काठमाडाैँ- पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त ‘नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी’(एनआइईटी)कलेज नेपालमा बायोमेडिकल इन्जिनियरिङ विषय पढाइ हुने एक मात्र कलेज हो।
यस कलेजले बायोमेडिकल इन्जिनियरिङका साथै स्नातक तहमा कम्प्यूटर इन्जिनियरिङ र बिटेक इन आर्टिफिसियल इन्टेलिजेन्स विषयको पनि अध्यापन गराउदै आएको छ। ललितपुरको कुपन्डोलमा रहेको ‘नेशनल इन्स्टिच्युट अफ इन्जिनियरिङ एन्ड टेक्नोलोजी’ (एनआइईटी) मा सन् २००५ देखि कलेज अफ बायोमेडिकल इन्जिनियरिङ एण्ड अप्लाईड साइन्सेसको नामबाट बायोमेडिकल इन्जिनियरिङ विषय पढाइ हुँदै आएको छ। यस कलेजले नेपालमै बायोमेडिकल इन्जिनियर बन्न चाहने नेपाली विद्यार्थीको सपना पुरा गर्दै आएको छ।
कलेजले गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई सीप र रोजगारसँग जोड्दै आएकाले विद्यार्थीको रोजाइमा यस कलेज पर्न सफल भएको छ। बायोमेडिकल इन्जिनियरिङ लागि आवश्यक विभिन्न कोर्स र प्रयोगशालाहरु यस कलेजमा उपलब्ध छन्।यस कलेजले विद्यार्थीलाई सैद्धान्तिक तथा व्यवहारिक शिक्षा प्रदान गर्दे आएको छ।
एनआईईटी कलेजले विद्यार्थीलाई विभिन्न अस्पताल तथा अनुसन्धान केन्द्रहरुमा लगि त्यहाँका उपकरणहरु कसरी सञ्चालन गर्ने भन्नेबारे विद्यार्थीलाई प्रयोगात्मक ज्ञान समेत प्रदान गर्ने गर्दछ। यस कलेजले शैद्घान्तिक मात्र नभई प्रयोगात्मकका साथसाथै अनुसन्धानात्मक शिक्षामा जोड दिँदै अन्तर्राष्ट्रिय स्तरको पढाई सञ्चालन गरिरहेको छ।
एनआईईटी कलेजले सन् २००८ र २०१४ मा बृहत अन्तर्राष्ट्रिय सम्मेलन समेत सफलतापूर्वक सम्पन्न गरिसकेको छ। जसमा २० भन्दा बढि राष्ट्रका लव्ध प्रतिष्ठित प्राध्यापक, लेखक, वैज्ञानिक, डाक्टर तथा ईन्जिनियरहरुको सहभागीता र प्रस्तुति रहेको थियो।
यस कलेजले विश्वविद्यालय अनुदान आयोगबाट नेपालकै पहिलो निजी कलेजहरु मध्येबाट तथा काठमाडौँ उपत्यकाको इन्जिनियरिङ कलेजहरु मध्येबाट पहिलो गुणस्तर सुनिश्चितता तथा प्रमाणीकरण प्रमाणपत्र प्राप्त गर्न सफल भएको छ।
त्यसैगरि कलेजले शिक्षा मन्त्रालयले प्रदान गर्ने सर्वोत्कृष्ट कलेजको पुरस्कार समेत प्राप्त गर्न सफल भएको छ। एनआईईटीले फेयर एक्सप्रेस मासिकले आयोजना गरेको ‘फेयर ईन्टरनेशनल एजुकेशनल अर्वाड २०२५’ मा नेपालको एकमात्र बायोमेडिकल इञ्जिनियरिङ कलेजको अवार्ड प्राप्त गरेको थियो।
कलेजमा अध्ययन सकेका विद्यार्थीहरु स्वदेश तथा विदेशका प्रतिष्ठित संस्थामा कार्यरत रहेका छन। एनआइईटीमा अध्ययन गरेका विद्यार्थी चार वर्षको अवधिमा मेसिनहरु सञ्चालन मात्र होइन त्यसको व्यवस्थापनमा समेत जानकार हुने गरेका छन। कलेजले विद्यार्थीलाई ‘बायोमेडिकल ईक्विपमेन्ट मेन्टिनेन्स’ भन्ने प्रयोगात्मक शिक्षामा आधारित कोर्स पढाउने गरेको छ। जसमा बिग्रिएका मेसिनहरुलाई खोलेर मर्मत गर्न सिकाईन्छ।