काठमाडौँ- काठमाडौँको मध्यबानेश्वरमा रहेको ग्लोबल कलेज अफ म्यानेजमेन्टमा कक्षा ११ र १२ मा व्यवस्थापन र विज्ञान तर्फका विषय अध्यापन हुदै आएको छ। ग्लोबल कलेज काठमाडौँ उपत्यका भित्रकै विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल शिक्षणसंस्था हो।देशकै उत्कृष्ट शिक्षणसंस्थाको रुपमा आफूलाई अब्बल साबित गरिसकेको यस कलेजले राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा विगत ३ वर्षदेखी शतप्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ।

सुविधासम्पन्न अत्याधुनिक भवनमा रहेको ग्लोबल कलेजमा अत्याधुनिक विज्ञान प्रयोगशाला, सूचना प्रविधि प्रयोगशालाका साथै प्रविधि मैत्री कक्षा कोठा, चमेना गृह र यातायात सहितको प्रबन्ध गरिएको छ। ग्लोबलले विभिन्न प्रतियोगिताहरुमा विद्यार्थीहरुलाई सहभागी गराउँदै आएको छ। यस कलेजले समर फुटसल, बास्केटबल, भलिबल, क्रिकेट, टेबल टेनिस, चेस, ब्याडमिन्टन, रोड रेस जस्ता खेलकुद सम्बन्धी प्रतियोगिता र प्रशिक्षण समेत दिँदै आएको छ। राष्ट्रिय स्तरको वाइड डिबेट च्याम्पियनसिपमा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। त्यस्तै उत्कृष्ट म्यानेजमेन्ट स्कुल कलेज विधामा विभिन्न संघसंस्थाहरूले ग्लोबल कलेज अफ म्यानेजमेन्टलाई उत्कृष्ट कलेजको उपाधि प्रदान गरेका छन्। यस कलेजले व्यवस्थापन तर्फको उत्कृष्ट शिक्षणसंस्थाको रुपमा फेयर इन्टरनेशनल एजुकेशन अवार्ड - २०२५ प्राप्त गरेको थियो।
व्यवस्थापन र विज्ञान संकायलाई छुट्टाछुट्टै भवन, छुट्टै व्यवस्थापनका साथमा कर्मचारी संयोजक तथा शिक्षकद्वारा अध्यापन गराइने उत्कृष्ट कलेज हो ,ग्लोबल कलेज। यस कलेजले विद्यार्थीलाई करियर काउन्सिलिङ, फिल्ड भिजिट, रिपोर्ट राइटिङ, आर्ट, गायन, नृत्य, कन्टेन्ट राइटिङ, एङ्करिङ, भिडियोग्राफी, फोटोग्राफी लगायतका तालिमहरू सञ्चालन गर्दै आएको छ।
शिक्षण र सिकाइलाई प्राथमिकतामा राखी अध्यापन गराइनु यस विद्यालयको विशिष्ट विशेषता रहि आएको छ।