काठमाडौँ - काठमाडौँ नयाँ बानेश्वरमा अवस्थित लिभरपुल सेकेन्डरी स्कुलमा विज्ञान, व्यवस्थापन र कानुन तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा १ हजार ७ सय ३५ जना, २०८१ सालमा १ हजार ७ सय २७ जना, २०८० सालमा १ हजार ७ सय ९१ जना र २०७९ मा १ हजार ५ सय ४८ जना विद्यार्थीले अध्ययन गरेका थिए। राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गरेको परीक्षाको नतिजा अनुसार २०८१ सालमा ९७ प्रतिशत, २०८० सालमा ९७ प्रतिशत, २०७९ सालमा ९२.३ प्रतिशत र २०७८ सालमा ९९.३ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका थिए। यस विद्यालयमा कार्यरत शिक्षक र कर्मचारीको संख्या १२७ रहेको छ।
लिभरपुल ७ रोपनि क्षेत्रफलमा ३ वटा भवनमा सञ्चालित एक उत्कृष्ट नमुना विद्यालय हो। यहाँ विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, होटल म्यानेजमेन्ट ल्याब, एसी र प्रोजेक्टर सहितको हल, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको उत्कृष्ट भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
लिभरपुलले मलेसियामा सम्पन्न ‘एपीसीवाइएस २०२४’ मा गोल्ड मेडल प्राप्त गर्नुको साथै फुटबल, बास्केटबल लगायतका प्रतियोगिताहरुमा प्रथम स्थान हासिल गर्न सफल भएको छ। लिभरपुलले शिक्षक कर्मचारीको लागि विषय विज्ञबाट तालिम प्रदान गर्नुको साथै कानुनका विद्यार्थीहरुलाई संसदको नमूना तालिमको व्यवस्था गर्दै आएको छ।
यस विद्यालयका विद्यार्थीहरु अध्ययनपश्चात् देश तथा विदेशका विभिन्न अस्पताल, अदालत, हवाईसेवा, बैँक लगायतका विभिन्न प्राविधिक क्षेत्रहरुमा कार्यरत छन्।विद्यार्थीहरुलाई उच्च गुणस्तरको शिक्षा प्रदान, विषयगत शैक्षिक भ्रमण, सिकाइ वातावरणलाई बढावा, प्रत्येक विद्यार्थीलाई शैक्षिक, सामाजिक र व्यक्तिगत रुपमा फस्टाउने, मार्गदर्शन र प्रेरणा दिने, प्रतिस्प्रधात्मक बजारमा उत्कृष्ट हुन आवश्यक ज्ञान र सीपहरु प्रदान गर्नु यस विद्यालयको फरक विशेषता हो। कलेजले सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएका कारण विद्यार्थी र अभिभावकले यस विद्यालयलाई रोज्नुपर्ने विद्यालयले जनाएको छ।