काठमाडौँ-काठमाडौँको बसुन्धरामा रहेको हेराल्ड माध्यमिक विद्यालयमा विज्ञान,व्यवस्थापन,कानुन,मानविकीसँगै फेसन डिजाईन र साईकोलोजी विषयमा अध्यापन हँुदै आएको छ। कुल १३ रोपनी क्षेत्रफलमा फैलिएको यस विद्यालयमा अध्याधुनिक भवनमा कक्षा कोठाहरु रहेका छन्।
आधुनिक विज्ञान प्रयोगशाला, होटल व्यवस्थापनका लागि प्रयोगात्मक कक्ष,कम्प्युटर ल्याव,पुस्तकालय,चमेनागृह सहित यातायातको समेत विद्यालयमा व्यवस्था रहेको छ। राष्ट्रिय परीक्षा बोर्डले लिने परीक्षामा यस विद्यालयले उत्कृष्ट नतिजा ल्याउन सफल हुँदै आएको छ।विद्यालयले २०८१ सालमा भएको कक्षा १२ को परीक्षामा ९२ प्रतिशत, २०८० मा ९१ प्रतिशत र २०७९ सालमा ८७ प्रतिशत नतिजा प्राप्त गरेको थियो।
विद्यालयमा कक्षा ११ र १२ तर्फ गरि २०८२ मा २हजार ६६ जना, २०८१ मा १९ सय ६० जना र २०८०मा १९ सय १० जना विद्यार्थीले अध्ययन गरेका थिए। विद्यालयमा शिक्षक तथा कर्मचारीको संख्या २ सय ९० जना रहेका छन्। विद्यालयले शिक्षक तथा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड् दिँदै आएको छ।
विद्यालयले शिक्षकहरुका लागि शिक्षण सिकाई तालिम, होटल व्यवस्थापन सम्वन्धी तालिम सञ्चालन गर्दै आएको छ। विभिन्न प्रतियोगिताहरुमा सहभागी हुनेक्रममा विभिन्न खेलकुद प्रतियोगिता, हाजिरी जवाफ, कविता प्रतियोगिता, निबन्ध लेखन प्रतियोगिता जस्ता प्रतियोगिताहरुमा सहभागीभई उत्कृष्ट नतिजा निकाल्दै आएको छ।
यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न क्षेत्रमा सफल हुँदै आएका छन्। देश विदेशका सरकारी, गैरसरकारी लगायातका क्षेत्रमा उनीहरु कार्यरत छन्। दक्ष तथा अनुभवि शिक्षक, आधुनिक तथा सुविधा सम्पन्न पूर्वाधार, उच्च शैक्षिक वातावरण यस विद्यालयका विशेषताहरु हुन्।विज्ञ व्यक्तित्वको समुहद्धारा सञ्चालित यस विद्यालयमा विदार्थीहरुका लागि पठनपाठनसँगै सिपमुलक तालिममा समेत जोड दिने गरिएको छ। आवधिक रुपमा विद्यार्थीहरुको गुणस्तर मापन गरी उनीहरुलाई सुधारमा जोड दिनु यस विद्यालयको फरक विशेषता रहेको छ।