काठमाडौँ- काठमाडौँ महानगरपालिका-२८, बागबजारको मुटुमा अवस्थित काठमाडौं मोडेल कलेज नेपालको शिक्षाको क्षेत्रमा स्थापित एक प्रतिष्ठित शैक्षिक संस्था हो। विस २०६० सालमा त्रिभुवन विश्वविद्यालयवाट सम्वन्धन प्राप्त यस कलेजमा व्यवस्थापन ,आईटी र मानविकी अन्तर्गतका बीबीए, बीबीएम, बीबीएस, बीसीए र बीएमा विभिन्न विषयमा अध्यापन हुदै आएको छ।
यस कलेजले छोटो समयमै गुणस्तरीय शिक्षा, उत्कृष्ट नतिजा र आधुनिक शैक्षिक अभ्यासमार्फत देशकै अग्रणी शिक्षण संस्थाका रुपमा आफ्नो विशिष्ट पहिचान निर्माण गर्न सफल भएको छ। स्थापनाकालदेखि नै शैक्षिक उत्कृष्टतालाई मूल उद्देश्य बनाएको काठमाडौँ मोडेल कलेजलले विगत दुई दशकभन्दा बढी समयदेखि हजारौँ विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ।
समयानुकूल शैक्षिक पूर्वाधारको विकास, प्रविधिमैत्री शिक्षण प्रणाली तथा विद्यार्थी केन्द्रित सिकाइ वातावरण निर्माणमा यस कलेजले विशेष जोड दिँदै आएको छ। यही कारणले नेपालभरिका विद्यार्थी र अभिभावकहरूको रोजाइको शैक्षिक गन्तव्य बनेको छ।
केएमसीमा ६० प्रतिशत शिक्षक फुल टाइम र ४२ प्रतिशत पार्ट टाइम शिक्षकहरू कार्यरत छन्। हाल केएमसीमा व्याचलर अन्र्तगत ६० जना शिक्षक प्राध्यापक र १० जना कर्मचारी कार्यरत रहेका छन। केएमसी कलेज नेपालको उत्कृट नतिजा ल्याउने कलेजमध्ये एक हो।
यस कलेजमा व्यवस्थापन तर्फ गत वर्ष २०८१ म ९५ प्रतिशत, २०८०मा ९५ र २०७९ मा ९२ प्रतिशत विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन्। त्यसैगरि सुचना प्रविधि तथा विए तर्फ पनि यहि अनुपातमा विद्यार्थी उत्तिर्ण हुन सफल भएका छन। आधुनिक कक्षाकोठा, अत्याधुनिक प्रयोगशाला, डिजिटल शिक्षण सामग्री तथा अनुभवी र दक्ष शिक्षकहरूको उपस्थितिले कलेजलाई अझ विशेष बनाएको छ।
विभिन्न क्षेत्रका अनुभवी शिक्षाविद् तथा पेशागत विज्ञहरू सम्मिलित शिक्षक टोलीले विद्यार्थीलाई केवल पाठ्यपुस्तकमा सीमित नराखी व्यावहारिक ज्ञान, नेतृत्व क्षमता र सिर्जनात्मक सोच विकासतर्फ प्रेरित गर्ने वातावरण प्रदान गरेको छ। विश्वविद्यालय अनुदान आयोगवाट क्यूएए मान्यता प्राप्त यस कलेजमा अध्ययन पश्चात विद्यार्थीहरूले थुप्रै सरकारी तथा गैरसरकारी क्षेत्रमा रोजगारीको अवसर प्राप्त गर्दे आएका छन्।
नेपाल सरकारले प्रदान गर्ने उत्कृष्ट निजी क्याम्पसको रुपमा पुरस्कृत भईसकेको यस कलेजले विभिन्न पुरस्कारका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्न मान्यता प्राप्त गर्नूका साथै अन्तर्राष्ट्रिय विश्वविद्यालय तथा संस्थाहरुसँग सुमधुर सम्बन्ध कायम गर्दे अघि बढेको छ। गुणस्तरीय शिक्षाको लागि विद्यार्थीले केएमसीलाइ र्नै रोज्ने गरेकोे केएमसीका क्याम्पस प्रमुख सुरेन्द्र सुवेदी बताउँछन्।