काठमाडौँ- उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) को नवौँ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा युवराज शर्मा विजयी भएका छन्। हिसानको शनिबार सम्पन्न नवौं महाधिवेशनबाट शर्मा १६० मत प्राप्त गरी विजयी भएका हुन्। अध्यक्ष पदका अर्का उम्मेदवार उनका निकटतम प्रतिस्पर्धी लोकबहादुर भण्डारीले १०६ मत प्राप्त गरेका थिए। यस्तै महासचिवमा रामहरी सिलवाल विजयी भएका छन्। सिलवालले १४८ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी जयराम खनालले ११८ मत प्राप्त गरेका थिए।
हिसानमा यसपटक अध्यक्ष पदका लागि ४ जना उम्मेदवार देखिएका थिए। निर्वाचन अघिकाे कार्यसमितिका वरिष्ठ उपाध्यक्ष युवराज शर्मा, महासचिव लोकबहादुर भण्डारी, उपाध्यक्ष रामेश्वर अर्याल र नोबल कलेज सिनामंगलका संचालक नवराज पाण्डेले अध्यक्ष पदमा उम्मेदवार दिने घोषणा गरेका थिए। तर पछि रामेश्वर अर्याल र नवराज पाण्डेले उम्मेदवारी फिर्ता लिएसँगै शर्मा र भण्डारीबीच प्रतिस्पर्धा भएको थियो। उक्त प्रतिस्पर्धामा युवराज शर्मा विजयी भएका हुन्।

यसैगरी, वरिष्ठ उपाध्यक्ष पदका लागि आवश्यक दुई जनामध्ये डा. स्वागत श्रेष्ठ र टंकराज आचार्य निर्वाचित भएका छन्। डा. श्रेष्ठले १४७ मत र आचार्यले १०३ मत प्राप्त गरेका छन्। अन्य प्रतिस्पर्धीहरूमा जीवन प्रकाश शर्मा, भेषराज पोखरेल र बाबुराम पन्त रहेका थिए। उनीहरुले क्रमसः ३७, १००, ७८ मत प्राप्त गरेका थिए।
उपाध्यक्ष पदका १३ मध्ये ११ जना सर्वसम्मत निर्वाचित भएका छन्। निर्विरोध निर्वाचित उपाध्यक्षहरूमा आर.वि. अधिकारी, ऋषी तिवारी, डोलराज पाण्डे, धरणीधर अधिकारी, नरेन्द्र बहादुर अधिकारी, मुकुन्द घिमिरे, राजेन्द्र अधिकारी, विरेन्द्र जयना श्रेष्ठ, विष्णुराज पौडेल, सुमन गोपाल आचार्य र हरिचन्द्र लामिछाने रहेका छन्।
७ जना सचिवका लागि ९ जना प्रतिस्पर्धामा थिए। सचिवमा, कृष्ण प्रसाद पौडेल १४३, जीवन लामा गोले १६७, पारश श्रेष्ठ १४५, भवानी प्रसाद पौडेल २१९, यम बहादुर रोका १४५, राजेश कार्की १४३, बलराम पन्त १५५ मत सहित विजयी भएका छन्। कोषाध्यक्षमा शिव प्रसाद अधिकारि निर्विरोध निर्वाचित भएका छन्। यस्तै सह-कोषाध्यक्षमा शंकर भट्टराई निर्वाचित भएका छन्।
यस्तै, खुला सदस्यमा केपि पन्त, केशव प्रसाद दंगाल, दिवाकर जैसि, हरीकृष्ण अर्याल, आजिवन सदस्यबाट शिव प्रसाद सुवेदी, कोशी प्रदेशबाट केशव खड्का, गुणराज अधिकारी, सागर प्रसाद भट्टराइ, मधेश प्रदेशबाट मुकेश प्रसाद गुप्ता, वावुसाहेव यादव, लुम्बिनी प्रदेशबाट उत्तमराज घिमिरे, गणेश भण्डारी, दिनेश भुषाल, कर्णाली प्रदेशबाट प्रेम वहादुर दसुनी, सुदूरपश्चिम प्रदेशबाट डा. भोजराज पन्त निर्विरोध निर्वाचित भएका छन्। ६७ सदस्यीय हिसानको केन्द्रीय समिति रहने व्यवस्था छ।