काठमाडाैँ - त्रिभुवन विश्वविद्यालयबाट वि.स. २०५४ सालमा सम्बन्धन प्राप्त काठमाडौँको नयाँ बानेश्वरस्थित के एण्ड के इन्टरनेसनल कलेजमा व्यवस्थापन र आईटी अन्तर्गतका बीबीए, बीसीए, बीबीएस, बीएएसडब्लु गरि ४ वटा फयाक्ल्टीमा १० वटा कार्यक्रमहरु अध्यापन हूदै आएको छ। के एण्ड के कलेज विद्यार्थी- केन्द्रित शैक्षिक वातावरण प्रदान गर्ने प्रतिष्ठित शिक्षण संस्था हो।
शैक्षिक उत्कृष्टतासँगै व्यवहारिक सीप र वास्तविक जीवनका अनुभवलाई समान महत्व दिने यस कलेजले विद्यार्थीहरूलाई अध्ययन तथा व्यावसायिक जीवनका चुनौतीहरूको सामना गर्न सक्षम बनाउने लक्ष्यका साथ गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। अनुभवी शिक्षकहरूको मार्गदर्शन, आधुनिक भौतिक पूर्वाधार, करियर-केन्द्रित शिक्षण प्रणाली तथा व्यवहारिक सिकाइका अवसरमार्फत कलेजले विद्यार्थीहरूलाई आत्मविश्वासी, जिम्मेवार र प्रतिस्पर्धी नागरिकका रूपमा विकास गर्न सहयोग पुर्याउँदै आएको छ।

यस कलेजमा ७० जना भन्दा बढि शिक्षक तथा कर्मचारी कार्यरत छन्। दक्ष तथा अनुभवि शिक्षक, विद्यार्थी मैत्री वातावरण, यातायातको सहज पहुँच, निरन्तर उत्कृष्ट नतिजा, प्रयोगात्मक शिक्षा र ईन्टर्नसिपको व्यवस्था कलेजको प्रमुख विशेषता रहेको छ। कलेजले डिजिटल मार्केटिङ, ग्लोवल म्यानेजमेन्ट, करिअर डेभलपमेन्ट, सिभी लेखन सम्बन्धी थुप्रै तालिम समेत प्रदान गर्दै आएको छ। कलेजमा २०८२ सालमा बीबीए तर्फ ६६ र बीबीएसमा ५६ जना विद्यार्थी भर्ना भएका छन्।

त्यसैगरि बिसिएमा ३५ जना र बिएस डब्लु साईक्लोजीमा ६६ जना विद्यार्थी भर्ना भएका थिए। यस कलेजका विद्यार्थीले उत्कृष्ट नतिजा प्राप्त गर्न सफल हुदै आएका छन्। २०८१ को नतिजामा व्यवस्थापन तर्फ बीबीएमा ९९ प्रतिशत तथा बीबीएसमा ८३ प्रतिशत विद्यार्थी पास हुन सफल भएका छन्।
.jpeg)
त्यसैगरि मानविकी तर्फ बीसीएमा ९० प्रतिशत र बीएस.डब्लुमा ८२ प्रतिशत नतिजा प्राप्त गर्न सफल भएको छ। करिब ५ रोपनी क्षेत्रफलमा दूई वटा भवनमा रहेको यस कलेजमा प्रयाप्त खेल मैदान, र हरियाली क्षेत्र रहेको छ। कलेजमा कम्प्युटर ल्याब, बीसीए ल्याब, लाईबे्ररी, चमेना गृहको व्यवस्था रहेको छ।
.jpeg)
