काठमाडाैँ - काठमाडौँको कलंकीमा अवस्थित लर्निङ रियल्म इन्टरनेशनल (एलआरआई) स्कुल वि.स.२०४४ सालमा स्थापना भएको हो। यस विद्यालयमा विज्ञान, व्यवस्थापन तथा कानुनतर्फका विषयहरु अध्यापन हुँदै आएको छ। एलआरआईले प्रयोगात्मक र व्यवहारिक शिक्षामा विगत देखिनै जोड दिदैँ आएको छ।
राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने कक्षा १२ को विगत ३ वर्षको परीक्षामा शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। एलआरआईमा २०८२ मा कक्षा ११ र १२ मा ४७७ जना विद्यार्थीले अध्ययन गरेका थिए। त्यसैगरि २०८१ मा ४२१ र २०८० मा ३६७ जना विद्यार्थीले अध्ययन गरेका थिए।
हाल एलआरआईमा २ जना विदेशी विद्यार्थीहरु समेत अध्ययनरत छन्। एलआरआईले कक्षा ११ मा निश्चित कोटामा मात्र भर्ना लिने गरेको छ। एलआरआईमा कक्षा ११ र १२ तर्फ हाल ५० जना भन्दा बढि संख्यामा शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन्। कूल २४ रोपनि क्षेत्रफलमा फैलिएको एलआरआईको ८ वटा सुविधासम्पन्न आफनै भवन रहेका छन्। उत्कृष्ट विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, अत्याधुनिक डिजीटल पुस्तकालय, प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रवन्ध गरिएको छ।
एलआरआईले विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको छ। प्रतियोगितामा विद्यार्थीहरुको सहभागिता मार्फत क्रिकेट टुर्नामेन्टका १० भन्दा बढी प्रतियोगितामा पुरस्कार प्राप्त गरेको छ। एलआरआईका विद्यार्थीहरु उच्च शिक्षा अध्ययनको लागि विज्ञान, व्यवस्थापन, मेडिकल, ईन्जिनियरिङ लगायतका क्षेत्रमा पूर्ण तथा आंशिक छात्रवृत्तिसहित स्वदेशि तथा विदेशी विश्वविद्यालयमा अध्ययन गर्दै आएका छन्।
विद्यार्थीलाई प्रयोगात्मक शिक्षणबिधि मार्फत पठनपाठन गराउँदै, गुणस्तरीय शिक्षा प्रदान गर्नु, विद्यार्थीमैत्री शैक्षिक वातावरणमा अध्यापन गराउनु, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तित्व विकासको अवसर प्रदान गर्नु एलआरआईको विशेषता हो।
एलआरआईले विद्यार्थीहरुलाई भाषागत, शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ। खेलकुद, चित्रकला, मुट कोर्ट, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ट्यालेन्ट हन्ट, सहित विद्यार्थीहरुलाई व्यवहारिक सँगै बारिस्टा, कुकिङ, बेकरी, प्लम्बिङ लगायतका सीपमुलक तथा व्यवसायिक तालिम समेत प्रदान गर्दै आईरहेको छ। विद्यार्थीहरुका लागि संसदीय अभ्यास समेत गराउँदै आएको एलआरआईले पछिल्लो समय चीनियाँ भाषाको प्रशिक्षण प्रदान गरि छात्रवृत्तिमा अध्ययनका लागि चीन जाने अवसर समेत प्रदान गर्दै आएको छ।
विश्वका विभिन्न विश्वविद्यालयहरुसँग सम्झौता गरि एलआरआईले विद्यार्थीहरुलाई सहजीकरण पनि गर्ने गरेको छ। एलआरआईले विद्यार्थीहरुलाई शैक्षिक मार्गदर्शन, उत्प्रेरणासँगै भौतिक सुविधाको राम्रो र प्रभावकारी प्रबन्ध गर्दै आएको छ।