काठमाडाैँ- काठमाडौँको कोटेश्वरमा रहेको यस हिमालय स्कुल काठमाडौ उपत्यकाकै प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा रहेको छ। वि.स.२०४५ सालमा स्थापना भएको यस स्कुलले सुरुवातदेखिनै गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।शान्त,अनुशासित र प्रतिस्पर्धात्मक शैक्षिक वातावरणमा विद्यार्थीलाई उत्कृष्ट नतिजा निकाल्दै विद्यालयले निरन्तर सफलता हासिल गरेको छ।
राष्ट्रिय परीक्षा वोर्डको परीक्षामा विद्यालयले प्राप्त गर्दै आएको उल्लेखनीय नतिजाले विद्यालयको शैक्षिक विश्वसनीयतालाई अझ मजबुत बनाएको छ।यस विद्यालयले राष्ट्रिय परीक्षा वोर्डले लिएको कक्षा १२ को परीक्षा तर्फ २०८१ मा ९१ प्रतिशत, २०८० मा ९२ प्रतिशत र २०७९ मा ८९ प्रतिशत उत्तिर्ण नतिजा ल्याउन सफल भएको थियो। विद्यालयमा कक्षा ११ र १२ मा २०८२ सालमा ९ सय ७० जना, २०८१ सालमा १ हजार ४३ जना र २०८० मा १ हजार ९२ जना विद्यार्थीले यस विद्यालयमा अध्ययन गरेका थिए।
अभिभावक, शुभेच्छुक तथा समाजको अपेक्षालाई आत्मसात गर्दै विद्यालयले २०५६सालदेखि ११ र १२ कक्षा सूरुगर्दे हाल विज्ञान,व्यवस्थापन, मानविकी, शिक्षा तथा कानुन संकाय सञ्चालन गर्दै आफ्नो शैक्षिक दायरा विस्तार गरेको छ। विद्यार्थीहरुलाई अध्ययन भ्रमण सँगै अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको यस विद्यालयले विभिन्न राष्ट्रिय स्तरका पुरस्कार एंव सम्मान समेत प्राप्त गर्दे आएको छ।यस विद्यालयमा अध्ययन गरेका विद्यार्थीहरुले विभिन्न परीक्षाहरुमा सहभागी हुदै छात्रवृत्ति समेत प्राप्त गर्न सफल भएका छन्।विद्यालयले सवै विद्यार्थीहरुलाई समान व्यवहार प्रस्तुत गर्दे आएको छ।
आधुनिक सिकाई प्रणालीको प्रयोग गर्दे प्रभावकारी नतिजा निकाल्नु यस विद्यालयको विशेषता रहेको छ। ५ रोपनी क्षेत्रफलमा ३ वटा भवनमा सुविधा सम्पन्न कक्षा कोठा रहेको यस विद्यालयले विद्यार्थीहरूको शैक्षिक विकाससँगै सामाजिक, नैतिक, बौद्धिक तथा भावनात्मक विकासमा विशेष ध्यान दिदै आएको छ।
विद्यालयमा अत्याधुनिक प्रयोगशाला,पुस्तकालय, चमेना गृह, यातायात र आवासीय प्रबन्धको पनि राम्रो व्यवस्था रहेको छ।