काठमाडौँ- क्यापिटल मा.वि.(सिसिआरसी) कलेज आफ्नो स्थापनाको २५ औँ वर्षमा प्रवेश गरेको छ। स्थापनाको रजत जयन्तीका रुपमा कलेजले यो वर्षलाई मनाउने भएको छ। २५ वर्षको यात्रामा सिसिआरसीले हजारौं प्रतिभाशाली विद्यार्थीहरु उत्पादन गरिसकेको छ।
यस कलेजबाट अध्ययन पूरा गरेका विद्यार्थीहरु डाक्टर, इन्जिनियर, वैज्ञानिक, सिए लगायतका विभिन्न पेशा र क्षेत्रमा आवद्धभई नेतृत्व गरिरहेका छन्। सिसिआरसीका विद्यार्थीहरुले युरोप,अमेरिकाका विश्वप्रतिष्ठित विश्वविद्यालय तथा विभिन्न संस्थाहरुमा पनि छात्रवृत्तिमा अध्ययन गरेर विश्वभर नेपालको नाम प्रख्यात बनाइरहेका छन्। सिसिआरसी राजधानीका प्रतिष्ठित कलेजहरुमध्ये अग्रस्थानमा रहदै आएको छ। यस वर्ष उल्लासमय रजतजयन्ती मनाइरहेको यो संस्था विद्यार्थी र अभिभावकमाझ समर्पण, सफलता र प्रेरणाको प्रतीक बनिसकेको छ। शैक्षिक उत्कृष्टताको उज्यालो दियो बन्न सफल सिसिआरसी स्थापनाकालदेखिनै नेपालको सर्वोत्कृष्ट शैक्षिक संस्थाका रुपमा दरिदै आएको छ।
राष्ट्रिय परीक्षा बोर्ड(एनईबी)ले लिने परीक्षामा सिसिआरसीका विद्यार्थीहरुले उच्च अंक प्राप्त गर्दे मेडिकल, इन्जिनियरिङ लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका छात्रवृत्ति परीक्षामा उच्च सफलता प्राप्त गरेवाट पनि यस विद्यालयको शैक्षिक स्तरीयता प्रमाणित हुदै आएको छ।
अनुभवी शिक्षक, सन्तुष्ट अभिभावक, समर्पित व्यवस्थापन, सुसज्जित भौतिक पूर्वाधार रसेवामूलक गतिविधिहरूले सिसिआरसीलाई विद्यालय मात्र नभई सपनाहरूको थलो पनि बनाएको छ। रजत जयन्तीको उपलक्ष्यमा नयाँ शैक्षिक सत्रमा भर्ना हुने विद्यार्थीहरु मध्ये कलेजको प्रवेश परीक्षामा उत्कृष्ट २५ जनालाई कक्षा ११ र १२ मा पूर्ण छात्रवृत्तिमा अध्यापन गराउने निर्णय कलेज प्रशासनले गरेको छ।

मेडिकल शिक्षामा सिसिआरसीको निरन्तर उत्कृष्टता
पूर्णछात्रवृत्ति सहितको चिकित्सा शिक्षामा सिसीआरसिका विद्यार्थीहरु अग्रस्थानमा नाम निकाल्न सफल हुदै आएका छन्। विद्यार्थीहरुको सपना र मेहनतलाई सिसिआरसी कलेजले उनीहरुको गन्तव्यसँग संयोजन गर्ने गरेको छ। यही संयोजनले मेडिकल क्षेत्रमा सिसिआरसीले इतिहास समेत रच्दै आएको छ। सन् २०२६ मा सिसिआरसीका ३२ जना विद्यार्थीले एकैपटक चिकित्सा शिक्षा आयोगद्वारा सञ्चालित एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षा(सीईई)मा पूर्ण छात्रवृत्ति कोटामा नाम निकाली विगतको यात्राको निरन्तरतालाई कायम राखेका छन्। सन् २०२५ मा पनि ३० जना र २०२४ मा २८ जना विद्यार्थीहरुले एकै साथ एमबीबिएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा छात्रावृत्ति कोटामा नाम निकाली रेकर्ड कायम गरेका थिए।
सिसिआरसीका विद्यार्थीहरु केवल सफल मात्र भएका होइनन्, उनीहरूले प्रथम स्थानसम्मको यात्रा पनि पूरा गरेका छन्। सन्देश पण्डित, ईशा अमात्य र निरञ्जन अधिकारीजस्ता प्रतिभाहरूले चिकित्सा शिक्षाको प्रवेश परीक्षामा पहिलो स्थानमा नाम लेखाएर कलेजको गौरव बढाएका छन्।
यस विद्यालयका सन्देश पण्डितले महाराजगञ्जको एमबीबिएस प्रवेश परीक्षमा पाएको ९७ अङ्क आजसम्मकै उच्चतम अङ्क हो। सिसिआरसीकै विद्यार्थीहरुले यसै संस्थानमा अहिलेसम्म दुई÷दुई पटक दोस्रो स्थान पनि सिसिआरसीका विद्यार्थीले प्राप्त गरेका छन् ।
वि.सं. २०७४ मा जगतकिरण ओलीले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको एमबीबीएस अध्ययनका लागि लिइएको प्रवेश परीक्षामा पहिलो स्थानमा नाम निकालेर विद्यालयको नाममा अर्को सफलताको ईटा थपेका थिए। त्यसै गरी यस कलेजका पाँच जना विद्यार्थीहरुले जगदम्बा गुठीको छात्रवृत्तिमा कलकत्ता मेडिकल कलेज (भारत)मा अध्ययन गरिसकेका छन्। तीमध्ये केही अहिले वरिष्ठ चिकित्सकका रूपमा कार्यरत छन्।
सफलताको यो यात्रा केवल संयोग मात्र होइन। कक्षा ११ र १२ को बलियो शैक्षिक ढाँचा र प्रवेश परीक्षाको निरन्तर तयारी प्रक्रियाले यो नतिजा सम्भव भएको हो। यसरी सिसिआरसी कलेज अब केवल शिक्षालय मात्र नभएर विद्यार्थीहरुको मेडिकल तर्फको सपना साकार पार्ने एक प्रेरणादायी थलो पनि बनेको छ।

इन्जिनियरिङ अध्ययन संस्थान पुल्चोकमा सिसिआरसीको ऐतिहासिक उपस्थिति
सिसिआरसीले आफ्नो ऐतिहासिक पहिचान आईओई (इन्जिनियरिङ अध्ययन संस्थान) पुल्चोकको प्रवेश परीक्षामा पनि स्थापित गरेको छ। सन् २०२६ मा सिसिआरसीका ३३ जना विद्यार्थीले एकैपटक बीई अध्ययनका लागि छात्रवृत्तिमा नाम निकालेर राष्ट्रिय कीर्तिमान कायम गरेका छन्। यसै गरी यस अघि सन् २०२५ मा ३१ र २०२४ मा पनि २९ जना विद्यार्थीहरुले आईओई पुल्चोकको प्रवेश परीक्षामा नाम निकाल्न सफल भएका थिए।
यसरी एकै पटक उल्लेख्य संख्यामा विद्यार्थीहरुले छात्रवृत्तिमा नाम निकाल्नु सिसिआरसीको शैक्षिक प्रतिबद्धताको स्पष्ट प्रमाण हो । सन् २०२५ मा सिसिआरसीका छात्र गौरवकुमार साहले नवौं स्थानमा नाम निकालेर यस कलेजको उपलब्धिलाई राष्ट्रियस्तरमै जीवन्त बनाएका थिए भने वर्ष २०२३ मा स्निग्ध कार्कीले पनि छैठौं स्थानमा नाम निकालेर कलेजको प्रतिष्ठालाई उच्च बनाएका थिए।
यो उपलब्धि निरन्तर अभ्यास, प्रेरणा र समर्पणको उपज हो। यसभन्दा पहिले पनि विस २०७३, २०७७ र २०७८ मा यही कलेजका मेधावी छात्रहरू क्रमशः सुदीप भण्डारी, सुमन तामाङ र निराजन साहले प्रवेश परीक्षामा प्रथम स्थान हासिल गरी सिसिआरसीलाई राष्ट्रिय गौरवको शिखरमा पु¥याएका थिए। विशेषतः निराजन साहद्वारा प्राप्त १३७.८ अङ्क आईओईको हालसम्मकै सर्वोच्च अङ्क हो, जुन स्वयम्मा इतिहास बनेको छ।
सिसिआरसी केवल शिक्षाको केन्द्र मात्र नभएर नेतृत्व उत्पादनको केन्द्रबिन्दु पनि हो। स्थापनाकालदेखि अहिलेसम्म राष्ट्रिय रअन्तर्राष्ट्रिय प्रतियोगितात्मक परीक्षाहरूमा सिसिआरसीका विद्यार्थीहरूको प्रभावशाली उपस्थिति रअसाधारण उपलब्धिले सिसिआरसी साँच्चिकै सपना देखाउने मात्र होइन, सपना साकार पार्ने संस्थाका रुपमा प्रमाणित भैसकेको छ।

एनईबीको परीक्षामा निरन्तर प्रभाव जमाउँदै सिसिआरसी
यस विद्यालयले राष्ट्रिय परीक्षा बोर्ड(एनईबी)को परीक्षामा निरन्तर प्रभाव जमाउँदै आइरहेको छ। जेहेनदार, मेधावी र परिश्रमी विद्यार्थीहरूको पहिलो रोजाइ बन्न सफल यो विद्यालय एनईबी नतिजामा हरेक वर्ष सर्वोत्कृष्ट सफलता हासिल गर्नमा अग्रसर रहँदै आएको छ।
विसं २०८२ मा सम्पन्न एनईबी परीक्षामा सिसिआरसीका विद्यार्थी सुशान्त पौडेल र सुजन परियारले समान ३.९६ जीपीए प्राप्त गरी देशभरिमै सर्वोच्च स्थान हासिल गर्नु गौरव मात्र होइन, सिसिआरसीको शिक्षण परम्पराको जीवन्त प्रमाण पनि हो।
विसं २०८० र २०८१ को एनईबी परीक्षामा पनि सिसिआरसीका विद्यार्थीहरु सिजन कार्की र राजाबाबु दासले पनि समान ३.९६ जीपीए प्राप्त गरेका थिए । विसं २०८२ मा सिसिआरसीको पास प्रतिशत ९९.५ रहेको थियो भने विसं २०८१ मा सिसिआरसीको पास प्रतिशत ९९.७ पुगेको थियो। यो उपलब्धि उत्कृष्ट व्यवस्थापन, समर्पित शिक्षक शिक्षिका र परिश्रमी विद्यार्थीहरूको संयुक्त प्रयासको उपज हो।
यसरी अघिल्ला ५ वर्षको नतिजा हेर्दा समेत विद्यालयको औसत नतिजा ९९.५प्रतिशत रहेको पाइन्छ, जुन राष्ट्रियस्तरमै सर्वोत्कृष्ट हो।
सिसिआरसीको इतिहासमा छात्राहरू सरु न्हिसुतु र शैलजारत्न पाण्डेले एनईबी परीक्षामा सर्वोच्च अंक प्राप्त गर्दै नेपाल छात्रा विद्यापदक प्राप्त गरेको सन्दर्भ प्रेरणादायी छ, जसले छात्रा सशक्तीकरण र शैक्षिक समानतामा विद्यालयको भूमिकालाई उजागर गर्छ। यस्तै सिसिआरसीले एनईबी नतिजामा हालसम्म चारपटक प्रथम र आठ पटक द्वितीय स्थान प्राप्त गरी आफ्नो शैक्षिक पहिचानलाई देशव्यापी स्थापित गरिसकेको छ।
सिसिआरसी अध्ययनको केन्द्रका साथै ज्ञान, अनुशासन र प्रेरणाको सशक्त थलो हो। शैक्षिक क्षेत्रमा वैज्ञानिक दृष्टिकोण,मूल्य, मान्यता र समर्पित प्रयासकासाथ अघि बढिरहेको सिसिआरसीले प्रत्येक वर्ष उत्कृष्टता र प्रेरणाका नयाँ आयामहरु निर्माण गरिरहेको छ। यस विद्यालयको सफलताको कथाले शिक्षा क्षेत्रमा विश्वास, निष्ठा र मिहिनेतले कसरी सफलताको उपलब्धिहरू सम्भव बनाउँछ भन्ने उदाहरण प्रस्तुत गरेको छ।
त्यसैले आज भन्न सकिन्छ,सपनाहरू शिक्षासँग बाँच्न सिक्ने ठाँउ हो : सिसिआरसी ।

सिसिआरसीका विद्यार्थीहरूको अन्तर्राष्ट्रिय विश्वविद्यालयमा उपस्थिति
कुनै पनि राष्ट्रको समृद्धि, त्यहाँको शैक्षिक तथा दक्ष जनशक्तिका माध्यमबाट मूल्याङ्कन गरिन्छ। सिसिआरसी शैक्षिक तथा दक्ष जनशक्ति उत्पादन गर्ने उपयुक्त शैक्षिक थलो हो।सिसिआरसीले देशलाई आवश्यक उपयुक्त दक्ष शैक्षिक जनशक्ति उत्पादनमा अग्रणी भूमिका खेलेको छ । हजारौंको संख्यामा डाक्टर, इन्जिनियर, सीए, कृषि तथा वन वैज्ञानिकहरू तयार गरेको यस संस्थाका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त विश्वविद्यालयमा अध्ययन गरेका छन्।
संयुक्त राज्य अमेरिकाको एमआईटी, हार्वर्ड, न्युयोर्कजस्ता अनेकौं प्रतिष्ठित विश्वविद्यालयबाट दीक्षित भएका सिसिआरसीका कयौं विद्यार्थीहरूले जन्मभूमिलाई कर्मथलो बनाएर आफ्नो कौशल उजागर गर्दै आइरहेका छन्। सिसिआरसीका मेधावी विद्यार्थीहरु प्रमोद कँडेल, महेश थापा तथा रूचि भट्टले विश्वकै एक नम्बर मानिएको एमआईटी विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गरेका छन् भने सरोज कँडेलले हार्वर्ड विश्वविद्यालयबाट आफ्नो उच्च अध्ययन पूरा गरेका छन्। सिसिआरसीका छात्रछात्राहरूले बर्सेनी दर्जनौंको संख्यामा संसारकै उच्च तथा सम्मानित विश्वविद्यालयमा पूर्ण छात्रवृत्तिमा अध्ययन गर्दै आएका छन्। वर्ष २०२५ मा समिर चौलागाईं तथा अमोद पौडेलले न्युयोर्क विश्वविद्यालयमा फुलराइड छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका छन् ,भने वर्ष २०२४ मा पनि अभिषेक सुवेदी र रूक्मिणी घोरासैनीले सोही विश्वविद्यालयमा फुलराइड छात्रवृत्तिमा उच्च अध्ययन गर्ने मौका प्राप्त गरेका थिए ।
विदेशका प्रतिष्ठित विश्वविद्यालयहरुमा गएर पूर्ण छात्रवृत्तिमा उच्च अध्ययन गरी आफ्नो दक्षता राष्ट्र निर्माणमा उपयोग गर्न चाहने युवा जनशक्तिको उत्पादनले प्रत्यक्ष रूपमा देशको समग्र विकासलाई टेवा प्रदान गरेको छ।
सिसिआरसीले राष्ट्रिय तथा सामाजिक दायित्व बोध सहित देशको माटोलाई माया गर्ने यस्ता दर्जनौं विज्ञहरूको उत्पादनमा आफ्नो अहम् भूमिकालाई आत्मसात् गर्दे आएको छ।
सिसीआरसीः उच्च शिक्षाको प्रस्थान बिन्दु
सिसिआरसी कलेजले कक्षा ११ देखिनै प्रि–इन्जिनियरिङ, प्रि–मेडिकल र प्रि–सिएका तयारी कक्षाहरू सञ्चालन गर्दै आएको छ। यस्ता कक्षाहरुले विद्यार्थीहरूमा आत्मबल, अनुशासन र परिश्रमको संस्कृति विकास गर्न सघाएको छ। यी तयारी कक्षाहरूका कारण हरेक वर्ष दर्जनौं विद्यार्थीहरू इन्जिनियरिङ, मेडिकल, सिए, कृषि, वनविज्ञान जस्ता प्रतिष्ठित संस्थाहरुमा उच्च अङ्कसहित छानिदै आएका छन्। यसरी भविष्य निर्माणको प्रस्थान बिन्दु बनाउँदै सिसिआरसीले विद्यार्थीहरूको सपना साकार पार्ने सशक्त मञ्च प्रदान गर्दै आएको छ।

सिसिआरसीः शिक्षा र समाजसेवाको संवाहक
सिसिआरसी कलेज ज्ञानको चौतारीमात्र होइन, यो विद्यार्थीहरूको समग्र विकासको प्रेरणाको स्रोत पनि हो। सिसिआरसीले शैक्षिक उत्कृष्टतासँगै विद्यार्थीहरुमा सामाजिक दायित्वको भावनाको विकासमा पनि प्रभावकारी भूमिका निर्वाह गरिरहेको छ। यहाँका विद्यार्थीहरुले कलेजका १५ वटा विभिन्न क्लबहरूमा संलग्न भई हाजिरीजवाफ्,कविता प्रतियोगिता,वैज्ञानिक अनुसन्धान,रक्तदान,चेतनामूलक ¥याली, बृद्धाश्रम तथा अनाथालयलाई सहयोग, वृक्षारोपण र सरसफाइ जस्ता सामाजिक कार्यहरुमा सक्रिय सहभागिता जनाइरहेका छन्। सिसिआरसीले विद्यार्थीहरूलाई हिसान र राष्ट्रियस्तरका खेलकुदमा पनि निरन्तर सहभागी गराउँदै आएको छ।
वार्षिक रूपमा मनाइने खेलकुद सप्ताहसँगै हिसान कप लगायतका खेलकुद कार्यक्रममा पनि विद्यार्थीहरूको सशक्त भूमिका रहँदै आएको छ। सिसिआरसी ३ पटक हिसान बास्केटबलमा प्रथम भएको छ भने १७ पटक राष्ट्रियस्तरका अन्य बास्केटबल प्रतियोगितामा प्रथम भएको छ । यसै गरी यो विद्यालय ९ पटक विभिन्न क्रिकेट प्रतियोगितामा प्रथम, ७ पटक विभिन्न फुटबल प्रतियोगितामा प्रथम र २२ पटक विभिन्न टेबलटेनिस प्रतियोगितामा प्रथम भएको छ। यी र यस किसिमका गतिविधिमार्फत् विद्यार्थीहरूमा केवल आत्मविश्वास र नेतृत्व क्षमताको विकास भएको मात्र होइन, त्यसभन्दा बढी समाजप्रतिको संवेदनशीलता र उत्तरदायित्वको भावना विकास भएको छ। खेलकुदमा पनि सिसिआरसीले अतुलनीय सफलता हासिल गर्दै आएको छ। बास्केटबल, क्रिकेट, फुटबल र टेबलटेनिसजस्ता प्रतियोगितामा बारम्बार प्रथम हुँदै हिसान र राष्ट्रियस्तरमा आफ्नो पहिचान बनाएको छ ।

शैक्षिक पुर्वाधारमा सिसिआरसी
सिसीआरसी युग सुहाउँदो शैक्षिक थलो हो। करिव ९ रोपनी क्षेत्रफलमा विस्तारित यस कलेजका आफ्नै तीन वटा आधुनिक भवनहरु छन्। यस कलेजमा समय सापेक्ष डिजिटल कक्षा कोठा,अत्याधुनिक प्रयोगशाला तथा पुस्तकालयहरु रहेका छन्। सिसिआरसिमा दुई ओटा आधुनिक क्यान्टिन रहेका छन् जसले स्वस्थकर खाना, खाजा प्रदान गर्ने गर्दछ। भौतिक सुविधाले परिपूर्ण यस कलेजले आफ्नै प्रशोधन कक्ष मार्फत शुद्ध पानी उपलब्ध गराउने गर्दछ। सिसिआरसी प्राङ्गणमा आधुनिक क्रिकसल, फुटसल, बास्केटबल लगायतका विभिन्न खेलकुदका कोर्टहरु रहेका छन्।
शिक्षा भनेको केवल किताबी ज्ञानमात्र होइन, यो त जीवनका मूल्य र व्यवहार सिकाउने यात्रासमेत हो। विद्यार्थीहरूको सामाजिक उत्तरदायित्व र समग्र व्यक्तित्व विकासमार्फत सिसिआरसीको समर्पित यात्राले यसलाई प्रमाणित गर्छ। यही भावनाले यहाँका विद्यार्थीहरूलाई जिम्मेवार नागरिकका रूपमा तयार गरिरहेको छ, जो ज्ञान, निष्ठा र सेवाभावले समेत भरिपूर्ण हुनेछन्।