काठमाडाैँ - काठमाडौँको नयाँ बानेश्वरमा अवस्थित के एण्ड के इन्टरनेशनल कलेज विगत २९ वर्षदेखि गुणस्तरीय उच्च शिक्षाको क्षेत्रमा समर्पित प्रतिष्ठित शैक्षिक संस्था हो। वि.सं. २०५४ सालमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेको यस कलेजले शैक्षिक उत्कृष्टता, व्यावहारिक ज्ञान, नेतृत्व विकास र करियर-मुखी शिक्षणलाई प्राथमिकतामा राख्दै हजारौं दक्ष जनशक्ति उत्पादन गरिसकेको छ।
विद्यार्थी–केन्द्रित शिक्षण प्रणाली, अनुभवी तथा दक्ष प्राध्यापक, आधुनिक पूर्वाधार, व्यवहारिक सिकाइ र सकारात्मक शैक्षिक वातावरणका कारण के एण्ड के कलेज विद्यार्थी र अभिभावकको पहिलो रोजाइका रूपमा स्थापित भएको छ।
त्रिभुवन विश्वविद्यालय अन्तर्गत विविध शैक्षिक कार्यक्रम
के एण्ड के इन्टरनेशनल कलेजले त्रिभुवन विश्वविद्यालय अन्तर्गत व्यवस्थापन, सूचना प्रविधि तथा सामाजिक विज्ञानका विभिन्न स्नातक कार्यक्रम सञ्चालन गर्दै आएको छ। कलेजमा हाल बीबीए ९द्यद्यब्०, बीसीए ९द्यऋब्०, बीबीएस ९द्यद्यक्०, बीएसडब्लु ९द्यक्ध्० लगायत तीन फ्याकल्टी अन्तर्गत विभिन्न १० वटा स्नातक कार्यक्रम सञ्चालनमा रहेका छन्।
विद्यार्थीको रुचि, क्षमता र भविष्यको करियरलाई ध्यानमा राखेर तयार गरिएको पाठ्यक्रमले उनीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगार बजारका लागि सक्षम बनाउने लक्ष्य राखेको छ।

व्यवहारिक सिकाइमा विशेष जोड
के एण्ड के कलेजले शैद्धान्तिक शिक्षालाई व्यवहारिक अनुभवसँग जोडेर सिकाइलाई प्रभावकारी बनाउँदै आएको छ। कक्षाकोठाको अध्ययनसँगै परियोजना कार्य, समूहगत अध्ययन, केस स्टडी, फिल्ड भिजिट, प्रस्तुतीकरण, अनुसन्धान तथा इन्टर्नसिपमार्फत विद्यार्थीलाई वास्तविक कार्यक्षेत्रको अनुभव दिलाइन्छ।
यसले विद्यार्थीमा समस्या समाधान गर्ने क्षमता, विश्लेषणात्मक सोच, नेतृत्व, सञ्चार सीप तथा निर्णय गर्ने क्षमताको विकास गर्न महत्वपूर्ण भूमिका खेल्दै आएको छ।
करियर विकास र नेतृत्व निर्माण
केवल डिग्री प्रदान गर्नु मात्र नभई विद्यार्थीलाई सफल व्यावसायिक जीवनका लागि तयार पार्ने उद्देश्यका साथ कलेजले नियमित रूपमा विभिन्न तालिम तथा प्रशिक्षण सञ्चालन गर्दै आएको छ। विद्यार्थीहरूले डिजिटल मार्केटिङ, ग्लोबल म्यानेजमेन्ट, करियर डेभलपमेन्ट, सीभी तथा कभर लेटर लेखन, अन्तर्वार्ता तयारी, व्यक्तित्व विकास, नेतृत्व क्षमता अभिवृद्धि लगायतका कार्यक्रमहरूमा सक्रिय सहभागिता जनाउने गरेका छन्। यस्ता कार्यक्रमहरूले विद्यार्थीलाई रोजगार बजारमा प्रतिस्पर्धी बन्न आवश्यक सीप विकास गर्न सहयोग पुर्याउँछन्।
.jpeg)
विद्यार्थी-मैत्री शिक्षण वातावरण
के एण्ड के कलेजले विद्यार्थीलाई प्रश्न गर्न, आफ्ना विचार स्पष्ट रूपमा व्यक्त गर्न, समूहमा सहकार्य गर्न तथा सिर्जनशील ढंगले समस्या समाधान गर्न प्रोत्साहित गर्ने शिक्षण संस्कृतिको विकास गरेको छ।
प्रत्येक विद्यार्थीलाई व्यक्तिगत शैक्षिक परामर्श, नियमित मार्गदर्शन तथा शिक्षकसँग सहज पहुँच उपलब्ध गराइने भएकाले सिकाइ प्रक्रिया अझ प्रभावकारी बनेको छ।
आधुनिक पूर्वाधार र सुविधा
विद्यार्थीको सिकाइलाई सहज, प्रभावकारी र प्रविधिमैत्री बनाउन कलेजले आधुनिक पूर्वाधार विकासमा विशेष ध्यान दिएको छ। कलेजमा सुविधासम्पन्न कम्प्युटर ल्याबमार्फत प्रयोगात्मक अध्ययनको अवसर उपलब्ध छ। समृद्ध पुस्तकालयमा स्वदेशी तथा विदेशी पाठ्यपुस्तक, सन्दर्भ सामग्री, जर्नल तथा अन्य अध्ययन सामग्रीको व्यवस्था गरिएको छ। विद्यार्थीले पुस्तकालयमै बसेर अध्ययन गर्न वा आवश्यक सामग्री घरमा लगेर अध्ययन गर्न सक्ने सुविधा पनि उपलब्ध छ।
त्यसैगरी स्वच्छ तथा स्वस्थ वातावरणयुक्त क्यान्टिन, हरित कलेज परिसर तथा सहज शैक्षिक वातावरणले विद्यार्थीलाई अध्ययनका लागि उपयुक्त वातावरण प्रदान गर्दछ।
.jpeg)
खेलकुद तथा अतिरिक्त क्रियाकलाप
शैक्षिक उपलब्धिसँगै व्यक्तित्व विकासलाई पनि उत्तिकै महत्व दिँदै कलेजले विद्यार्थीलाई विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी गराउँदै आएको छ। कलेज परिसरमै रहेको फुटसल कोर्टमार्फत विद्यार्थीहरूले अध्ययनसँगै खेलकुदमा पनि सक्रिय सहभागिता जनाउन सक्छन्। यसका अतिरिक्त विभिन्न सांस्कृतिक कार्यक्रम, नेतृत्व विकास गतिविधि, सामाजिक अभियान तथा अन्तरकलेज प्रतियोगिताले विद्यार्थीको समग्र व्यक्तित्व विकासमा योगदान पुर्याइरहेका छन्।
सहज पहुँच र उत्कृष्ट शैक्षिक वातावरण
काठमाडौंको मुख्य व्यापारिक तथा शैक्षिक केन्द्र नयाँ बानेश्वरमा रहेको कलेज सार्वजनिक यातायातबाट सहज रूपमा पुग्न सकिने स्थानमा अवस्थित छ। उपत्यकाको जुनसुकै स्थानबाट विद्यार्थीलाई सहज आवतजावतको सुविधा उपलब्ध भएकाले अध्ययनका लागि उपयुक्त गन्तव्य बनेको छ।
.jpeg)
भविष्य निर्माणको विश्वासिलो सहयात्री
शैक्षिक उत्कृष्टता, व्यवहारिक ज्ञान, आधुनिक शिक्षण प्रणाली, अनुभवी शिक्षक, उद्योगसँगको सम्बन्ध, करियर–केन्द्रित तालिम तथा विद्यार्थी–मैत्री वातावरणका कारण के एण्ड के इन्टरनेशनल कलेज विश्वविद्यालय शिक्षाको उत्कृष्ट गन्तव्यका रूपमा स्थापित भएको छ।
गुणस्तरीय शिक्षा, व्यावहारिक सीप, नेतृत्व क्षमता र आत्मविश्वासयुक्त व्यक्तित्व विकासमार्फत विद्यार्थीलाई सफल करियरतर्फ डोर्याउने आफ्नो प्रतिबद्धतासहित के एण्ड के इन्टरनेशनल कलेज आज पनि उच्च शिक्षाको क्षेत्रमा निरन्तर अग्रसर रहेको छ।