काठमाडौँ- विदेश अध्ययनमा जान चाहने विद्यार्थीलाई शैक्षिक परामर्श सेवा उपलब्ध गराउँदै आएका व्यवसायीहरूकाे छाता संगठन शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)को अध्यक्षमा अर्जुन कुमार बस्नेत निर्वाचित भएका छन्। एप्क्यान केन्द्रिय कार्यसमिति निर्वाचन कार्यक्रम २०८२ को तेश्रो वार्षिक साधारण सभाबाट नयाँ कार्यसमिति चयन भएको हो।

यस्तै निवर्तमान अध्यक्षमा प्रज्जवल बस्नेत, उपाध्यक्षमा दिनेश न्यौपाने, अनिल शर्मा, अमित खड्का निर्विरोध निर्वाचित भएका छन्।
महासचिवमा नरेश प्रसाद सेंडाई, सचिवमा मदन उप्रेती, सन्तोष बस्नेत निर्वाचित भएका छन्। कोषाध्यक्षमा प्रज्वल खत्री, सह कोषाध्यक्ष विवेक शिवाकोटी, सदस्यमा ज्योती शाह, गिता कुमारी सुवेदी, राजन दाहाल, शेखर पाण्डे, सञ्जिव लुइँटेल, सन्तोष तमाङ्ग निर्वाचित भएका हुन्।
बाँकी तीन जना सदस्य मनोनित गर्ने एप्क्यानले जनाएको छ। प्रमुख निर्वाचन अधिकृतमा अधिवक्ता हरि राम लामिछाने रहेका थिए।