काठमाडौँ- काठमाडौँको मुटु बागबजारमा रहेको काठमाडौँ मोडेल माध्यमिक विद्यायालयमा विज्ञान, व्यवस्थापन, मानविकी, तथा कानुन तर्फका विषय अध्यापन हुदै आएको छ। करिब २० रोपनी क्षेत्रफलमा ५ वटा भवनमा सञ्चालित यस विद्यालयले आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा केएमसीले उत्कृष्ट नतिजा हासिल गर्दे आएको छ।बोर्डले लिएको परीक्षाको विगत ३ वर्षको नतिजामा ९९ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन्।
यस विद्यालयमा २ सय ५० भन्दा बढि शिक्षक कर्मचारी कार्यरत रहेका छन्। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा ४४४४ जना, २०८१ सालमा ४ हजार ४ सय ८४ जना, २०८० सालमा ३ हजार ९ सय ६२ जना विद्यार्थीले अध्ययन गरेका थिए। यहाँ २ जना विदेशी विद्यार्थी समेत अध्ययनरत छन्।
यस विद्यालयले अनुसन्धान तथा प्रस्तुती, मुट कोर्ट, रोवोर्टिक्स वर्कसप, मिनी म्याराथोन, लिडरसिप ट्रेनिङ, केएमसी ट्यालेन्ट हन्ट, पावर पोईन्ट, स्पोर्ट मिट, लिडरसिप डेभलपमेन्ट लगायतका तालिम, प्रतियोगिता तथा कार्यक्रम सञ्चालन गर्दै आएको छ। केएमसीमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवासिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।
केएमसीले हिसान हाजिरी जवाफ प्रतियोगिता, युटीसी हाजिरी जवाफ प्रतियोगिता जस्ता प्रतियोगिता, युटीसी हाकाथोन, युवा वैज्ञानिक सम्मेलन, नेपाल आर्थिक प्रतियोगिता जस्ता ५० भन्दा बढि प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल भएको छ।
केएमसीका विद्यार्थीहरु २०८२ सालमा मात्र चिकित्सा शास्त्रमा ५४ जनाले पूर्ण छात्रवृत्ति, इन्जिनियरिङ अध्ययन तर्फ ६७ जना विद्यार्थीले पूर्ण छात्रवृत्तिमा अध्ययन गर्ने अवसर प्राप्त गरेका छन्। त्यस्तै हरेक वर्ष २०० जनाभन्दा बढीले एमबीबीएस र ३०० भन्दा बढी विद्यार्थीहरुले इन्जिनियरिङ अध्ययनमा प्रवेश पाउन सफल हुँदै आएका छन्। गत वर्ष २२ जना विद्यार्थी सिए फाउन्डेसन उत्तीर्ण र १२ जना विद्यार्थीले नेपाल ल क्याम्पसमा अध्ययनका लागि प्रवेश परीक्षा पास हुन सफल भएका छन्।
आफ्ना विद्यार्थीहरूको अनुशासनलाई केन्द्रमा राखेर व्यक्तिगत रुचि र क्षमताका आधारमा अध्ययन अध्यापन गर्नुनै यस विद्यालयको विशेषता रहदै आएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा प्रत्येक वर्ष शतप्रतिशत नतिजा, कक्षा १२ पछि हुने विभिन्न प्रवेश परीक्षाका लागि कक्षा ११ देखिनै तयारी कक्षा सञ्चालन, अत्याधुनिक भौतिक संरचना, सुविधासम्पन्न कक्षा कोठा, प्रयोगशाला, पुस्तकालयका साथै दक्ष तथा अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले केएमसीनै रोज्ने प्राचार्य डा.नगेन्द्र बहादुर अर्याल बताउँछन्।