति लगायतका कुरामा ध्यान दिनुपर्ने सुझाब विज्ञको छ।
विद्यार्थीले आफूले रोजेको विषय र अध्ययन गरेको विद्यालयले नै आफ्नो भविष्यको रुपरेखा कोर्ने भएकाले विषय र विद्यालय रोज्दा आफ्नो रुचि र अभिभावकको क्षमतालाई पनि ध्यान दिन विज्ञले सुझाब दिएका छन्।
विद्यार्थीले विद्यालय छनोट गर्दा ध्यान दिनुपर्ने १० कुरा
१. विद्यार्थी एंव अभिभावकले सर्वप्रथम कुशल व्यवस्थापन र दक्ष अनुभवि शिक्षक भएको विद्यालय छनोट गर्नुपर्छ।
२. विद्यालयले आफ्नो लामो अनुभवबाट अभिभावकसँग समन्वयकारी भूमिका निर्वाह गर्दै विश्वसनियता हासिल गर्न सकेको विद्यालय रोज्नुपर्छ।
३. अध्ययन अध्यापनलाई प्राथमिकतामा राख्दै राजनीतिक गतिबिधीबाट मुक्त विद्यालय विद्यार्थीका लागि उपयुक्त हुन्छ।
४. विद्यार्थीले आफू बस्ने घर देखी विद्यालय सम्मको दुरी कम भएको विद्यालय रोज्नुपर्छ।
५. अभिभावकले धान्न सक्ने शैक्षिक शुल्क भएको विद्यालयमा आफ्ना छोराछोरीलाई अध्यापन गराउनु नै उपयुक्त हुन्छ।
६. विद्यालयको कक्षा कोठा र विद्यालय परिसरको वातावरण विद्यार्थीमैत्री र प्रविधी मैत्री हुनुपर्छ।
७. विद्यार्थीले विद्यालयले आन्तरिक क्रियाकलाप, अध्ययन, अध्यापनसँगै बाह्य क्रियाकलापमा जोड दिने विद्यालय छनोट गर्नुपर्छ।
८. विद्यालयले रचनात्मक तथा प्रयोगात्मक सिकाइलाई कसरी उपयोग गरेको छ भन्ने विषयमा अभिभावक र विद्यार्थीले ध्यान दिनुपर्छ।
९. विद्यार्थीले आफू अध्ययन गर्न जान चाहेको विद्यालयमा अध्ययन गरेका पूर्व विद्यार्थीहरुको स्थिति कस्तो छ? त्यहाँका उत्पादनले स्वदेशी तथा विदेशी विश्वविद्यालयमा भर्ना पाएका छन् कि छैनन्? रोजगारीको अवस्था के छ ध्यान दिनुपर्छ।
१०. विद्यालयको भौतिक शैक्षिक पूर्वाधार, ल्याब, लाइब्रेरी, खेल मैदान जस्ता कुरामा पनि ध्यान दिनु जरुरी छ।
यि हुन् काठमाडौँ उपत्यका भित्रका २५ उत्कृष्ट शिक्षणसंस्था
- ओमेगा कलेज, कुमारीपाटी, ललितपुर
- एलआरआई स्कुल, कलंकी
- क्यापिटल कलेज एण्ड रिर्सच सेन्टर (सीसीआरसी), कोटेश्वर, काठमाडौँ
- काठमाडौँ मोडल माध्यमिक विद्यालय, बागबजार, काठमाडौँ
- काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालय, बल्खु, काठमाडौँ
- काठमाडौँ वल्ड स्कुल, गुण्डु, भक्तपुर
- ग्लोबल कलेज अफ म्यानेजमेन्ट, मध्य बानेश्वर, काठमाडौँ
- ग्लोबल स्कुल अफ साइन्स, मध्य बानेश्वर, काठमाडौँ
- गोल्डेनगेट कलेज, बत्तिसपुतली, काठमाडौँ
- ट्रिटन इन्टरनेशनल कलेज, तिनकुने, काठमाडौँ
- ट्रिनिटि कलेज, डिल्लीबजार, काठमाडौँ
- टेक्सस इन्टरनेशनल कलेज, चावहिल, काठमाडौँ
- नेपाल मेगा कलेज, बबरमहल, काठमाडौँ
- पिनाकल एकेडेमी, लगनखेल, ललितपुर
- प्रसादी एकेडेमी, मानभवन, ललितपुर
- भिएस निकेतन एकेडेमी, मिनभवन, काठमाडौँ
- मनास्लु वल्ड कलेज, चुच्चेपाटी, चावहिल, काठमाडौँ
- मुनलाइट सेकेन्डरी स्कुल, कुमारीपाटी, ललितपुर
- युनिग्लोब कलेज, कमलादी, काठमाडौँ
- रिलायन्स इन्टरनेशनल एकेडेमी, सरस्वतिनगर, चावहिल
- लिभरपुल इन्टरनेशल कलेज, नयाँ बानेश्वर, काठमाडौँ
- विश्व निकेतन मावि, त्रिपुरेश्वर, काठमाडौँ
- समृद्धि स्कुल, बालाजु, काठमाडौँ
- सेन्ट जेभियर्स कलेज, माइतीघर, काठमाडौँ
- ज्ञानोदय माध्यमिक विद्यालय, बाफल, काठमाडौँ