काठमाडाैँ- भक्तपुरको लोकन्थलीमा अवस्थित समृद्धि कलेज त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धन प्राप्त एक अग्रणी शैक्षिक संस्था हो। सन् २०१३ मा समृद्धि एजुकेसन फाउन्डेसनको प्रमुख पहलस्वरूप स्थापना भएको यो कलेजले स्थापना कालदेखि नै गुणस्तरीय, व्यावहारिक र करिअरमुखी शिक्षामा विशेष जोड दिँदै आएको छ ।
हाल कलेजले बीएस्सी सीएसआईटी , बीसीए , बीबीएस, बीएसडब्ल्यू र बीसाइकोलोजीका कार्यक्रमहरु सञ्चालन गरिरहेको छ। आधुनिक शिक्षण पद्धति, दक्ष प्राध्यापक तथा विद्यार्थी-केन्द्रित सिकाइ प्रणालीमार्फत समृद्धि कलेजले विद्यार्थीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रोजगारी बजारमा प्रतिस्पर्धा गर्न सक्षम बनाउने लक्ष्य लिएको छ। पाठ्यक्रमलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी व्यावहारिक सीपसँग जोड्नुनै समृद्धि कलेजको विशेषता रहेको छ।
कलेजमा विद्यार्थीहरूलाई मौखिक तथा लिखित सञ्चार, सूचना प्रविधिसम्बन्धी विशेष तालिम, उद्यमशीलता विकास, व्यक्तित्व विकास, नेतृत्व क्षमता, सकारात्मक सोच तथा विश्वव्यापी प्रवृत्तिबारे अतिरिक्त कक्षाहरू सञ्चालन गर्ने गरिएको छ। साथै, फिल्डवर्क, इन्टर्नसिप र उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीहरुलाई सम्वन्धीत क्षेत्रको वास्तविक कार्यअनुभव प्रदान गरिन्छ । आधुनिक प्रविधि, जीवनोपयोगी मूल्य, “कमाउँदै सिक्ने” -Earning While Learning_ अवधारणा तथा नवप्रवर्तनलाई शिक्षासँग जोड्दै विद्यार्थीहरुको बौद्धिक विकास, नेतृत्व क्षमता र आजीवन सिकाइको संस्कार विकासमा कलेजले विशेष जोड दिएको छ।
विभिन्न क्लवहरुको गठन गरि विद्यार्थीहरुलाई सामुहिक कार्यमा प्रोत्साहन दिने गरिएको छ। करिब ४ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजमा आधुनिक स्मार्ट कक्षाकोठा, रिर्सच ल्याब, कम्युटर ल्याब, Digital Logic ल्याब, Microprocessor ल्याब, Physics ल्याब र चमेना गृहको व्यवस्था गरिएको छ । हाल कलेजमा ८० जना भन्दा बढि शिक्षक कर्मचारी कार्यरत रहेका छन्।
विद्यार्थीहरुलाई विभिन्न प्रतियोगिताहरुमा सहभागी गराउँदै व्यक्तित्व र नेतृत्व विकासमा कलेजले महत्वपुर्ण भूमिका निर्वाह गर्दे आएको छ । कलेजका विद्यार्थीहरुले उत्कृष्ट नतिजा सँगै अध्ययन पश्चात विभिन्न संस्थाहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरिरहेका छन्। विश्वव्यापी मान्यता प्राप्त नन् क्रेडिट कोर्सहरु, १ सय ६६ प्रकारका अनलाईन सर्टिफिकेसन कोर्सहरु, दक्ष तथा अनुभवी Faculty Members द्धारा उत्कृष्ट नतिजा निकाल्न सफल भएकै कारण विद्यार्थी हरु तथा अभिभावकहरुको रोजाईमा समृद्धि पर्न सफल भएको कलेजका प्रिन्सिपल सन्दीप श्रेष्ठ बताउँछन्।
