काठमाडौँ- काठमाडौँ बर्नहार्ट माध्यमिक विद्यालय काठमाडौँको बल्खुमा अवस्थित रहेको छ।यस विद्यालयमा विज्ञान,व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ मा १६ सय २२ जना २०८१ सालमा १६ सय १३ र २०८० मा १६ सय १६ जना विद्यार्थीले अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा बर्नहार्टले २०८१ सालमा ९९ प्रतिशत, २०८०सालमा ९८ प्रतिशत र २०७९ सालमा ९५ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका थिए। विद्यालयमा कक्षा ११ र १२ मा गरि १ सय ४० जना शिक्षक कर्मचारीहरु कार्यरत रहेका छन्। कुल ७ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालय भित्र ६ तले सुविधासम्पन्न आफ्नै भवनहरुमा अत्याधुनिक कक्षा कोठाहरु रहेका छन्।
बर्नहार्टमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला,प्रविधि मैत्री कक्षा कोठा,आवासिय प्रवन्ध,चमेना गृह र यातायात लगायत आवश्यक सम्पूर्ण सुविधा उपलब्ध रहेको छ। यस विद्यालयका विद्यार्थीहरुले मेडिकल,ईन्जिनियरिङ,सीएलगायत विदेशी विश्वविद्यालयमा पूर्ण छात्रावृतिमा नाम निकाल्न सफल हँुदै आएका छन्।
भौतिक शैक्षिक पूर्वाधारले सुसम्पन्न बर्नहार्ट स्कुलले विभिन्न प्रतियोगिताहरुमा उत्कृष्ट नतिजा हासिल गर्दे आएको छ। यस विद्यालयले मोटिभेस्नल स्पिकिङ,शिक्षक तालिम,जनरल स्टडिज,योग शिक्षा लगायतका तालिम पनि शिक्षक र विद्यार्थीहरुका लागि सञ्चालन गर्दै आएको छ।समयको माग अनुसारको शिक्षा प्रदान गर्नुनै बर्नहार्टको विशेषता रहेको छ। प्रयोगात्मक र व्यहारिक शिक्षामा विद्यालयले जोड दिदै आएको छ। विद्यार्थी केन्द्रित शिक्षण विधि अपनाउदै विद्यार्थीको हेरचाहलाई विद्यालयले प्राथामिकता दिँदै आएको छ।
विद्यार्थीमैत्री वातावरण,सुविधा सम्पन्न भवन,उत्कृष्ट नतिजा र विश्वव्यापी शिक्षाको लागि विद्यार्थी तथा अभिभावकले बर्नहार्टलाई रोज्ने गरेको विद्यालयका प्राचार्य पुरुषोतम बिष्ट बताउँछन्।