काठमाडाैँ - सन् २००१ मा स्थापना भएको कसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी नेपालमा इन्जिनियरिङ तथा व्यवस्थापन शिक्षाको क्षेत्रमा स्थापित र विश्वासिलो शैक्षिक संस्था हो। काठमाडौँको सितापाईलामा रहेको यस कलेजले शैक्षिक उत्कृष्टता, अनुसन्धान, नवप्रवर्तन तथा व्यावहारिक शिक्षामार्फत दक्ष जनशक्ति उत्पादन गर्दै आएको छ। पोखरा विश्वविद्यालयवाट सम्वन्धन प्राप्त यस कलेजमा हाल इन्जिनियरिङकाे ब्याचलर तर्फ इन्फर्मेसन टेक्नोलोजी , सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, सुचना प्रबिधि र आर्किटेक्चर कार्यक्रम सञ्चालित छन्।त्यसैगरि व्यवस्थापन तर्फ बीबीए र स्नात्तोकत्तर तर्फ एमएससी इन स्ट्रकचरल इन्जिनियरिङ कार्यक्रम सञ्चालनमा रहेका छन्।

सूचना प्रविधि, कम्प्युटर इन्जिनियरिङ, पूर्वाधार विकास तथा वास्तुकला डिजाइनजस्ता क्षेत्रका आधुनिक पाठ्यक्रममार्फत विद्यार्थीलाई सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक अनुभव प्रदान गरिन्छ। परियोजना कार्य, प्रयोगशाला अभ्यास तथा अनुसन्धानमा आधारित सिकाइ पद्धतिले विद्यार्थीलाई रोजगार र उद्यमशीलताका लागि सक्षम बनाउँदै आएको छ।
यस कलेजमा अनुभवी प्राध्यापक, आधुनिक प्रयोगशाला तथा विद्यार्थीमैत्री शैक्षिक वातावरण रहेको छ। कलेजले नेपालमै पहिलो पटक अत्याधुनिक एआई ल्याबको स्थापना गर्देछ। यस मार्फत इन्जिनियरिङ शिक्षामा एआईको प्रयोगबारे विद्यार्थीहरुले ज्ञान प्राप्त गर्नेछन्। कलेजले विद्यार्थीहरुलाई विश्व प्रशिद्ध आईबिएम तालिम प्रदान गरि विश्व वजारमा प्रतिस्पर्धा गर्न सक्ने व्यवस्था पनि गरेको छ। कलेजले उद्योग र बजारको आवश्यकता अनुसारको शिक्षण प्रणाली अपनाउदै विद्यार्थीलाई प्रतिस्पर्धी बनाउन विशेष ध्यान दिँदै आएकोे छ। कलेजले विभिन्न छात्रवृत्ति कार्यक्रम सञ्चालन गर्दै आएको छ।
ज्ञान, सीप र जिम्मेवारी’लाई मूल मन्त्रका रूपमा आत्मसात् गरेको कोसमस कलेजले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धा गर्न सक्ने दक्ष, सिर्जनशील र जिम्मेवार जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ आफ्नो शैक्षिक यात्रा निरन्तर अगाडि बढाइरहेको प्रिन्सिपल प्रा.डा.रामकुमार शर्मा बताउँछन्।

स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, व्यावहारिक सिकाइ, अनुसन्धान तथा नवप्रवर्तनलाई प्राथमिकतामा राख्दै कलेजले दक्ष, सक्षम र जिम्मेवार जनशक्ति उत्पादन गर्दै आएको छ। विद्यार्थीलाई केवल शैक्षिक ज्ञानमा सीमित नराखी व्यावसायिक दक्षता, नेतृत्व क्षमता, सिर्जनशील सोच तथा नैतिक मूल्यको विकासमा विशेष जोड दिने कोसमस कलेजले आधुनिक शिक्षण पद्धति,अनुभवी प्राध्यापक, प्रयोगात्मक सिकाइ र उद्योगसँगको सहकार्यमार्फत विद्यार्थीलाई प्रतिस्पर्धी विश्व बजारका लागि तयार बनाउँदै आएको छ।

कलेजमा अत्याधुनिक प्रयोगशाला, डिजिटल पुस्तकालय, अनुसन्धानमैत्री वातावरण, सेमिनार, कार्यशाला, औद्योगिक भ्रमण तथा परियोजनामूलक अध्ययनजस्ता गतिविधिमार्फत विद्यार्थीलाई व्यवहारिक अनुभव प्रदान गरिन्छ। यसका साथै विभिन्न अतिरिक्त तथा सह–पाठ्यक्रम गतिविधिले विद्यार्थीको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा थप टेवा पु¥याउँछ।
शैक्षिक उत्कृष्टता, अनुशासन,नवप्रवर्तन र सामाजिक उत्तरदायित्वलाई आफ्नो मूल आधार बनाएको कोसमस कलेजले देश तथा विदेशका विभिन्न क्षेत्रमा सफल इन्जिनियर, व्यवस्थापक तथा उद्यमी उत्पादन गर्दै आएको छ। गुणस्तरीय शिक्षा र उज्ज्वल करिअर निर्माणको चाहना राख्ने विद्यार्थीका लागि कोसमस कलेज अफ म्यानेजमेन्ट एन्ड टेक्नोलोजी उत्कृष्ट रोजाइका रूपमा परिचित छ।
