काठमाडौँ- काठमाडौँको पुतलीसडकमा अवस्थित हिमालयन ह्वाईटहाउस ईन्टरनेशनल कलेज सन् २००१ मा स्थापना भएको पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन प्राप्त कलेज हो। हिमालयन ह्वाईटहाउसमा स्नातक तह अन्तर्गत ईन्जिनियरिङ तर्फ सिभिल ईन्जिनियरिङ, कम्प्यूटर ईन्जिनियरिङ, बायोटेक्नोलोजी, ईलोक्ट्रोनिक्स ईन्जिनियरिङ र व्यवस्थापन तथा आईटी अन्तर्गतका बीआईटी, बीएचएम, बीबीए लगायतका विषय अध्यापन हुन्छ।

यसै अन्र्तगतको हिमालयन ह्वाईटहाउस स्कु्ल अफ ल ले कानुन संकायतर्फ बीएएलएलबी विषयको अध्यापन गराउदै आएको छ। कुशल व्यवस्थापन तथा विषयगत दक्ष पूर्णकालीन शिक्षक, उत्प्रेरक एवमं विद्यार्थीमैत्री वातावरण भएकाले यस कलेज विद्यार्थीको रोजाइमा पर्ने गरेको छ। यस कलेजले इन्जिनियरीङ, आईटी र व्यवस्थापन संकायतर्फ सपना बोकेका तर आर्थिक अवस्था कमजोर भएका इमान्दार, जेहेन्दार विद्याथीहरुलाई छात्रवृत्तिको पनि व्यवस्था गरेको छ।
यस कलेजमा अत्याधुनिक प्रविधिको प्रयोग गरी विद्यार्थी केन्द्रित विद्यार्थीमैत्री वातावरणमा व्यावहारिक, प्रयोगात्मक र जीवन उपयोगी शिक्षा प्राप्त हुन्छ। विद्यार्थीहरूलाई राष्ट्रिय र विश्वव्यापी बजारको उच्च गुणस्तरीय शिक्षा प्रदान गर्नु यस कलेजको मुख्य विशेषता हो।
हिमालयन ह्वाईटहाउस कलेजले विद्यार्थीलाई पढाइका अलावा पनि खेलकुद, कला साहित्य लगायत कम्प्युटर, बुट क्याम्प, अन्तरक्रिया, साइबर सेक्युरिटि जस्ता थुप्रै तालिमहरू प्रदान गर्दैै विद्यार्थीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फोरम र प्रतियोगिताहरूमा सहभागी गराउँदै आएको छ।
कलेजमा स्वस्थ र स्वच्छ वातावरण, सुसज्जित डिजिटल कक्षाकोठा, खेलकुदका लागि आवश्यक पूर्वाधार, पुस्तकालय, कम्प्युटर ल्याब जस्ता थुप्रै अत्याधुनिक भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्।
नेपालमा निजी क्षेत्रबाट अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यार्थीको समग्र विकासमा जोड दिदैँ आएको यस संस्थाको नविनतम शैक्षिक प्रणाली, सुविधासम्पन्न भैतिक शैक्षिक पूर्वाधार, सरकारी तथा गैरसरकारी निजी संस्थाहरूमा इन्टर्नसिपको अवसर, सहुलियत शूल्कमा अध्यापन, कुशल व्यस्थापन र प्राईम लोकेसनको कारण ह्वाईटहाउस विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।