काठमाडाैँ- ललितपुरको सानेपामा रहेको रहेको सगरमाथा इन्जिनियरिङ कलेज त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानबाट सम्बन्धन प्राप्त कलेज हो। नेपालमा गुणस्तरीय प्राविधिक शिक्षा, अनुसन्धान, नवप्रवर्तन तथा दक्ष इन्जिनियर उत्पादनमा समर्पित अग्रणी शैक्षिक संस्थाका रुपमा यस कलेज रहेको छ।
वि.सं. २०६७ मा स्थापना भएको यस कलेजले उत्कृष्ट इन्जिनियरिङ शिक्षा प्रदान गर्दै विद्यार्थीलाई व्यावसायिक दक्षता, अनुसन्धान क्षमता र नेतृत्व विकासका लागि सक्षम बनाउने उद्देश्यका साथ आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ। सगरमाथा इन्जिनियरिङ कलेजमा स्नातक तहका सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रोनिक्स र सूचना तथा सञ्चार इन्जिनियरिङ तर्फका विषय अध्ययपन हुन्छ।
सवै विषयमा कुल १ सय ४४ विद्यार्थी कोटा प्राप्त गरेको यस कलेजमा २०८२ मा १सय २२ जना विद्यार्थी भर्ना भएका थिए। यस कलेजका ५१ जना विद्यार्थीले गत वर्ष स्नातक पुरा गरेका छन्। त्यस अघिका वर्षमा क्रमशः ५९ र ७२ जना विद्यार्थीले स्नातक उत्तिर्ण हुन सफल भएका थिए।
करिब १० रोपनी क्षेत्रफलमा रहेको यस कलेज आधुनिक शैक्षिक तथा भौतीक पूर्वाधार, अनुभवी तथा दक्ष प्राध्यापकले सुसम्पन्न यस कलेजले विद्यार्थीलाई व्यावहारिक अनुभव र करियरको अवसर सँगै अनुसन्धान तथा नवप्रवर्तन, व्यक्तित्व तथा नेतृत्व विकासको अवसर यस कलेजको प्रमुख विशेषता रहेको छ।
कलेजमा अत्याधुनिक विषयगत प्रयोगशाला, पुस्तकालय, प्रविधिमैत्री कक्षा कोठा तथा अध्ययन–अनुसन्धानका लागि आवश्यक सबै सुविधा उपलब्ध छन्। अनुभवी, दक्ष र समर्पित प्राध्यापकहरूको मार्गदर्शनमा विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीप पनि हासिल गर्ने अवसर प्राप्त गर्देआएका छन्। कलेजमा २३ भन्दा बढि पुर्णकालीन र ४० जना भिजिटिङ प्राध्यापक सँगै ३३ जना पुर्णकालीन कर्मचारीहरु कार्यरत रहेका छन्।
कलेजका विद्यार्थीहरुले उत्कृष्ट नतिजा प्राप्त गर्दे आएका छन्। कलेजले उद्योग, सरकारी निकाय तथा विभिन्न शैक्षिक संस्थासँगको सहकार्यमार्फत विद्यार्थीलाई इन्टर्नसिप, औद्योगिक भ्रमण, परियोजना कार्य सँगै रोजगारीका अवसर समेत उपलब्ध गराउने प्रयास गर्ने गरेको छ। यि कार्य मार्फत विद्यार्थीलाई अध्ययनपछि व्यावसायिक जीवनमा प्रवेश गर्न सहयोग पु¥याउँदै आएको छ। कलेजले शिक्षक तथा विद्यार्थीलाई अनुसन्धान, नवप्रवर्तन र अन्तरविषयगत सहकार्यमा सक्रिय सहभागिता जनाउन प्रेरित गर्दै समाजका वास्तविक समस्याको समाधान खोज्ने वातावरण निर्माण गरेको छ। कलेजका विद्यार्थीहरु विभिन्न अन्तराष्ट्रिय कार्यक्रम तथा परियोजनाहरुमा समेत सहभागी हुने गरेका छन्।
त्यस्ता विद्यार्थीहरुलाई कलेजले ६ महिना सम्म विदेशमा रहि कार्यक्रम तथा परियोजनामा सहभागी हुन पाउने व्यवस्था गरेको छ। यस कलेजवाट उत्तिर्ण विद्यार्थीहरु स्वदेश तथा विदेशका विभिन्न सरकारी तथा गैरसरकारी निकाय,औधोगिक प्रतिष्ठान, निर्माण कम्पनी, सुचना प्रविधि लगायतका क्षेत्रमा काम गर्न सफल हुदै आएका छन्। सगरमाथा इन्जिनियरिङ कलेज केवल इन्जिनियरिङ शिक्षा प्रदान गर्ने संस्था मात्र होइन, भविष्यका सक्षम, सिर्जनशील र जिम्मेवार इन्जिनियर तयार गर्ने शैक्षिक केन्द्र पनि हो।
कलेजले विद्यार्थीलाई ज्ञान, सीप, अनुसन्धान, नवप्रवर्तन र नेतृत्वको उत्कृष्ट संयोजन प्रदान गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा सफल करियर निर्माण गर्न सक्ने आधार तयार गरिरहेको छ।








