काठमाडाैँ - ललितपुरको सातदोबाटोमा रहेको मुनलाइट माध्यमिक विद्यालय (मोलिस)मा विज्ञान,व्यवस्थापन तथा मानविकी संकाय अन्तर्गतका विषय अध्यापन हुदै आएको छ। विद्यार्थीको संख्यात्मक वृद्धि भन्दा पनि शैक्षिक गुणस्तरमा प्राथमिकता दिने यस विद्यालयले सिमित संख्यामा मात्रै विद्यार्थी भर्ना लिने गरेको छ। यस विद्यालयले विद्यार्थीको सुविधा तथा भौतिक पूर्वाधारमा ध्यान दिदैँ आएको छ। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा विद्यालयले उत्कृष्ट नतिजा प्राप्त गर्दे आएको छ।

वि.स २०८१ र २०८० सालमा ९९ प्रतिशत २०७९ सालमा ९७.८ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। विद्यालयमा कार्यरत शिक्षक कर्मचारीको संख्या ९८ रहेको छ। ४ रोपनी भन्दा बढि क्षेत्रफलमा फैलिएको मोलिसको आफ्नै सुविधासम्पन्न भवन रहेको छ।विद्यालय परिसरमा बास्केटबल कोर्ट तथा फुटसल कोर्ट निर्माण गरिएको छ। मोलिसमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला, प्रविधि मैत्री कक्षा कोठा, पुस्कालय, आवासिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।यस विद्यालयले विद्यार्थीहरुलाई खेलकुद सहित अतिरिक्त प्रतियोगिताहरुमा सहभागिता गराउदै आएको छ।मोलिसका विद्यार्थीहरुले डिएभी फुटसल कपमा पहिलो स्थान, जेम्स फुटसलमा दोस्रो स्थान, पिइए हाजिरिजवाफ प्रतियोगितामा पहिलो स्थान, ईकोनेमिक ओलम्यिाड लगायतका थुप्रै प्रतियोगिताहरुमा पुरस्कार प्राप्त गर्न सफल भएका छन्।
मोलिसले प्रत्येकवर्ष शिक्षक कर्मचारीलाई क्षमता अभिवृद्धि तालिम, कार्यशाला र नेतृत्व विकासको प्रशिक्षण प्रदान गर्दे आएको छ।विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको मेलिसले फुटसल, ट्यालेन्ट हन्ट, ब्याडमिन्टन,बास्केटबल आदि खेलको प्रशिक्षण पनि दिदै आएको छ।
यस विद्यालयका विद्यार्थीहरुले नियमित रुपमा राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा उत्कृष्ट नतिजा प्राप्त गर्दे आएको छ। मोलिसले आईओएम,आईओई लगायतका परीक्षामा विद्यार्थीहरुले उत्कृष्ट नतिजा निकाल्न सफल हुदै आएका छन्।लामो समयदेखी शिक्षा क्षेत्रमा क्रियाशिल शैक्षिक व्यक्तित्वहरुबाट स्थापित, निरन्तर उत्कृष्ट नतिजा र सहुलियत शुल्कमा पठनपाठन गर्नु मोलिसको विशेषता रहेको छ।
गुणस्तरीय शिक्षा,विद्यार्थी केन्द्रित प्रशासनिक व्यवस्था,सुविधायुक्त भौतिक शैक्षिक पूर्वाधार, विद्यार्थी अभिभावकसँग नियमित सम्पर्क र नेतृत्व विकासको प्रशस्त अवसरका कारण विद्यार्थी र अभिभावकले मोलिसलाई रोज्ने गरेको मोलिसका उप प्राधानाध्यापक प्रमोद कुमार चौधरी बताउँछन्।