काठमाडाैँ - भक्तपुरको लोकन्थली स्थित शिक्षालय कलेज व्यवस्थापन तथा सूचना प्रविधि (आईटी) शिक्षामा गुणस्तरीय अध्ययन-अध्यापन गराउँदै आएको एक उदीयमान शैक्षिक संस्था हो। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयसँग सम्बन्धन प्राप्त गरेको यस कलेजले बीएससी सीएसआईटी ,बीबीए र एमबीए कार्यक्रमहरु सञ्चालन गर्दै आएको छ।

आधुनिक प्रविधिमा आधारित शिक्षण,अनुभवी प्राध्यापक,व्यावहारिक सिकाइ तथा विद्यार्थीमैत्री वातावरणका कारण शिक्षालय कलेज विद्यार्थीहरुको रोजाइमा पर्दै आएको छ।
कलेजमा हाल २८ जना प्राध्यापकहरु तथा १० जना कर्मचारीहरु कार्यरत छन् । बीबीए कार्यक्रमका लागि ६६ सिट तथा बीएससी सीएसआईटीका लागि ८४ सिट स्वीकृत छन्। शैक्षिक सत्र २०८२ मा बीबीएमा ३८ तथा बीएससी सीएसआईटीमा ८४ विद्यार्थीहरु अध्ययनरत छन् । अघिल्लो शैक्षिक सत्र २०८१ मा बीबीएमा ४२ र बीएससी सीएसआईटीमा ८४ विद्यार्थीहरु अध्ययनरत थिए।
शिक्षालय कलेजले उत्कृष्ट शैक्षिक नतिजा पनि हासिल गर्दै आएको छ। बीएससी सीएसआईटीमा २०८१ मा ९५ प्रतिशत र २०८० मा ९१ प्रतिशत विद्यार्थीहरु उत्तीर्ण भएका छन् भने बीबीएमा २०८१ मा ९० प्रतिशत र २०८० मा ९२ प्रतिशत उत्तीर्ण दर रहेको छ। कलेजले विद्यार्थीहरुलाई अध्ययनसँगै व्यावसायिक सीप विकासमा पनि जोड दिएको छ। प्रतिष्ठित संस्थाहरूमा इन्टर्नसिप र प्लेसमेन्ट, विश्वव्यापी मान्यता प्राप्त ५०० भन्दा बढी ग्लोबल सर्टिफिकेसन कोर्समा अवसर, अनुभवी तथा दक्ष प्राध्यापक, आधुनिक कम्प्युटर प्रयोगशाला, फराकिलो र सुविधा सम्पन्न शैक्षिक पूर्वाधार, विद्यार्थी सहभागिताका लागि सक्रिय क्लबहरू तथा उत्कृष्ट विद्यार्थीहरुका लागि विशेष अवसरहरू उपलब्ध गराउँदै आएको छ।
कलेजमा कम्प्युटर ल्याब, नेटवर्क ल्याब, माइक्रोप्रोसेसर ल्याब, डिजिटल ल्याब र फिजिक्स ल्याब सहितका आधुनिक प्रयोगशालाहरू सञ्चालनमा छन। करिब ३ रोपनी क्षेत्रफलमा फैलिएको भवन तथा परिसर विद्यार्थीहरुको अध्ययनका लागि अनुकूल वातावरण प्रदान गर्दछ।
शिक्षालय कलेजले शिक्षकको क्षमता अभिवृद्धिका लागि नियमित रूपमा फ्याकल्टी डेभलपमेन्ट प्रोग्राम सञ्चालन गर्दै आएको छ। साथै, यो कलेज एजुकेशन भिजन अवार्ड, राईजिङ कलेज अवार्ड जस्ता अवार्डवाट पुरस्कृत भएको छ। हाल कलेज आईएसओ (क्ष्क्इ) प्रमाणपत्र प्राप्तिको अन्तिम चरणमा रहेको जनाएको छ ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, व्यावहारिक सिकाइ, उत्कृष्ट शैक्षिक नतिजा तथा विद्यार्थीहरुको समग्र व्यक्तित्व विकासमा केन्द्रित कार्यक्रमका कारण शिक्षालय कलेज व्यवस्थापन र सूचना प्रविधि शिक्षा अध्ययन गर्न चाहने विद्यार्थीहरुका लागि आकर्षक गन्तव्यका रूपमा स्थापित हुँदै गएको कलेजका प्राचार्य आशुतोष रिमाल बताउँछन्।