काठमाडौँ - व्यस्त सहरभित्रको सान्त वातावरण। अझ भनौँ काठमाडौँ उपत्यकाको केन्द्र बानेश्वरमा अवस्थित छ ज्ञानश्री स्कुल। कक्षा १ देखि ७ सम्मका विद्यार्थीलाई अन्तर्राष्ट्रिय स्तरको नयाँ पठनशैली अवलम्बन गर्दै विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने प्रतिवद्ध छ ज्ञानश्री। ज्ञानश्री एजुकेशन नेटवर्कद्वारा सञ्चालित यस स्कुलमा नेपालकै शिक्षा क्षेत्रका अग्रडी संस्था काठमाडौँ मोडल स्कुल (केएमसी) बागबजार र युरोस्कुल छाउनीको प्रत्यक्ष सहभागिता रहेको छ। प्रोगेसिभ स्कुलको अवधारणाबाट अघि बढ्ने योजना सहित स्थापना गरिएको स्कुलमा दक्ष अनुभवि शिक्षकको समुह कार्यरत छ।
ज्ञानश्री स्कूल समकालीन शिक्षा प्रणालीलाई नयाँ दृष्टिकोणका साथ अघि बढाउने उद्देश्यले सञ्चालनमा आएको एक प्रगतिशील शैक्षिक संस्था हो। परम्परागत शैक्षिक मूल्य र अन्तर्राष्ट्रिय शिक्षण पद्धतिको समन्वय गर्दै विद्यालयले बालबालिकालाई भविष्यका लागि सक्षम, आत्मविश्वासी र जिम्मेवार नागरिक बनाउने लक्ष्य राखेको छ।
नयाँ शैक्षिकसत्रदेखि कक्षा सञ्चालन गर्न लागेको यस विद्यालयको शिक्षण दर्शन बालमैत्री, खोजमूलक र व्यवहारिक शिक्षामा आधारित छ। विद्यालयले नेपालको राष्ट्रिय पाठ्यक्रमलाई आधार मानेर क्याम्ब्रिज अन्तर्राष्ट्रिय शिक्षण पद्धतिका उत्कृष्ट अभ्यासहरू समेटिएको मिश्रित पाठ्यक्रम लागू गरेको छ। यसले विद्यार्थीलाई स्थानीय शैक्षिक आवश्यकता पूरा गर्नुका साथै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि पनि तयार बनाउँछ।
यस विद्यालयले परियोजना आधारित सिकाइ, प्रश्नोन्मुख शिक्षण पद्धति,समालोचनात्मक सोच विकास कार्यक्रम जस्ता आधुनिक विधिहरू प्रयोग गरेर विद्यार्थीलाई परीक्षा उन्मुख मात्र नभइ जीवनोपयोगी शिक्षा प्रदान गर्ने विद्यालयले जनाएको छ। एउटा कक्षामा २४ जना विद्यार्थीमात्र राख्ने यस विद्यालयले विद्यार्थीलाई व्यक्तिगत हेरचाह गर्ने, गुणस्तरीय शिक्षासँगै अतिरिक्त क्रियाकलाप र शिक्षण सिकाइ क्रियाकलापमा जोड दिने विद्यालयका प्रिन्सिपल अनिस ढकालले जानकारी दिए।
ज्ञानश्री स्कूलको शैक्षिक पूर्वाधार आधुनिक प्रविधियुक्त हुनुका साथै सुरक्षित संरचना र बालमैत्री वातावरणलाई ध्यानमा राखेर निर्माण गरिएको छ। उज्याला वातानुकुलित एसी जडित कक्षा कोठा, विज्ञान तथा कम्प्युटर प्रयोगशाला, अत्याधुनिक पुस्तकालय, उत्पादनसँग जोड्ने कक्षाकोठा, बहुउपयोगी अडिटोरियम हल, कला तथा संगित कक्ष, स्विमिङ पुल, मिनिथियटर, खेलकुदका लागि फुटसल, बास्केटबलका लागि छुट्टै स्थान र प्रविधियुक्त शिक्षण सामग्रीले विद्यार्थीको सिकाइ अनुभवलाई प्रभावकारी बनाउने विश्वास विद्यालय व्यवस्थापनको रहेको छ।
विद्यालयले सुरक्षित, अनुशासित र सहयोगी वातावरणलाई प्राथमिकता दिँदै विद्यार्थीको मानसिक तथा शारीरिक विकासलाई समान महत्व दिने, विद्यार्थीको सर्वाङ्गिण विकासमा जोड दिने र शिक्षालाई सीपसँग जोड्ने जनाएको छ।
ज्ञानश्री स्कूलले शैक्षिक उपलब्धिलाई मात्र नभई विद्यार्थीको समग्र व्यक्तित्व विकासलाई पनि शिक्षा प्रक्रियाको केन्द्रमा राखेको छ। खेलकुद, कला, संगित, नवप्रवर्तन, पठन संस्कृतिको विकास, सामाजिक सेवाजस्ता विभिन्न क्लब र गतिविधिहरू मार्फत विद्यार्थीमा नेतृत्व, सृजनशीलता र सामाजिक उत्तरदायित्वको भावना विकास गराउने लक्ष्य लिएको छ।
विद्यार्थीलाई जिवनोपयोगी शिक्षा दिने कुरामा प्रतिवद्ध यस संस्थामा विद्यार्थीले खेल्दै, सिक्दै पढ्ने विश्वास विद्यालय सञ्चालकको रहेको छ। विद्यालयमा सञ्चालित विविध कार्यक्रमहरूले विद्यार्थीलाई सानै उमेरदेखि समूहमा काम गर्ने क्षमता, समस्या समाधान कौशल र आत्मविश्वास विकास गर्न सहयोग पु¥याउने कुरामा प्रिन्सिपल ढकालले जानकारी दिए।
विद्यार्थीलाई सहरको केन्द्र भन्दा पर धायर पढ्न जानु भन्दा घर नजिकै विद्यार्थीले गुणस्तरीय शिक्षा पाउन् भन्ने नै हो। विद्यालयले विद्यार्थीको आवतजावतका लागि ८ वटा भ्यान राखेको छ। ज्ञानश्री स्कूलको दीर्घकालीन लक्ष्य विश्वस्तरमा प्रतिस्पर्धा गर्न सक्ने, नैतिक मूल्यमा आधारित र समाजप्रति जिम्मेवार नागरिक उत्पादन गर्नु हो। विद्यालयले विद्यार्थीलाई केवल शैक्षिक सफलतामा सीमित नराखी जीवन उपयोगी सीप, नेतृत्व क्षमता र मानवीय संवेदनशीलता विकास गर्ने वातावरण प्रदान गर्ने प्रतिबद्धता जनाएको छ।अनुभवी नेतृत्व, अन्तर्राष्ट्रिय अभ्यास, प्रविधियुक्त संरचना र बालमैत्री वातावरणको संयोजनले विद्यालयलाई शैक्षिक गुणस्तरमा केन्द्रित गर्नेछ।