काठमाडाैँ - दक्ष र अनुभवि प्राध्यापकहरूको समुहले २८ वर्ष अघि स्थापना गरेको काठमाडौँ ईन्जिनियरिङ कलेज (केईसी) काठमाडौँको कालीमाटीमा रहेको छ। सन् १९९८ मा स्थापना भएको यो कलेज नेपालकै पहिलो ISO 9001 : 2015 प्रमाणित इन्जिनियरिङ कलेजका रूपमा परिचित छ। त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेज करिब १५ रोपनी क्षेत्रफलमा फैलिएको छ।
आधुनिक प्रयोगशाला, समृद्ध पुस्तकालय, बहुउद्देश्यीय हल, खेलकुद सुविधा, प्रशस्त पार्किङ तथा अध्ययनका लागि उपयुक्त शैक्षिक वातावरण कलेजमा उपलब्ध छ। अनुभवी प्राध्यापक, अनुसन्धानमुखी शिक्षण प्रणाली र प्रयोगात्मक सिकाइमा जोड दिँदै KEC ले दक्ष तथा प्रतिस्पर्धी इन्जिनियर उत्पादन गर्दै आएको छ।

केईसीमा ईन्जिनियरिङ विषयतर्फ आर्किटेक्चर इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ र इलेक्ट्रोनिक्स, कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङ विषय अध्यापन हुदै आएको छ। आर्किटेक्चर इन्जिनियरिङतर्फ ४८, सिभिल इन्जिनियरिङ तर्फ ९६, कम्प्युटर इन्जिनियरिङतर्फ ९६, इलेक्ट्रिकल इन्जिनियरिङतर्फ ४८ र कम्युनिकेसन एण्ड ईन्फरमेसन इन्जिनियरिङतर्फ ९६ जना विद्यार्थी भर्ना लिने गरेको छ।
गुणस्तरीय शिक्षा, प्रविधिमैत्री शिक्षण, अनुसन्धान, नवप्रवर्तन र उद्योगको आवश्यकता अनुसार दक्ष जनशक्ति उत्पादनलाई प्राथमिकतामा राख्दै उचित शुल्कमा अन्तर्राष्ट्रिय स्तरको इन्जिनियरिङ शिक्षा प्रदान गर्ने लक्ष्यका साथ यस कलेजले आफ्नो शैक्षिक यात्रा अघि बढाइरहेको छ। कलेजले इन्जिनियरिङ शिक्षामा निरन्तर उत्कृष्ट नतिजा ल्याउन सफल भएको छ। इन्जिनियरिङ शिक्षामा आफूलाई अग्रपंक्तिमा उभ्यान सफल यस कलेज विद्यार्थीको पहिलो रोजाइमा पर्न सफल हुदै आएको छ। नेपालकै उत्कृष्ट इन्जिनियरिङ कलेजको विधामा केईसीले थुप्रै अवार्ड समेत प्राप्त गर्न सफल हुदै आएको छ।

त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन कलेजहरूमध्ये सबैभन्दा बढी उत्तीर्ण प्रतिशत हासिल गर्न सफल यस कलेजले विभिन्न अवार्ड तथा पुरस्कार प्राप्त गर्दे आएको छ।‘एसियन पेन्ट्स आर्किटेक्चर स्टुडेन्ट अवार्ड डिजाइन प्रतियोगिता’, बर्जर र स्पेसेस इन्टेरियर डिजाइन एक्सेलेन्स अवार्ड जस्ता थुपै पुरस्कारहरु प्राप्त गर्न कलेज सफल भएको छ।
कलेजले इन्जिनियर बन्ने सपना बोकेका इमान्दार, जेहेन्दार विद्यार्थी र आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई छात्रावृत्तिको व्यवस्था समेत गर्दे आएको छ। इन्जिनियरिङ क्षेत्रका कुशल व्यवस्थापक तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक, शान्त, उत्प्रेरक एवं विद्यार्थीमैत्री वातावरणका कारण विद्यार्थीको रोजाइमा केईसी पर्ने गरेको छ।
