काठमाडौँ- काठमाडौँको कोटेश्वर नरेफाँटमा रहेको क्यापिटल माध्यमिक विद्यालय अर्थात (सिसिआरसी)मा विज्ञान, व्यस्थापन र कानुन संकाय तर्फका विषयहरु अध्यापन हुँदै आएको छ। २६ वर्षअघि कक्षा ११ र १२ को अध्ययन अध्यापनको लक्ष्यसहित स्थापित सीसीआरसी कलेजले निरन्तर प्रगतिको यात्रा तय गर्दै हजारौं प्रतिभाशाली विद्यार्थी उत्पादन गरिसकेको छ।

युरोप, अमेरिकाका प्रतिष्ठित विश्वविद्यालयहरूमा छात्रवृत्तिमा पुगेका विद्यार्थीहरूले विश्वभर नेपालको नाम प्रख्यात बनाइरहेका छन्। डाक्टर, इन्जिनियर, वैज्ञानिक र नेतृत्वकर्ताका रूपमा देश निर्माणमा लागेका विद्यार्थीहरू सीसीआरसीका मात्र नभएर राष्ट्रकै गौरवका रुपमा रहेका छन्। विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले एमविविएस, बिई आदिको प्रवेश परिक्षामा छात्रवृत्ति समेतमा नाम निकाल्न सफल भएका छन्। यति मात्र होइन विश्वका प्रतिष्ठित विश्वविद्यालयमा समेत यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।
सीसीआरसी राजधानीका प्रतिष्ठित कलेजमध्ये अग्रस्थानमा रहँदै आएको छ। आफनो स्थापनाको २५ वर्ष अर्थात् रजतजयन्ती मनाइसकेको सीसीआरसीले निरन्तररुपमा विद्यार्थी र अभिभावकको विश्वास र माया प्राप्त गरिरहेको छ। विद्यार्थीहरूको राष्ट्रिय परीक्षा बोर्ड (एनईबी) काे परीक्षामा उच्च प्राप्ताङ्क, मेडिकल, इन्जिनियरिङ लगायतका राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरका छात्रवृत्ति परीक्षामा प्राप्त उच्च सफलता यसको शैक्षिक स्तरीयताको समेत प्रमाण हो।
अनुभवी शिक्षक,सन्तुष्ट अभिभावक, समर्पित व्यवस्थापन, सुसज्जित भौतिक पूर्वाधार र सेवामूलक गतिविधिहरूले सीसीआरसीलाई विद्यालय मात्र नभइ सपनाहरूको थलो बनाएको छ। करिब ६ रोपनी क्षेत्रफलमा ३ वटा भवनमा अत्याधुनिक कक्षा कोठा रहेको यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, पुस्तकालय, आवासिय व्यवस्थासँगै चमेना गृह र यातायातको समेत सहज प्रबन्ध रहेको छ।
सिसिआरसीले विद्यार्थीहरुका लागि विज्ञान,व्यवस्थापन र कानुन सम्वन्धि विभिन्न तालिमहरु प्रदान गर्दै आएको छ। विद्यार्थीहरुको क्षमता अभिवृद्धिका लागि परामर्श र विभिन्न विश्व प्रतिष्ठित विश्वविद्यालयमा अध्ययनका लागि समेत परामर्श प्रदान गर्ने गरेको छ।
विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै आएको सिसिआरसीले अन्तरविद्यालय विज्ञान प्रर्दशनी, हाजिरी जवाफ, कविता, बक्तृत्वकला, बास्केटबल प्रतियोगिता सहित फुटबल, चेस, फुटसल लगाएतका थुप्रै प्रतियोगिताहरु सञ्चालन गर्दै विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ। यस्ता प्रतियोगिताहरुमा यस विद्यालयका विद्यार्थीहरुले उत्कृष्ट स्थान हासिल गर्दै आएका छन्। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा सिसिआरसीले २०८१ सालमा ९९.५ प्रतिशत, २०८० सालमा ९९.७ प्रतिशत, २०७९ मा ९९.२ प्रतिशत नतिजा ल्याउन सफल भएको छ।
कक्षा ११ र १२ मा २०८२ सालमा २ हजार ५ सय ५ जना, २०८१ सालमा २ हजार ५ सय १७ जना र २०८० मा २ हजार ३ सय ८५ जना विद्यार्थीले यस विद्यालयमा अध्ययन गरेका थिए। हाल कक्षा ११ मा २ जना विदेशी विद्यार्थी समेत अध्ययनरत छन्। विद्यालयमा हाल १ सय ४४ जना शिक्षक कर्मचारी कार्यरत छन्।
गुणस्तरीय शिक्षा, दक्ष तथा अनुभवि विषयगत शिक्षक, अतिरिक्त क्रियाकलापमा जोड, पूर्व तयारी कक्षा सञ्चालन, व्यवस्थित र आधुनिक भौतिक शैक्षिक पूर्वाधारको व्यवस्थाले पनि विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्ने उपप्रधानाध्यापक दीपक राज उपाध्याय बताउँछन्।