काठमाडाैँ- भक्तपुरको गुण्डुमा रहेको काठमाडौँ वर्ल्ड स्कुल विशिष्ट श्रेणीको विद्यालय हो।यस विद्यालयमा कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन तथा कानुन तर्फका विषय अध्यापन हुन्छ। साथै ए लेभलको अध्यापन पनि यस विद्यालयमा गरिदै आएको छ।पूर्णकालिन शिक्षकहरूद्वारा अध्यापन हुने यस विद्यालयमा विश्वस्तरीय भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। यस विद्यालयमा कक्षा ११ मा २०८१ सालमा २०० जना, २०८० सालमा २१५ जना र २०७९ सालमा २०० जना विद्यार्थी भर्ना भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८० सालमा ९० प्रतिशत, २०७९ सालमा ८८ प्रतिशत र २०७८ सालमा ८६ प्रतिशत विद्यार्थी उत्तीर्ण गर्न सफल भएको थियो।

यस विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या २०० जना रहेको छ भने यस विद्यालयमा १२ जना विदेशी विद्यार्थी रहेका छन्। यस विद्यालय ५५ रोपनी क्षेत्रफलमा ७ वटा सुविधासम्पन्न भवनमा सञ्चालित छ। यस विद्यालयमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, छात्रबास, चमेना गृह र आफ्नै ३५ वटा यातायातका साधन सहितको सुविधा रहेको छ। आफ्नै सुविधासम्पन्न भवनसहित स्विमिङपुल, बास्केटबल, फुटसल कोर्ट हुनुका साथै विद्यार्थीले सान्त मनोरम वातावरणमा अध्ययन गर्ने अवसर पाउँछन्।
विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षामा जोड दिदैँ आएको यस विद्यालयमा विद्यार्थीका लागि व्यक्तीत्व विकास, सीप र दक्षतामा जोड दिदैँ अध्यापन गराइन्छ। काठमाडौँ वल्ड स्कुलले विद्यार्थीका लागि कम्प्युटर सफ्टवेयर डेभलपमेन्ट, रोर्वटिक्स, होटल म्यानेजमेन्ट लगायतका तालिम सञ्चालन गर्दै आएको छ।
काठमाडौँ वर्ल्ड स्कुलले प्याब्सन छात्र फुटसल प्रतियोगितामा विजयी हुनुका साथै विभिन्न अन्तरविद्यालय प्रतियोगितामा विजेता बन्न सफल भएको थियो। विस्वस्तरीय भौतिक शैक्षिक पूर्वाधारसहित विद्यार्थीमैत्री वातावरणमा गुणस्तरीय शिक्षा प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। अभिभावक तथा विद्यार्थीहरुले मनोरम वातावरण, आधुनिक भौतिक शैक्षिक पूर्वाधार, उच्चस्तरिय गुणस्तरीय शिक्षाका कारण काठमाडौँ वर्ल्ड स्कुल रोज्ने गरेका छन्।