काठमाडाैँ- यस वर्षको कक्षा १२ काे परीक्षा आज आइतबारबाट सुरु भएकाे छ। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेकाे परीक्षामा जापानबाट ३७ जनासहित पाँच लाख ११ हजार ५२५ परीक्षार्थी परीक्षामा सहभागी भएका हुन्।
आउँदो जेठ २ गतेसम्म सञ्चालन हुने परीक्षामा यो वर्ष सबैभन्दा कम मनाङबाट कुल ४५ परीक्षार्थी र सबैभन्दा धेरै काठमाडौंबाट ६८ हजार १३३ परीक्षार्थी सहभागी हुनेछन्।
नेपालभर एक हजार ५९० र जापानमा एक गरी कुल एक हजार ५९१ परीक्षा केन्द्र निर्धारण गरिएको छ । सबैभन्दा बढी काठमाडौंमा १६२ र कम मनाङ/मुस्ताङमा एक/एक केन्द्र निर्धारण गरिएको बोर्डले जनाएको छ।
वैशाख ११ गतेदेखि परीक्षा हुने यसअघि तय भए पनि शिक्षक, कर्मचारीको आन्दोलनका कारण सारिएको थियो।
राष्ट्रिय परीक्षा बोर्डका अनुसार साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित र आंशिक परीक्षार्थीको वार्षिक परीक्षा आइतबार सुरु भएर आगामी जेठ २ गतेसम्म चल्नेछ।
उक्त परीक्षामा देशभरका पाँच हजार २०२ विद्यालयका पाँच लाख ११ हजार ५२५ परीक्षार्थी सहभागी हुँदै छन् । जसमध्ये नियमिततर्फ तीन लाख ९५ हजार ९०८ छन्। नियमितमध्ये पनि छात्रको संख्या एक लाख ९८ हजार ८७५ छ भने छात्राको संख्या एक लाख ९७ हजार १३ जना छ।
त्यस्तै, आंशिकतर्फ एक लाख १५ हजार ६१७ जना परीक्षार्थी सहभागी हुँदै छन्। परीक्षार्थी संख्या सबैभन्दा कम मनाङमा छन्। जहाँबाट जम्मा ४५ जनाले परीक्षा दिँदै छन्। सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १३३ जना परीक्षामा सहभागी हुँदै छन्।
परीक्षा नियन्त्रण कार्यालयले नेपालभर जम्मा एक हजार ५९० केन्द्र निर्धारण गरेको छ। त्यस्तै, जापानमा एक केन्द्र गरी कुल एक हजार ५९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ।
जसमध्ये सबैभन्दा बढी काठमाडौंमा १६२ र सबैभन्दा कम मनाङ, मुस्ताङ र जापानमा छन्। मनाङ, मुस्ताङ र जापानमा १/१ वटा केन्द्र निर्धारण गरिएको हो।
परीक्षा बिहान ८ः०० बजेदेखि ११ः०० बजे हुनेछ। परीक्षाका निम्ति केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, केन्द्रमा खटिने कर्मचारी, कार्यालय सहयोगी र सुरक्षाकर्मी गरी ४८ हजार २०९ जनशक्ति खटिनेछन्।
यसअघि वैशाख ११ गतेदेखिका लागि तय भएको परीक्षा शिक्षक महासंघको आन्दोलनका कारण रोकिएको थियो। महासंघ र सरकारबीच सहमति भइसकेको छ।
शिक्षक महासंघको आन्दोलनको कारण स्थगित विद्यालय तहको अन्तिम कक्षा १२ को परीक्षा ९ दिनपछि सुरु भएकाे हाे।
जेठ २ गतेसम्म सञ्चालन हुने उक्त परीक्षामा साधारण तथा प्राविधिक विषय समूह तर्फका नियमित र आंशिक गरी ५ लाख ११ हजार ५ सय २५ परीक्षार्थी सहभागी हुँदैछन्। परीक्षामा ५ हजार २ सय २ विद्यालयका नियमिततर्फ ३ लाख ९५ हजार ९ सय ८ परीक्षार्थी सहभागी हुनेछन्।
तीमध्ये छात्रको संख्या १ लाख ९८ हजार ८ सय ७५ र छात्राको संख्या १ लाख ९७ हजार १३ रहेको छ। परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माका अनुसार अन्य वर्गका २० जनाले परीक्षा दिँदैछन्। आंशिकतर्फ १ लाख १५ हजार ६ सय १७ परीक्षार्थीहरू सहभागी हुनेछन्। परीक्षार्थी सङ्ख्या अनुसार सबैभन्दा कम मनाङ जिल्लामा कुल ४५ र सबैभन्दा बढी काठमाडौं जिल्लाबाट ६८ हजार १ सय ३३ विद्यार्थीले परीक्षा दिँदै छन्।
नेपालभर जम्मा १ हजार ५ सय ९० र जापानमा १ समेत गरी कुल १ हजार ५ सय ९१ परीक्षा केन्द्रहरू निर्धारण गरिएको छ। जसमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लामा १ सय ६२ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङ जिल्लामा १/१ केन्द्र निर्धारण गरिएको परीक्षा नियन्त्रक शर्माले जानकारी दिए। बोर्डले परीक्षालाई मर्यादित र व्यवस्थित बनाउन सबै सरोकारवालालाई आग्रह गरेको छ।
प्रदेशगत रूपमा कोशी ८२ हजार ८ सय ७१, मधेश ६९ हजार ८ सय ८, वागमती १ लाख ३५ हजार २ सय ४०, गण्डकीमा ४३ हजार ३ सय ४९, लुम्बिनी ९० हजार ६ सय ७८, कर्णालीमा ३८ हजार ८ सय ८८ र सुदूरपश्चिम प्रदेशमा ५० हजार ६ सय ५४ र जापान ३७ जनाले परीक्षा दिँदैछन् । परीक्षा नियन्त्रक शर्माका अनुुसार परीक्षामा केन्द्राध्यक्ष र सुरक्षाकर्मीसहित ४८ हजार जनशक्ति परिचालन हुनेछन्।
जसअनुसार केन्द्राध्यक्ष १ हजार ५सय ९१, सहायक केन्द्राध्यक्ष २ हजार १ सय ९७, निरीक्षक २१ हजार ५ सय ५३, कर्मचारी २ हजार १ सय ९७, कार्यालय सहयोगी १ हजार ५ सय ९१ र सुरक्षाकर्मी १९ हजार ८० परिचालित हुनेछन्। बोर्डका अध्यक्ष महाश्रम शर्माले परीक्षालाई स्वच्छ, मर्यादित, अनुशासित, व्यवस्थित र विद्यार्थीअनुकूल बनाई सहज र प्रभावकारी वातावरणमा परीक्षा सञ्चालन र व्यवस्थापन गर्न अनुरोध गरेका छन्।
परीक्षा अनुगमन र निरीक्षण गर्न प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा प्रत्येक जिल्लामा जिल्ला परीक्षा समन्वय समिति गठन भएको र सो समितिमार्फत अनुगमन र पर्यवेक्षणको व्यवस्था मिलाइएको छ।
प्रदेशको शिक्षा हेर्ने मन्त्रालयका सचिवको अध्यक्षतामा रहेको प्रदेश परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिबाट अनुगमन हुनेछ। काठमाडौं उपत्यकाभित्रका केन्द्रहरूको परीक्षा अनुगमनको लागि विशेष व्यवस्था मिलाएको छ। काठमाडौं उपत्यका बाहिरका परीक्षा केन्द्रमा समेत जिल्ला परीक्षा समन्वय समिति एवं बोर्डका प्रदेश तथा शाखा कार्यालयले नियमित अनुगमनको व्यवस्था गर्नेछ। कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरूका लागि परीक्षा दिने विशेष व्यवस्था गरिएको छ।
त्यस्तै, कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई परीक्षा दिने व्यवस्था मिलाइएको छ। विगतका परीक्षामा परीक्षाको मर्यादा उल्लंघन गरी कारबाहीमा परेका व्यक्तिहरू नियुिक्त भएको पाइएमा जिल्ला परीक्षा समन्वय समितिले फेरबदल गर्न सक्ने व्यवस्था गरिएको छ। परीक्षाको मर्यादाविपरीत कार्य गराउने गरेको पाइएमा त्यस्तो परीक्षा केन्द्र खारेज गर्न सिफारिस गर्ने अधिकार जिल्ला परीक्षा समन्वय समितिलाई दिएको छ।
परीक्षार्थीको प्रवेशपत्र र बोर्डबाट उपलब्ध गराइएको ट्रिप्लिकेटमा विषय फरक परेमा प्रवेशपत्र अनुसारको विषय कायम गर्न र सिम्बोल नम्बर फरक परेमा ट्रिप्लिकेट अनुसारको सिम्बोल नम्बर कायम गरी परीक्षामा सहभागी हुने व्यवस्था गरेको छ। त्यसै गरी कानुनले नै बनाएको जिल्ला परीक्षा समन्वय समितिलाई पूर्ण जवाफदेही र अधिकार सम्पन्न बनाएको छ। जिल्ला परीक्षा समन्वय समिति वा परीक्षा नियन्त्रकको अनुमति बिना जो कोहीलाई पनि परीक्षा केन्द्रमा प्रवेश गर्न नदिने व्यवस्था गरिएको छ।
परीक्षाको मर्यादा पालना नगरेको भन्ने कुरामा जिल्ला परीक्षा समन्वय समिति विश्वस्त भएमा उक्त समितिलाई तत्काल केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष र निरीक्षकलाई परिवर्तन गर्न सक्ने अधिकार रहेको उल्लेख गरेको छ। बोर्डले परीक्षा अवधिभर विद्युत् आपूर्ति, ईन्टरनेट सेवालगायतका सेवालाई प्रभावकारी बनाई शान्त र मर्यादित वातावरणमा परीक्षा सञ्चालन गर्न सहयोग गर्न सबैलाई आग्रह गरेको छ।
