काठमाडाैँ- देशभर विभिन्न कार्यक्रम गर्दै संविधान दिवस मनाइएकाे छ। राष्ट्रिय दिवस, २०८२ यस वर्ष विगतमा झैँ विविध कार्यक्रमको आयोजना गरी देशभर मनाइएकाे हाे। राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा शुक्रबार बिहान ८:३० बजे सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल कार्यक्रम मनाइएकाे छ।
_GWyqHOUJ1h.jpg)
विभिन्न राजनीतिक दलले आफ्नाे केन्द्रीय कार्यालमा कार्यक्रम गरेर संविधान दिवस मनाएका थिए।
नेपाली जनताको लामो बलिदानीपूर्ण र लामो सङ्घर्षको उपलब्धिस्वरुप संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते घोषणा भएको थियो। मुलुकमा भएको दोस्रो संविधानसभाको निर्वाचनपछि गठित संविधानसभाले अथक मेहनत र लामो विवादपछि ‘नेपालको संविधान, २०७२’ जारी गरेको थियो। यहि दिनलाई नै राष्ट्रिय दिवसकाे रुपमा मनाउन थालिएकाे हाे।
विसं २०७२ असोज ३ गते राति नयाँ बानेश्वरस्थित तत्कालीन संविधानसभा बैठकस्थल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रबाट तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले यो संविधानलाई जारी भएको घोषणा गरेका थिए।
_bkA5cOxBHf.jpg)
संविधान दिवसरकाे अवसरमा बाेल्दै राष्ट्रपति रामचन्द्र पौडेलले वर्तमान संविधानले केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गर्दै जातीय, भाषिक, धार्मिक, सांस्कृतिक तथा भौगोलिक विविधतायुक्त नेपाली समाजलाई बृहत् राष्ट्रिय एकताको सूत्रमा आबद्ध गरेको बताएका छन्।
संविधान दिवसका अवसरमा शुभकामना आज सन्देश दिँदै उनले सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाङ्क्षा पूरा गर्न हामी सबैलाई एकजुट हुन प्रेरणा दिनेछ भनी शुभकामना व्यक्त गरेका हुन्।
_WiownIFpTA.jpg)
संविधान दिवस मूल समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री सुशीला कार्कीले गत भदौ २३ र २४ गते भएको विरोध आन्दोलन युवा पुस्ताको चाहना, जनताको बढ्दो चेतनास्तर र मुलुकमा विद्यमान भ्रष्टाचारप्रतिको असन्तुष्टिको प्रतिविम्व भएको बताएकी छन्। प्रधानमन्त्री कार्कीले युवा आन्दोलनका एजेण्डालाई आत्मसाथ गर्दै जनअपेक्षा बमोजिम काम गर्न सरकार प्रतिबद्ध रहेको पनि बताइन्।

यस्तै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालको संविधान नेपाली जनताले पटक-पटक गरेको क्रान्ति, सङ्घर्ष र लोकतान्त्रिक आन्दोलनको महत्त्वपूर्ण उपलब्धि भएको बताएका छन्।
शुक्रबार संविधान दिवसका अवसरमा वक्तव्य जारी गर्दै सभापति देउवाले संविधान निर्माण र लोकतान्त्रिक आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्ने सबै सहिदहरूको समर्पण र बलिदानको उच्च कदर गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन्। उनले संविधान मुलुकमा लोकतन्त्रको स्थापना र पुनःस्थापनाका लागि भएका ऐतिहासिक क्रान्ति, सङ्घर्ष र जनआन्दोलनको उपलब्धिस्वरुप प्राप्त दस्तावेज भएको बताए।

यस्तै नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले संविधान दिवसका अवसरमा बाेल्दै एमालेले लिएका निर्णय, गरेका काम र तिनको परिणामका सम्बन्धमा गम्भीर समीक्षा हुने उल्लेख गरेका छन्। युवाशक्तिको निर्णायक योगदान रहेको गतिशील र परिवर्तनको संवाहक शक्तिको भूमिकामा पार्टीलाई स्थापित गर्ने जिम्मेवारी आएको बताएका छन्।

संविधान दिवसकाे अवसरमा नेकपा माओवादी केन्द्र पार्टी मुख्यालय पेरिसडाँडामा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले पार्टीको केन्द्रीय समिति र स्थायी समितिको बैठकमा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखिसकेको बताएका हुन्। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जेन-जी आन्दोलन अघि नै पार्टीमा नेतृत्व हस्तान्तरणको प्रस्ताव राखिसकेको जिकिर गरेका छन्।
प्रचण्डले नेतृत्व हस्तान्तरण ‘प्रतिक्रियावादी’ हरूलाई फाइदा हुनेगरी गर्न नहुने बताए। ‘गतल तरिकाले आफ्नो इतिहास गौरव र विरासतलाई अपमानित हुने ढंगले प्रतिक्रियावादीहरूले फाइदा उठाउन नसक्नेगरी हामीले त्यो प्रक्रिया अगाडि बढाउनुपर्ने छ।’
उनले थपे, ‘फेरि पनि एउटा नयाँ इतिहास बनाउन सक्ने तागत र सामर्थ्य भएको पार्टी माओवादी केन्द्र नै हो। जेनजी पुस्ताको बलिदान योगदान बुझ्ने पार्टी माओवादी मात्रै हो। नयाँ ढंगले सोच्न सक्ने पार्टी माओवादी मात्रै हो,’ उनले जिकिर गरे।
अन्य :

