काठमाडौँ- काठमाडौँको कमलादी स्थित युनिग्लोब स्कुलमा विज्ञान, व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयको कक्षा ११ र १२ मा २०८२ सालमा ३ हजार १ सय, २०८१ सालमा २ हजार ७ सय ८६ जना, २०८० मा २ हजार ४ सय ५६ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा युनिग्लोबले २०८१ मा ९९ प्रतिशत २०८० सालमा ९८ प्रतिशत, २०७९ सालमा ९७ प्रतिशत र २०७८ सालमा ९७ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
नेपालमा विज्ञान, सूचना प्रविधि र व्यवस्थापनको क्षेत्रमा गुणस्तरीय शिक्षा प्रदान गर्ने उद्देश्यले स्थापना भएको यस माध्यमिक विद्यालयमा विभिन्न क्षेत्रका विज्ञ, अर्थविद् र शिक्षाविदहरु कार्यरत छन्। यस विद्यालयमा कक्षा ११ र १२ मा ९८ जना शिक्षक र ४७ जना कर्मचारी कार्यरत छन्। १४ रोपनी क्षेत्रफलमा रहेको यस विद्यालयका ३ वटा सुविधा सम्पन्न भवन रहेका छन्। विद्यार्थीका लागि विज्ञान, सूचना प्रविधि प्रयोगशाला, चमेना गृह, प्रविधि मैत्री कक्षाकोठा, यातायात, अत्याधुनिक पुस्तकालयको व्यवस्था रहेको छ।
उपत्यका भित्र सञ्चालित शिक्षणसंस्थामध्ये आफूलाई अब्बल सावित गर्न सफल यस युनिग्लोबले विभिन्न अन्तरविद्यालय प्रतियोगितामा सहभागीता जनाउँदै विभिन्न पदकहरू प्राप्त गर्न सफल भएको छ। विद्यार्थीले ३० भन्दा बढी प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न भएका थिए। युनिग्लोबका विद्यार्थीले ‘कुम्माट २०२४’ र ‘सीम्याट २०२४’ मा प्रथम स्थान हासिल गर्न सफल भएका थिए। सर्वोत्कृष्ट नतिजा र सम्पूर्ण भौतिक शैक्षिक पूर्वाधार उपलब्ध हुनु यस कलेजको विशेषता हो। विद्यार्थी–केन्द्रित सिकाइ पद्धतिः विद्यार्थीको व्यक्तिगत क्षमता र रुचिलाई बुझेर सोही अनुसारको शिक्षण विधि र व्यवहारिक शिक्षामा जोड दिँदै आएको छ।गुणस्तरीय शिक्षा, अनुशासित वातावरण, विद्यार्थी केन्द्रित शिक्षण विधि, दक्ष तथा अनुभवि शिक्षक र अतिरिक्त क्रियाकलापमा जोड दिदैँ आएको कारण विद्यार्थी र अभिभावकले युनिग्लोबलाई रोज्ने गरेका छन्।
कलेजको शैक्षिक योजना र निर्णय प्रक्रियामा अभिभावकको नियमित राय–सुझावलाई उच्च प्राथमिकता दिने गरिएको छ। विद्यार्थीको उपस्थिति, शैक्षिक प्रगति र अनुशासनबारे अभिभावकलाई मोबाइल एप वा डिजिटल माध्यमबाट तत्काल जानकारी दिने व्यवस्था पनि यस कलेजले गरेको छ।
शिक्षक, विद्यार्थी र अभिभावकबीच त्रैमासिक रूपमा सञ्चालन हुने ’प्यारेन्ट–टिचर मिटिङ’ मार्फत त्रिकोणात्मक सम्बन्ध सुदृढ पार्दे सुरक्षित शैक्षिक वातावरण, गुणस्तरीय नतिजा र विद्यार्थीको चौतर्फी विकासका कारण विद्यार्थी तथा अभिभावकहरूका मन जित्न यस कलेज सफल हुदै आएको छ।