काठमाडौँ- काठमाडौँ कोटेश्वरमा रहेको ट्रिटन माध्यमिक विद्यालयमा विज्ञान,व्यस्थापन तथा कानुन संकाय तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा १९९६ जना, २०८१ सालमा १ हजार ८ सय ६१ जना, २०८० सालमा १ हजार २ सय ३० जना विद्यार्थीले अध्ययन गरेका थिए। ट्रिटनमा हाल ५ जना विदेशी विद्यार्थीहरु अध्ययनरत रहेका छन्। राष्ट्रिय परिक्षा बोर्डले लिएको परीक्षामा ट्रिटनले २०८१ मा ९९.२ प्रतिशत, २०८० सालमा ९८.९ प्रतिशत, २०७९ मा ९७.६ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो। ट्रिटनमा हाल १२८ जना शिक्षक र कर्मचारीहरु कार्यरत रहेका छन्।
कुल ४ रोपनी क्षेत्रफलमा रहेको ट्रिटनमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री र बतानुकुलित कक्षा कोठा, आवासीय प्रवन्ध, चमेना गृहसँगै यातायातको प्रबन्ध रहेको छ। ट्रिटन कलेजले प्रत्येक वर्ष शिक्षक कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, वर्कशप र विद्यार्थीलाई नेतृत्व विकासका तालिमसँगै अतिरिक्त क्रियाकलाप गर्दै आएको छ। ट्रिटनले ट्रिटन टल्क सो, ट्रिटन ट्यालेन्ट हन्ट, गायन तथा नृत्य, ब्याडमिन्टन, बास्केटबल, भलिबल, फुटसल, चेस लगायतका गतिविधि गर्दै आएको छ। त्यस्तै ट्रिटनले कक्षा ११ र १२ का विद्यार्थीलाई पूर्वतयारी कक्षा सञ्चालन पनि गर्ने गरेको छ। यस कलेजले विभिन्न प्रतियोगिता आयोजना समेत गर्दै आएको छ। ट्रिटनले आयोजना गरेको अन्तरविद्यालय कविता प्रतियोगितामा तेस्रो स्थान, किष्ट कलेजले आयोजना गरेको विज्ञान प्रविधि प्रतियोगितामा प्रथम स्थान,आर्मी समुह (सीओएएस)ले आयोजना गरेको विज्ञान प्रर्दशनी प्रतियोगितामा दोस्रो स्थान हासिल गर्न सफल भएको थियो।
ट्रिटनले अन्तरविद्यालय विज्ञान हाजिरी जवाफ प्रतियोगिता, फिजिक्स म्याथ ओलम्पियाड्,अन्तरविद्यालय कानुन हाजिरी जवाफ प्रतियोगिता लगायतमा पनि उत्कृष्ट स्थान हासिल गरेको छ। ट्रिटनमा अध्ययन गरेका विद्यार्थीहरु ईन्जिनियरिङ तथा मेडिकल विषयमा पूर्ण छात्रवृत्ति प्राप्त गर्न सफल भएका छन्।प्रत्येक वर्ष विषयगत शैक्षिक भ्रमण पनि लैजादै आएको छ। प्रभावकारी शैक्षिक वातावरण, उत्कृष्ट नतिजा,परिवर्तनकारी सिकाइ, दक्ष तथा अनुभवी विषयगत शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले ट्रिटनलाई रोज्ने गरेको कलेजकी कार्यकारी निर्देशक रितु न्यौपाने बताउँछिन्।