काठमाडाैँ - हिमाल एजुकेशनल फाउण्डेसन एण्ड रिसर्च सेन्टर अन्र्तगत सञ्चालित रिट्ज कलेज अफ इन्जिनियरिङ एण्ड म्यानेजमेन्ट ललितपुर बालकुमारीमा अवस्थित रहेको छ। पोखरा विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजमा व्यवस्थापन र ईन्जिनियरिङ तर्फ स्नातक तहमा ब्याच्लर अफ कम्प्यूटर एप्लिकेशन (बीसीए), ब्याच्लर अफ बिजनेश एड्मिनिस्टे्रसन (बीबीए), ब्याच्लर अफ होटल म्यानेजमेनट (बीएचएम) र सिभिल ईन्जिनियरिङ विषयतर्फ अध्यापन हुन्छ।
सन् २००९ मा स्थापना भएको यस कलेज आइएसओ मान्यता प्राप्त कलेज हो। नेपालको प्रतिष्ठित शैक्षिक संस्थाका रुपमा स्थापित यस कलेजले लामो समयदेखी गुणस्तरिय शिक्षा प्रदान गर्दे आएको छ। रिट्ज कलेजमा विज्ञान तथा सूचना प्रविधि प्रयोगशाला उपलब्ध हुनुको साथै प्रविधि मैत्री कक्षा कोठा, आवाशिय प्रवन्ध, चमेना गृह र यातायात सहितको व्यवस्था रहेको छ।
स्थापना कालदेखिको परीक्षाको नजितामा उत्कृष्ट हुन सफल यस कलेजले त्यसलाई नै निरन्तरता दिन सफल भएको छ। यो कलेज शिक्षाक्षेत्रका अग्रणी शिक्षक, प्रतिष्ठित प्राविधिक व्यक्तित्व र समाजसेवीहरूको समुहद्वारा स्थापना गरिएको हो।
रिट्ज कलेजले पोखरा विश्वविद्यालय अन्र्तगतको नियम अनुसार छात्रवृत्ति प्रदान गर्दछ। यस बाहेक रिट्जले कुल विद्यार्थीको दश प्रतिशत, परीक्षामा उत्कृष्ट अंक हासिल गर्ने र आर्थिक रुपमा कमजोर, सीमान्तकृत, पिछडिएका वर्ग र सहयोगको आवश्यकता परेका विद्यार्थीलाई छात्रवृत्ति लगायतका सुविधा उपलब्ध गराउँदै आएको छ।
रिट्जले पढाइका अलावा अन्य क्षेत्रमा आफूलाई अब्बल सावित गर्न सफल विद्यार्थीलाई पनि प्रोत्साहन स्वरुप छात्रवृत्ति उपलब्ध गराउँछ।
कलेजले गुणस्तरीय शिक्षाका अलावा विद्यार्थीलाई शैद्धान्तिक ज्ञानसँगै व्यवहारिक शिक्षा र खेलकुद लगायतका अतिरिक्त क्रियाकलापमा जोड दिँदै आएको छ।
यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। विद्यार्थीहरूलाई राष्ट्रिय र विश्वव्यापी बजारको उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको मुख्य विशेषता रहेको कलेजका प्रिन्सिपल तूलसीराम रिजाल बताउँछन्।