काठमाडाैँ - ललितपुर महानगरपालिका कुमारीपाटीमा रहेको ओमेगा माध्यामिक विद्यालयमा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन तर्फका विषयहरु अध्यापन गरिन्छ। १२ रोपनी क्षेत्रफलमा ९ वटा भवनमा रहेको यस विद्यालयमा सुविधा सम्पन्न विद्यार्थीमैत्री कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला रहेको छ।
यस विद्यालयले राष्ट्रिय परीक्षा वोर्डले लिने परीक्षाहरुमा उत्कृष्ट नतिजा प्राप्त गर्दै आएको छ। बोर्डले सञ्चालन गरेको २०८१ सालको कक्षा १२ को परीक्षामा ९९.२२ प्रतिशत, २०८० सालको परीक्षामा ९९.४४ प्रतिशत र २०७९ सालको नतिजामा ९९.३४ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। उत्कृष्ट नतिजा र प्रयोगात्मक शिक्षाका कारण ओमेगा विद्यार्थीको आकर्षणको केन्द्रमा पर्ने गरेको छ। यस विद्यालयमा १२४ जना शिक्षक तथा ५६ जना कर्मचारी कार्यरत छन्। ओमेगामा ४ जना विदेशी विद्यार्थी समेत अध्ययनरत छन्।
विद्यालयमा कक्षा ११ र १२ मा गरी २०८२ सालमा १ हजार ६ सय २८ जना, २०८१ सालमा १ हजार ५ सय ६२ जना र २०८० सालमा १ हजार ५ सय ४२ जना विद्यार्थीले अध्ययन गरेका थिए। विद्यालयले विद्यार्थीलाई सहजीकरणको लागि ओमेगाले प्रविधि मैत्री कक्षा कोठा,चमेना गृह, पुस्तकालय, यातायात र आवासको प्रवन्ध समेत गरेको छ।
यस विद्यालयले शिक्षकहरूलाई प्रश्नपत्र निर्माण र पाठ्यक्रम सम्बन्धी तालिम सञ्चालन गर्दै आएको छ। साथै विभिन्न विद्यालयका गणित र विज्ञान विषय शिक्षकलाई तालिम समेत प्रदान गर्दै आएको छ। विद्यार्थीहरुलाई खेलकुद सहित विभिन्न अतिरिक्त प्रतियोगिताहरुमा पनि सहभागी गराउँदै आएको छ। ओमेगाका विद्यार्थीहरुले राष्ट्रपति रनिङशिल्ड प्रतियोगिता, अन्तर विद्यालय फुटसल, बास्केटबल, नृत्य र टेबल टेनिस लगायतका प्रतियोगिताहरुमा विभिन्न पदक जित्न सफल भएका छन्। ओमेगा विद्यालयको विद्यार्थी योङ्गी पौडेल दक्षिण एसिया युथ च्यापेनशिपमा टेबल टेनिस खेलमा नेपालबाट छनोट समेत भएकी थिइन्।
यस विद्यालयका विद्यार्थीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आंशिक छात्रावृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्। विद्यालयले विषयगत भ्रमण गराउने गरेको छ। जेहेन्दार विद्यार्थीका लागि छात्रवृत्ति समेत उपलब्ध गराउँदै आएको यस विद्यालयले जिवनोपयोगी शिक्षासँगै विद्यार्थीहरुको नतिजामा समेत ध्यानदिँदै आएको छ।
शिक्षक र कर्मचारीहरुको प्रत्यक्ष निगरानिमा विद्यार्थीहरुलाई पठन पाठन गराउँदै आएको यस विद्यालयले कमजोर विद्यार्थीहरुकालागि समेत विशेष तरिकाले अध्यापन गराउँदै आएको विद्यालयका प्राचार्य रमेश अधिकारी बताउँछन्।