काठमाडौँ- काठमाडौँ बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा विज्ञान,व्यवस्थापन,कानुन तथा सिभिल इन्जिनियरिङ संकाय तर्फका विषय अध्यापन हुन्छ। यस विद्यालयमा कक्षा ११ र १२ मा २०८१ सालमा १ हजार ६ सय ८१ जना, २०८० सालमा १ हजार ५ सय ९८ जना र २०७९ मा १ हजार २ सय २६ जना विद्यार्थीले अध्ययन गरेका थिए।
राष्ट्रिय परीक्षा बोर्डले लिएको परीक्षाको नतिजामा २०८० सालमा ८१ .३५ प्रतिशत, २०७९ सालमा ८२.२१ प्रतिशत र २०७८ सालमा ८४.२१ प्रतिशत नतिजा ल्याउन सफल यस विद्यालयले आफूलाई अब्बल सावित गरिसकेको छ। यस विद्यालयमा १६७ जना शिक्षक तथा कर्मचारीहरु कार्यरत रहेका छन्। करिब ६ रोपनी क्षेत्रफलमा रहेको यस विद्यालयमा ४ वटा भवन रहेका छन्।ज्ञानोदयमा विद्यार्थीहरुका लागि भौतिक शैक्षिक पुर्वाधारको प्रयाप्त व्यवस्था गरिएको छ। विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला,प्रविधि मैत्री कक्षा कोठा,आइसिटी प्रयोगशाला,होटल म्यानेजमेन्ट प्रयोगशाला, चमेना गृह र पुस्तकालय रहेका छन्। यस विद्यालयले विषय शिक्षकहरुलाई तालिम, ईसीडी तालिम, पाठ्यक्रम सम्बन्धी तालिम लगायतका विभिन्न तालिमहरु सञ्चालन गर्दै आएको छ।
ज्ञानोदयका विद्यार्थीहरुले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका विश्वविद्यालयहरुमा पूर्ण तथा आशिंक छात्रवृत्ति प्राप्त गरेका छन्। अभिभावकको रोजाइ, बालमैत्री वातावरण, व्यक्तिगत रुचि र क्षमताका आधारमा अध्ययन अध्यापन हुनु यस विद्यालयको विशेषता हो।
अंग्रेजी माध्यमद्वारा पठनपाठन, प्रत्येक वर्ष उत्कृष्ट नतिजा, अत्याधुनिक भौतिक संरचना, दक्ष अनुभवी शिक्षकद्वारा पठनपाठन हुने भएकोले विद्यार्थी र अभिभावकको रोजाइमा ज्ञानोदय मावि पर्न सफल भएको छ।