काठमाडाैँ - युनाईटेड एकेडेमी ललितपुरको कुमारिपाटीमा अवस्थित एक अग्रणी शैक्षिक संस्था हो। सन् १९९७ मा स्थापना भएको यस युनाईटेड एकेडेमीले विगत दुई दशकभन्दा बढी समयदेखि कक्षा ११ र १२ मा विज्ञान, व्यवस्थापन, मानविकी तथा कानुन संकायमा गुणस्तरीय शिक्षा प्रदान गर्दै काठमाडौँ उपत्यकाकै सबैभन्दा रोजाइको शैक्षिक संस्थाको पहिचान स्थापित गर्न सफल भएको छ। युनाईटेडले प्लस टु कार्यक्रमसँगै आफ्नो शैक्षिक दायरा विस्तार गर्दै विद्यालय तहदेखि उच्च शिक्षासम्मका कार्यक्रम सञ्चालन गरिरहेको छ।
संस्थाअन्तर्गत ‘युनाइटेड स्कुल’ र ‘युनाइटेड युनिभर्सल स्कुल’ नामक जुनियर विङमार्फत माध्यमिक शिक्षा परीक्षा (एसइई) सम्मको शिक्षा प्रदान गर्दै आएको छ भने ‘युनाइटेड कलेज’ नामक सिनियर विङमार्फत त्रिभुवन विश्वविद्यालयसँग आबद्ध बीए, बीबीएस, बीसिए, बीबीएम तथा एमबीएस कार्यक्रम सञ्चालन हुँदै आएका छन्। यस विद्यालयले विद्यार्थीलाई समग्र र व्यवहारिक शिक्षा प्रदान गर्ने उद्देश्यका साथ आधुनिक तथा वैज्ञानिक शिक्षण विधि र प्रभावकारी शैक्षिक पद्धति अवलम्बन गर्दै आएको छ।
उत्कृष्ट नतिजा, छात्रवृत्ति तथा प्रतिष्ठित विश्वविद्यालयहरूमा विद्यार्थीको सफल प्रवेशको गौरवपूर्ण इतिहास बोकेको यस विद्यालयले गुणस्तरीय शिक्षामा आफ्नो अलग पहिचान बनाएको छ। विद्यार्थीको रुचि, क्षमता र भविष्यको लक्ष्यअनुसार विविध शैक्षिक विषयहरू समेटिएको पाठ्यक्रमको अध्यापन गराउनु यस विद्यालयको विशेषता रहेको छ। अनुभवी तथा दक्ष शिक्षकहरू मार्फत विद्यार्थीहरुले प्रेरणा, हौसला र सही दिशा प्राप्त गर्नुनै यस विद्यालयको फरक विशेषता रहदै आएको छ।
विद्यार्थीले केवल पाठ्यपुस्तकमा सीमित शिक्षा मात्र होइन, सिर्जनात्मक सोच, नेतृत्व क्षमता, अनुसन्धानमुखी अध्ययन र व्यावहारिक ज्ञान हासिल गर्ने अवसर प्राप्त गर्छन भन्ने मान्यतालाई व्यवहारिकरुप दिदै आएको यस विद्यालयले उत्कृष्ट शैक्षिक वातावरण, आधुनिक शिक्षण पद्धति र विद्यार्थीकेन्द्रित दृष्टिकोणमार्फत प्रत्येक विद्यार्थीको भविष्य निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको छ।