काठमाडौँ- ललितपरमा रहेको क्वेस्ट इन्टरनेशनल कलेजले विश्वविद्यालय अनुदान आयोगको सहयोगमा दिगो भविष्यका लागि व्यवसाय, प्रविधि र अतिथ्य सम्बन्धि क्वेस्ट अन्तराष्ट्रिय सम्मेलन सफलतापूर्वक सम्पन्न गरेको छ।
दुई दिनसम्म चलेको अन्तर्राष्ट्रिय सम्मेलनमा भारत, बंगलादेश, थाइल्यान्ड, मलेसिया, संयुक्त राज्य अमेरिका सहित विभिन्न १२ भन्दा बढि देशका ७५ भन्दा बढी अनुसन्धानकर्ताहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरेको आयोजक क्वेस्ट इन्टरनेशनल कलेजका प्रिन्सिपल उदयराज पौडेलले जानकारी दिए। सम्मेलनमा व्यापार, प्रविधि र अतिथ्यता क्षेत्रमा अर्थपुर्ण शैक्षिक बहसमा योगदान पु¥याउने उद्देश्यले आ–आफ्ना अनुसन्धानपत्र प्रस्तुत गरिएको थियो।

सम्मेलनको २ दिनको अबधिमा पाँच सय भन्दा बढीले सहभागीता जनाएका थिए। सम्मेलने नेपालको मौलिक परम्परागत पञ्चे बाजावाट गरिएको थियो। त्यसैगरी मानविय रोबट पनि सम्मेलनको आर्कषणका रुपमा रहेको थियो। जसले कार्यक्रमको उद्घाटन समारोहमा अतिथिहरुलाई खादा र ब्याच प्रदान गर्नुकासाथै सहभागीहरुसँग हात मिलाउदै सबैको ध्यान आर्कषण गर्न सफल भएकोे थियो। सम्मेलनको पहिलो दिन प्रिन्सिपल पौडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
सम्मेलनमा पोखरा विश्वविद्यालय व्यवस्थापन संकायका डिन प्रा.डा. ज्ञानेश्वर शर्मा, गोपाल नारायण सिंह विश्वविद्यालयको व्यवस्थनपन संकायका डिन प्रा.डा. रजनीश रत्न र सभाका अध्यक्ष प्रा.डा. पुष्कर बज्राचार्यले मन्तब्य राखेका थिए।

कलेजका प्रिन्सिपल पौडेलले क्वेस्ट अन्तराष्ट्रिय सम्मेलनले समकालिन चुनौतीहरुलाई सम्बोधन गर्दै, दिगो भविष्यलाई प्रर्वद्धन गर्न महत्वपुर्ण योगदान पु¥याउनुका साथै, नयाँ पुस्तालाई नयाँ /नयाँ अध्यान, अनुसन्धान र अन्वेषणमा उत्प्रेरित गर्ने विश्वास व्यक्त गरे।