काठमाडौँ- काठमाडौँको चावहिल चुच्चेपाटीमा रहेको मनास्लु वर्ल्ड कलेजमा विज्ञान,व्यवस्थापन,कानुन र मानविकी संकाय अन्तर्गतका विषयमा अध्यापन गराईन्छ। यस विद्यालयमा हाल कक्षा ११ र १२ मा २२०० विद्यार्थी अध्ययनरत छन्। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८१ मा ८४.६२ प्रतिशत, २०८० सालमा ७८.३४ प्रतिशत र २०७९ सालमा ९८.५७ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए।विद्यालयमा १ सय ५४ जना शिक्षक र कर्मचारी कार्यरत रहेका छन्।

८ रोपनी भन्दा बढि क्षेत्रफलमा ९ वटा सुविधासम्पन्न भवनमा सञ्चालित यस विद्यालय शैक्षिक भौतिक पूर्वाधारमा सम्पन्न रहेको छ। विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा,आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको सुविधा यस विद्यालयले विद्यार्थीहरुलाई उपलब्ध गराउँदै आएको छ। मनास्लुले विभिन्न समयमा विद्यार्थी र शिक्षकको लागि स्थानिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय स्तरका शैक्षिक तालिम तथा प्रतियोगिता सञ्चालन गर्दै आएको छ। विद्यालयले विद्यार्थी र शिक्षकहरुका लागि नेतृत्व विकासका विभिन्न तालिम सञ्चालन गर्दै आएको छ। स्थापनाकाल देखिनै विद्यालयले राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरमा साँस्कृतिक आदान प्रदान तथा शैक्षिक भ्रमण समेत सञ्चालन गर्दे आएको छ।
विद्यालयले मदन भण्डारी स्पोर्टस एकेडेमीले आयोजना गरेको मदन भण्डारी राष्ट्रिय खुल्ला बास्केटबल प्रतियोगिता २०८०, काठमाडौँ विश्वविद्यालयले आयोजना गरेको अन्तर कलेज फुटबल प्रतियोगितामा, जेभिएर बास्केटबल प्रतियोगिता सहित, होटल म्यानेजमेन्ट अफ द इयर २०७९, मेराे डान्स युनिभर्स सिजन टु काे कल्चरल डान्समा फस्ट रनर अप लगायतका पुरस्कार प्राप्त गर्न सफल भएको छ। यस विद्यालयले अष्ट्रेलियावाट इर्मजिङ प्लस टु स्कुल तथा कलेज, बेलायतवाट बेस्ट प्लस टु एकेडेमिक एक्सिलेन्स अवार्ड २०२५, लगायतका थूप्रै अवार्ड तथा पुरस्कार प्राप्त गर्न सफल भएको छ।
यस कलेजमा अध्ययनरत विद्यार्थीले एमबीबीएस तथा इन्जिनियरिङ अध्ययनका लागि देश तथा विदेशका विभिन्न विश्वविद्यालयमा पूर्ण तथा आशिंक छात्रावृत्तिमा नाम निकाल्न सफल भएका छन्। विद्यालयले अन्तराष्ट्रिय मान्यता प्राप्त उत्कृष्ट व्यवस्थापन तथा शैक्षिक गतिविधिका लागि आईएसओ २००९ :२०१५ प्रमाणित कलेजको मान्यता प्राप्त गर्न सफल भएको छ। विद्यालयले पढाईसँगै विभिन्न पेशागत सीप तथा तालिमहरु उपलब्ध गराई विद्यार्थीहरुलाई दक्ष वनाउने कार्य गर्दे आएको छ।
विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने गरि सक्षम जनशक्ति उत्पादन गर्दै नेतृत्वदायी क्षमताको विकासलाई प्राथामिकता दिनु मनास्लुको विशेषता रहेको कार्यकारी निर्देशक कुमार मोक्तान बताँउछन्।