काठमाडाैँ - व्यवस्थापन तर्फका विषय अध्ययन गर्न चाहने विद्यार्थीको रोजाइमा पर्न सफल समृद्धि स्कुल काठमाडौँको बालाजुमा रहेको छ। समृद्धि स्कुलमा कक्षा ११ र १२ मा व्यवस्थापन अन्तर्गतका सम्पूर्ण विषयहरु अध्यापन गराइन्छ। समृद्धि स्कुलमा कक्षा ११ र १२ मा २०८२ सालमा ४ सय ७८,२०८१ सालमा ५ सय ८८ जना, २०८० सालमा ६ सय ८८जना विद्यार्थीले अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजा अनुसार २०८१ सालमा ९३ प्रतिशत २०८० सालमा ९५ प्रतिशत र २०७९ सालमा ९९ प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका थिए। समृद्धि स्कुलमा ४५ जना शिक्षक कर्मचारी कार्यरत रहेका छन्। कुल ८ रोपनी भन्दा बढि क्षेत्रफलमा फैलिएको यस विद्यालयमा सुविधासम्पन्न शैक्षिक पूर्वाधारहरुको व्यवस्था गरिएको छ। समृद्धिमा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षाकोठा, पुस्तकालय, चमेना गृह, कम्प्युटर ल्याब र यातायातको व्यवस्था रहेको छ। समृद्धिले विद्यार्थी तथा शिक्षकहरुलाई विभिन्न तालिम सञ्चालन गर्दे आएको छ।
समृद्धिले विद्यार्थीहरुका लागि सेयर मार्केट सम्वन्धी तालिम,आर्टिफिसियल इन्टलिजेन्स, होटल सम्वन्धी तालिम समेत सञ्चालन गर्दे आएको छ। विद्यालयले विभिन्न क्लबको गठन गरि विद्यायार्थीहरूको चौतर्फी व्यक्तित्व विकासमा मद्दत गर्दे आएको छ। समृद्धिले साउथ एसियन ओपन इन्टरनेशनल कराँते च्याम्पियनसिपमा प्रथम स्थान, सोलो डान्स सर्ट स्टोरी र ग्रीटिङ कार्ड प्रतियोगितामा दोस्रो स्थान, अन्तरविद्यालय गु्रप डान्स प्रतियोगितामा तेर्स्रो स्थान हासिल गर्न सफल भएको थियो।
समृद्धि फुटसल, बास्केटबल जस्ता खेलहरुको अन्तरविद्यालय प्रतियोगितमा उपाधी जित्न सफल भएको छ।यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु सीए, सफ्टवयेर डेप्लपर तथा बैँकर बन्न सफल भएका छन्। विद्यार्थीहरुको क्षमता, इच्छा चाहाना अनुरुप निखार्नु समृद्धिको फरक विशेषता हो। विद्यार्थीहरुको समग्र विकासलाई जोड दिदैँ उच्च गुणस्तरको शिक्षा प्रदान गर्ने, शिक्षण सिकाइमा जोड दिदै व्यवहारिक शिक्षालाई प्राथमिकता दिएकै कारण समृद्धि विद्यार्थी र अभिभावकको रोजाइमा पर्न सफल भएको छ।