काठमाडाैँ- त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन लिएर विसं २०५८ मा स्थापना भएको नेशनल कलेज अफ इन्जिनियरिङ (एनसीइ)कलेज, ललितपुुरको ताल्चिखेलमा रहेको छ। रिङ रोडबाट नजिकै शान्त वातावरणमा अनुभवी र दक्ष प्राध्यापक समूहद्वारा अध्यापन हुने यस कलेजले उत्कृष्ट नतिजा ल्याउन सफल हुदै आएको छ।
यस कलेजले सिभिल इन्जिनियरिङ तर्फ ९६, इलेक्ट्रिकल ईन्जिनियरिङ तर्फ ४८, कम्प्युटर इन्जिनियरिङ तर्फ ४८, इलेक्ट्रोनिक्स कम्युनिकेसन एण्ड इन्फरमेसन इन्जिनियरिङ तर्फ ४८ सिटमा विद्यार्थी भर्ना लिने गरेको छ।कलेजमा ३५ जना शिक्षक प्राध्यापक तथा ३२ भन्दा बढि कर्मचारी कार्यरत छन्। १५ रोपनी क्षेत्रफलमा फैलिएको यस कलेजको आफ्नै सुविधा सम्पन्न शैक्षिक भौतिक पूर्वाधार रहेको छ।
भौतिक तथा शैक्षिक पूर्वाधारले सुसम्पन्न यस कलेज शिक्षा क्षेत्रमा सक्रिय विज्ञहरूद्वारा सञ्चालित नेपालकै सहुलियत शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्ने इन्जिनियरिङ कलेजका रुपमा स्थापित भएको छ।

यस कलेजले रचनात्मक र व्यावसायिक शिक्षालाई जोड दिँदै आएको छ। कलेजले विद्यार्थीहरुमा इन्जिनियरिङ क्षेत्रको ज्ञान र क्षमतालाई उजागर गरि दक्ष जनशक्ती उत्पादन गर्दे आएको छ। यस कलेजले प्रत्येक विद्यार्थीलाई आठौँ सेमेस्टर पछि आवश्यकता अनुसार इन्टर्नसीपको व्यवस्था गरेको छ। यसले विद्यार्थीहरुमा व्यवहारिक ज्ञानको सुनिश्चितता प्रदान गर्ने गरेको छ।कलेजले प्रवेश परीक्षाका आधारमा विद्यार्थीहरुसँग शूल्क लिने व्यवस्था गरेको छ।
कलेजले विद्यार्थीहरुको चौतर्फी विकासको लागि विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागीताका लागि जोड दिदै आएको छ। कम्प्यूटर ल्याब, हाईड्रोपावर ल्याब, यूनिभर्सल टेस्टिङ ल्याब, ईलोक्ट्रोनिक्स ल्याब, सेमिनार हल लगायतका भौतिक शैक्षिक पूर्वाधारहरुको व्यवस्था रहेको छ।
एनसीईले शिक्षक र विद्यार्थीको अनुसन्धानकार्यका लागि अनुदान उपलब्ध गराउँदै आएको छ। यस कलेजले जटिल र प्रतिस्पर्धात्मक विश्व बजारसँग प्रतिस्पर्दा गर्न सक्ने सक्षम र कुशल इन्जिनियरहरू उत्पादन गर्दै आएको छ। यस कलेजमा अध्ययन गरेका विद्यार्थीहरुले नेपालका सरकारी तथा गैरसरकारी संस्था तथा अन्तर्राष्ट्रिय रोजगार बजारमा पनि आफ्नो राम्रो प्रभाव छोड्न सफल भएका छन्।
