काठमाडाैँ- सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। ललितपुरको सानेपामा रहेको यस कलेज सगरमाथा इन्जिनियरिङ कलेजअन्तरगतकै एक विशिष्ठकिृत शैक्षिक संस्थाका रुपमा रहेको छ।कलेजमा हाल बीएससी सिएसआईटी र बीसिए कार्यक्रम सञ्चालनमा रहेकाछन्।
२०६८ सालमा त्रिविवाट सम्वन्धन प्राप्त यस कलेजमा बीएससी सिएसआईटी अन्र्तगत ४८ र बीसिए कार्यक्रम तर्फ वार्षिक ३५ विद्यार्थीको भर्ना कोटा रहेको छ।
कलेजले विद्यार्थीलाई गुणस्तरीय,व्यावहारिक तथा रोजगारमुखी शिक्षा प्रदान गर्दै आएको छ। आधुनिक प्रयोगशाला, अनुभवी प्राध्यापक, अनुसन्धानमुखी वातावरण तथा उद्योगसँगको सहकार्यका माध्यमबाट दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ कलेजले आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ।
कलेजमा हाल ७ जना पूर्णकालीन र २५ जना आंशिक प्राध्यापक तथा ३३ जना कर्मचारी कार्यरत छन्। सूचना प्रविधि शिक्षाका लागि आवश्यक आधुनिक कम्प्युटर ल्याब, नेटवर्किङ ल्याब, फिजिक्स ल्याब, डिजिटल लोजिक ल्याब, माइक्रोप्रोसेसर ल्याब, अनुसन्धान ल्याब तथा पुस्तकालयको सुविधा कलेजमा उपलब्ध छन्।

शैक्षिक नतिजाको दृष्टिले पनि कलेज उत्कृष्ट रहेको छ। बीएससी सिएसआईटीमा पछिल्ला तीन वर्षमा क्रमशः ८४ प्रतिशत, ९५ प्रतिशत र १०० प्रतिशत विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन्। त्यसैगरि बीसिए तर्फ ७३ प्रतिशत, ८९ प्रतिशत र ८० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
कलेजले विद्यार्थीलाई अध्ययनसँगै व्यावसायिक सीप विकासमा विशेष जोड दिदै आएको छ। सफ्टवेयर डेभलपमेन्ट, मोवाईल एप डेभलपमेन्ट,साईवर सेक्युरिटी, नेटवर्किङ लगायतका क्षेत्रमा विद्यार्थीलाई व्यावहारिक अनुभव प्रदान गर्दे आएको छ।
साथै उत्कृष्ट विद्यार्थीहरूलाई स्वदेश तथा विदेशका प्रतिष्ठित विश्वविद्यालयमा उच्च शिक्षा अध्ययनका लागि प्रेरित र सहजीकरण गर्ने वातावरण निर्माण गरिएको छ। कलेजले अनुसन्धान र नवप्रवर्तनमा जोड दिदै आएको छ। उद्योग–शैक्षिक संस्थाबीच सहकार्य गर्दै विभिन्न तालिम, कार्यशाला, गेष्ट लेक्चर तथा उद्योगसँग प्रत्यक्ष जोडिने कार्यक्रम नियमित सञ्चालन हुने गरेको छ।

गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, अनुभवी प्राध्यापक, अनुसन्धानमुखी वातावरण, उद्योगसँगको सहकार्य तथा उत्कृष्ट शैक्षिक उपलब्धिका कारण सगरमाथा कलेज अफ साइन्स एन्ड टेक्नोलोजी सूचना प्रविधि अध्ययन गर्न चाहने विद्यार्थीका लागि उत्कृष्ट रोजाइका रूपमा स्थापित हुँदै आएको कलेजका सह–प्राचार्य अमित खनाल बताउँछन्।

