काठमाडाैँ - दोलखाकाे चरिकोटमा रहेको गौरीशंकर बहुमुखी क्याम्पसले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्राप्त गरेको छ। विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायन ‘क्युएए’ प्रक्रिया पूरा गरेर शैक्षिक गुणस्तर सुनिश्चितता तथा प्रत्यायन परिषद्को सिफारिसको आधारमा क्याम्पसले ‘क्युएए’ प्राप्त गरेको हो।
काठमाडौँमा आयोजित एक कार्यक्रमका बिचमा विश्वविद्यालय अनुदान आयोगले क्याम्पसलाई क्युएए प्राप्तिको प्रमाणपत्र प्रदान गरिएकाे हाे। दस वर्षदेखिको अथक मिहिनेतको प्रतिफलमा क्युएए प्रमाणपत्र प्राप्त गरेको र आगामी दिनको शैक्षिक गुणस्तरीयतामा केन्द्रित हुने क्याम्पस सञ्चालक समितिका अध्यक्ष अमृत राउतले बताए।
लामो समयको मिहिनेत र स्थानीयदेखि सबैको साथ र सहयोगका कारण क्याम्पसले क्युएएको प्रमाणपत्र गरेसँगै आगामी दिनमा थप विषयका कक्षाहरु सञ्चालनसँगै भौतिक र शैक्षिक गुणस्तरको योजना रहेको अध्यक्ष राउतले बताए।
क्युएए प्राप्तिमा सबैको साथ र सहयोगमा सफलता प्राप्त भएको भन्दै आगामी दिनमा पनि यस्तै सहकार्यमा अघि जाने उनको भनाइको छ। केही वर्ष अघि नै क्याम्पसले क्युएए प्राप्त गर्नुपर्नेमा कोभिड सङ्क्रमण तथा विभिन्न प्राविधिक कारणले ढिला भएता पनी क्यूएए प्राप्त गर्न सफल भएको क्याम्पस प्रमुख शान्तबहादुर केसिले बताए।
प्रमुख केसिले भने, ‘क्युएए प्राप्त गर्न नसक्दा दुखित थियौँ। लामो प्रयासपछि सफल भयौँ। अब खुसी हुने बेला आएको छँ।’ सरोकारवालाको छलफल समन्वयमा क्याम्पसले थप नयाँ विषयहरू अध्यापन गर्ने प्रक्रिया अघि बढाउने सोचमा रहेको उनले बताए। प्राप्त उपलब्धि जोगाइ राख्न अब क्याम्पस थप सशक्त ढङ्गबाट अघि बढ्न आवश्यक रहेको उनले बताए।
क्याम्पसमा नयाँ विषय सुरु गर्ने बाटो खुलेको छ। क्याम्पसले अरु क्याम्पसहरूमा पढाइ हुने विषयभन्दा नयाँ खालका प्राविधिक विषय थप गर्ने योजना रहेको उनको क्याम्पसले जनाएको छ। वि स २०३८ सालमा स्थापना गरिएको गौरीशंकर बहुमुखी क्याम्पसमा हाल स्नाततक र स्नाकोत्तर तहमा आठ सयभन्दा बढि विद्यार्थी अध्ययनरत रहेका छन्।