काठमाडौँ- काठमाडौँको थापाथलीमा रहेको जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी नेपालमा जियोम्याटिक्स इन्जिनियरिङ शिक्षाको अग्रणी शैक्षिक संस्था हो।
पूर्वाञ्चल विश्वविद्यालय बाट सम्बन्धन प्राप्त गरि सन् २००४ देखि सञ्चालनमा आएको यस संस्थाले आधुनिक प्रविधिमा आधारित गुणस्तरीय प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष जियोम्याटिक्स इन्जिनियर उत्पादन गर्ने लक्ष्यका साथ आफ्नो यात्रा अघि बढाइरहेको छ। हाल कलेजमा ४८ वटा कोटा प्राप्त छ। नेपालको समग्र विकासका लागि इन्जिनियरिङ शिक्षा अत्यन्त महत्वपूर्ण रहेको मान्यताका साथ स्थापना भएको यस कलेजले शैक्षिक उत्कृष्टता, व्यावसायिक दक्षता तथा अनुसन्धानलाई प्राथमिकतामा राख्दै विद्यार्थीलाई २१औँ शताब्दीको आवश्यकता अनुरूप सक्षम जनशक्ति बनाउने उद्देश्य लिएको छ।

अत्याधुनिक पूर्वाधार र अनुभवी प्राध्यापक
कलेजमा आधुनिक प्रयोगशाला, अत्याधुनिक उपकरण तथा प्रविधिमैत्री शैक्षिक वातावरण उपलब्ध छ। दक्ष तथा अनुभवी प्राध्यापक तथा विशेषज्ञहरू मार्फत अध्यापन गराउनु यस कलेजको प्रमुख विशेषता रहेको छ। कलेजमा हाल ३० जना प्राध्यापकसँगै १२ जना कर्मचारीहरु कार्यरत छन्। विद्यार्थीलाई केवल सैद्धान्तिक ज्ञानमा सीमित नराखी सार्वजनिक बोलाइ, नेतृत्व विकास, टोलीमा काम गर्ने क्षमता, व्यावसायिक नैतिकता तथा व्यवहारिक सीपमा समेत विशेष जोड दिएको छ। दक्षिण एसियामै पहिलो जियोम्याटिक्स इन्जिनियरिङ कलेजले सञ्चालन गरेको ब्याचलर इन जियोम्याटिक्स इन्जिनियरिङ दक्षिण एसियामै पहिलो जियोम्याटिक्स इन्जिनियरिङ डिग्री कार्यक्रमका रूपमा परिचित छ।
यो कार्यक्रम भूमि व्यवस्थापन,नापी, भू–सूचना प्रणाली (न्क्ष्क्), रिमोट सेन्सिङ, ग्लोबल नेभिगेसन प्रणाली तथा जियोस्पेसियल प्रविधिको बढ्दो आवश्यकता पूरा गर्ने गरी तयार गरिएको छ। जियोम्याटिक्स इन्जिनियरिङ क्षेत्रमा दक्ष र प्रतिस्पर्धी जनशक्ति उत्पादन गर्ने लक्ष्य सहित स्थापना भएको यस कलेज स्थापना कालदेखि नै गुणस्तरीय शिक्षा, अनुसन्धान तथा व्यावसायिक दक्षतालाई प्राथमिकता दिँदै आएको कलेजका अध्यक्ष राजेश महतो बताँउछन्।कलेजमा अध्ययन गरेका विद्यार्थीहरु विभिन्न सरकारी तथा गैरसरकारी संस्थामा कार्यरत रहेका छन्। कलेजका पुर्वविद्यार्थी खिमलाल गौतमको नेतृत्वमा पछिल्लो पटक सगरमाथाको उचाई मापन भएको थियो।

कलेजले प्रत्येक शैक्षिक सत्रमा कम्तीमा १० प्रतिशत विद्यार्थीलाई पूर्ण ट्युसन शुल्क छुट प्रदान गर्ने व्यवस्था गरेको छ। साथै थप विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउन विभिन्न सरकारी, निजी तथा दातृ संस्थासँग सहकार्य गर्दै आएको छ। जियोम्याटिक इन्स्टिच्युट अफ टेक्नोलोजी (GIT) नेपालमा जियोम्याटिक्स इन्जिनियरिङ शिक्षाको अग्रणी संस्थाका रूपमा स्थापित छ। आधुनिक पूर्वाधार, अनुभवी शिक्षक, व्यवहारिक सिकाइ, अनुसन्धानमा सक्रिय सहभागिता तथा गुणस्तरीय शिक्षामार्फत संस्थाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रतिस्पर्धी जियोस्पेसियल इन्जिनियर उत्पादन गर्दै आएको छ।

