काठमाडाैँ - पूर्वाञ्चल विश्वविद्यालयबाट सम्वन्धन प्राप्त एक्मी इन्जिनियरिङ कलेज काठमाडौँको बसुन्धारामा अवस्थित छ। सन् २००० मा स्थापना भएको यस कलेजले विगत् २६ वर्षदेखी गुणस्तरीय इन्जिनियरिङ शिक्षा प्रदान गर्दै आएको छ। यस कलेजमा स्नातक तहमा इन्जिनियरिङ विषयतर्फ सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, आर्किटेक्चर इन्जिनियरिङ र आइटीतर्फ ईन्फरमेसन टेक्नोलोजी (बीआइटी) विषय अध्यापन हुन्छ।
एक्मी कलेजमा सिभिल इन्जिनियरिङतर्फ १४४ सिट, कम्प्युटर इन्जिनियरिङमा ६० सिट, आर्किटेक्चर इन्जिनियरिङतर्फ ४८ सिट र इन्र्फरमेसन टेक्नोलोजीतर्फ ४८ सिट रहेको छ। कलेजले लामो समयदेखी विद्यार्थी तथा अभिभावकलाई सहुलियत शुल्कमा इन्जिनियरिङ विषय अध्ययन गर्ने अवसर प्रदान गर्दै आएको छ।
आठ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा अत्याधुनिक शैक्षिक भौतीक पुर्वाधारको व्यवस्था गरिएको छ। स्मार्ट बोर्ड सहितका कक्षा कोठा, प्रयोगात्मक कार्यका लागि विषयगत प्रयोगशाला, कम्युटर ल्याब, पुस्तकालय सँगै खेलमैदानले विद्यार्थीहरुलाई अध्ययन सँगै अतिरिक्त क्रियाकलापमा लाग्न प्रेरित गर्दछ।
कलेजमा इन्जिनियरिङ क्षेत्रका कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन प्राध्यापक तथा कर्मचारीले सिकाई सँगै विद्यार्थीहरुलाई उत्प्रेरणा प्रदान गर्दै आएका छन्। एक्मी कलेजले विद्यार्थीहरुलाई जब प्लेसमेन्ट, करियर सेवा र इन्टर्नशिपको लागि विभिन्न राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका प्रतिष्ठित कम्पनीहरू सँग सहकार्य गर्दै आएको छ। इमान्दार, जेहेन्दार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई क्षमता र दक्षताको आधारमा कलेजले छात्रवृत्ति समेत प्रदान गर्दै आएको छ।
एक्मी कलेज इन्जिनियरिङ शिक्षा आर्जन गर्न चाहने विद्यार्थीहरुको रोजाइमा पर्दै आएको छ। यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरू नेपालको सरकारी तथा गैरसकारी निकायमा सिभिल इन्जिनियरिङ, सफ्टवेयर विकास र दूरसञ्चार जस्ता विभिन्न क्षेत्र र अन्तर्राष्ट्रिय रूपमा पनि ठुला र प्रतिष्ठित कम्पनीहरूमा सफलतापूर्वक काम गरिरहेका छन्।
कलेजले अध्ययनरत विद्यार्थीहरुलाई पूर्व विद्यार्थीहरूसँग नेटवर्किङको अवसर पनि प्रदान गर्दे आएको छ। विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै यस कलेजले नविनतम अन्वेषण र अनुसन्धानका क्रियाकलापमा जोड दिदै आएको छ।
पुर्णकालिन प्राध्यापक, स्तरीय प्रयोगशाला, प्रर्याप्त गेष्ट लेक्चर तथा अतिरिक्त क्रियाकलापमा जोड दिदै आएको कलेजका प्रिन्सपल प्रदिप कुमार पौडेल बताउँछन।