काठमाडौँ- काठमाडौँको चावहिल स्थित रिलायन्स इन्टरनेशनल एकेडेमीमा विज्ञान र व्यवस्थापन तर्फका विषय अध्यापन हुन्छ।यस विद्यालयको कक्षा ११ र १२ मा २०८२ मा १ हजार ७ सय २० जना, २०८१ सालमा १ हजार ७ सय ३२ जना विद्यार्थी, २०८० मा १ हजार ९ सय २७ जना र २०७९ मा १ हजार ७ सय १२ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षामा रिलायन्सले २०८१ सालमा ९६.४७ प्रतिशत, २०८० सालमा ९९.३१ प्रतिशत, २०७९ सालमा ९९.४९ प्रतिशत र २०७८ सालमा ९९.७३ प्रतिशत नतिजा ल्याउन सफल भएको थियो।
रिलायन्समा कार्यरत शिक्षक कर्मचारीको संख्या १४६ रहेको छ। करिब ५ रोपनी क्षेत्रफलमा ३ वटा सुविधासम्पन्न भवनमा यस विद्यालय सञ्चालित छ। यस विद्यालयले विगतदेखि नै आफूलाई उत्कृष्ट बनाउँदै लगेको छ। रिलायन्समा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आइसिटी प्रयोगशाला, होटल म्यानेजमेन्ट प्रयोगशाला, चमेना गृह र पुस्तकालय सहितको व्यवस्था रहेको छ। यस विद्यालयले विषय शिक्षकलाई तालिम प्रदान गर्नुको साथै कोअर्डिनेट तालिम, विषयगत तालिम, पाठ्यक्रम सम्बन्धि तालिम सञ्चालन गर्दै आएको छ।
रिलायन्सले बुढानिलकण्ठ प्रेसिडेन्ट कपमा दाेस्राे स्थान हासिल गरेकाे थियाे। गत वर्ष जिल्ला स्तरिय तहको कबड्डी प्रतियोगितामा तेस्रो स्थान हासिल गर्न सफल भएको थियो। त्यस्तै यस विद्यालयले अन्तरविद्यालय फुटबल, बास्केटबल, फुटसल, हाजिरीजवाफ, भलिबल लगायतका विभिन्न प्रतियोगितामा विभिन्न स्थान हासिल गर्न सफल भएको छ। रिलायन्सका विद्यार्थीहरुले ईन्जिनियरिङ प्रवेश परीक्षा र चिकित्सा शिक्षा तर्फको एकिकृत प्रवेश परीक्षामा पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएका छन्। यस विद्यालयले विद्यार्थी र शिक्षकलाई विभिन्न किसिमका शैक्षिक तालिम र मोटिभेसन क्लासको व्यवस्था गर्दै आएको छ।
विद्यार्थीहरुलाई व्यक्तिगत हेरचाह प्रदान गर्नु नै यस कलेजको फरक विशेषता हो। गुणस्तरीय शिक्षा, आईसीटी र सफ्ट स्किल डेप्लपमेन्ट, विद्यार्थीमैत्री वातावरण, अंग्रेजी माध्यमद्वारा पठनपाठन, प्रत्येक वर्ष उत्कृष्ट नतिजा, अत्याधुनिक भौतिक संरचना, दक्ष, अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकले रिलायन्सलाई रोज्ने गरेका छन्।