काठमाडौँ - मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) ले हालै १२ कक्षा उत्तीर्ण गरेका विद्यार्थीहरूलाई लक्षित गर्दै ‘MIT IGNITE 2026’ नामक तीनदिने व्यक्तित्व विकास तथा नेतृत्व अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने भएको छ।
जुलाई ३, ४ र ५, २०२६ मा सञ्चालन हुने यस कार्यक्रमको उद्देश्य विद्यार्थीहरूलाई कलेज जीवन सुरु हुनु अघि आत्मविश्वासी, प्रभावकारी सञ्चारकर्ता तथा नेतृत्व क्षमतायुक्त व्यक्तित्वका रूपमा तयार गर्नु रहेकाे कलेजले जनाएकाे छ।
MIT IGNITE 2026 केवल एउटा कार्यशाला मात्र नभई सहभागीहरूलाई आफ्नो आत्मविश्वास बढाउने, सार्वजनिक रूपमा प्रभावकारी ढंगले बोल्ने कला सिक्ने, नयाँ साथीहरू बनाउने, शहरलाई नयाँ दृष्टिकोणबाट अनुभव गर्ने तथा आफ्नो व्यक्तित्वलाई अझ नजिकबाट चिन्ने अवसर प्रदान गर्ने विशेष कार्यक्रम हुने र कार्यक्रम पूर्ण रूपमा निःशुल्क रहेको कलेजकी डिजिटल मिडिया, मार्केटिङ तथा सञ्चार प्रबन्धक प्रतिक्षा कोइरालाले जानकारी दिइन्।
यस वर्षको कार्यक्रममा मिस नेपाल २०१० तथा शिक्षाविद् सदिच्छा श्रेष्ठ मोक्तान विशेष प्रशिक्षकका रूपमा सहभागी हुनेछन्। उनले सार्वजनिक वक्तृत्वकला, प्रभावकारी सञ्चार, आत्मविश्वास निर्माण तथा व्यक्तिगत विकासका विषयमा आफ्ना अनुभव र ज्ञान सहभागीहरूसँग साझा गर्ने कार्यक्रम रहेको उनले बताईन। उनका अनुसार कार्यक्रमलाई तीन फरक विषयगत चरणमा सञ्चालन गरिनेछ।
पहिलो दिन – Confidence Day: One Burger and One Speech at a Time भन्ने अवधारणाअन्तर्गत रमाइला तथा अन्तरक्रियात्मक गतिविधिमार्फत सार्वजनिक रूपमा बोल्ने आत्मविश्वास विकास गराइनेछ। दोस्रो दिन – Networking Day: Explore the City, Discover Yourself शीर्षकअन्तर्गत सहभागीहरूले बसन्तपुर शहर भ्रमण, टोलीगत गतिविधि तथा नयाँ सम्बन्ध निर्माणमार्फत सामाजिक तथा नेतृत्व क्षमताको विकास गर्ने अवसर प्राप्त गर्नेछन्। र तेस्रो दिन – Finale: Your Stage, Your Story मा सहभागीहरूले तीन दिनको सिकाइ र अनुभवलाई प्रस्तुत गर्दै आफ्नो व्यक्तित्वमा आएको परिवर्तनको उत्सव मनाउनेछन्।
एमआईटीका अनुसार कलेज जीवनमा सफलता प्राप्त गर्न केवल शैक्षिक ज्ञान पर्याप्त हुँदैन। प्रभावकारी सञ्चार, आत्मविश्वास, नेतृत्व क्षमता र बलियो सम्बन्ध निर्माण गर्ने सीप पनि उत्तिकै आवश्यक हुन्छ। यही आवश्यकतालाई ध्यानमा राखेर MIT IGNITE 2026 को अवधारणा तयार गरिएको हो। MIT IGNITE 2026 मा सहभागिता निःशुल्क भए पनि सिट संख्या सीमित भएकाले इच्छुक विद्यार्थीहरूलाई समयमै दर्ता गर्न कलेजले आग्रह गरेको छ।
कार्यक्रममा सहभागी हुन यहाँ क्लिक गर्नुहाेस्
