काठमाडाैँ - ललितपुर इन्जिनियरिङ कलेज ललितपुरको चाकुपाटमा रहेको छ। सन् २०१० मा स्थापना भएको यस कलेज आईएसओ ९००१ः२०१५ प्रमाणित प्रतिष्ठित इन्जिनियरिङ शिक्षण संस्थाका रुपमा रहेको छ। कलेजले गुणस्तरीय, व्यवहारिक तथा रोजगारमुखी प्राविधिक शिक्षा प्रदान गर्दै दक्ष, सिर्जनशील र प्रतिस्पर्धी इन्जिनियर तथा सूचना प्रविधि विशेषज्ञ उत्पादन गर्दै आएको छ।
कलेजमा त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त यस कलेजले सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ , तथा ब्याचलर अफ कम्प्युटर एप्लिकेसन कार्यक्रम सञ्चालन गर्दे आएको छ।
अनुभवी, योग्य तथा अनुसन्धान एवं औद्योगिक अनुभव भएका प्राध्यापकहरूको नेतृत्वमा सञ्चालीत यस कलेजमा विद्यार्थीले सैद्धान्तिक ज्ञानसँगै व्यावहारिक सीपसमेत हासिल गर्ने अवसर प्राप्त गर्दै आएका छन्। आधुनिक शिक्षण प्रणालीलाई आत्मसात् गर्दै कलेजले सेमिनार, प्रयोगात्मक कक्षा, व्यक्तिगत ट्युटोरियल तथा परियोजनामूलक सिकाइलाई प्राथमिकता दिएको छ।
अत्याधुनिक प्रयोगशाला, कार्यशाला, स्मार्ट कक्षाकोठा, समृद्ध पुस्तकालय, उच्चगतिको इन्टरनेट, यातायात सुविधा, खेलकुद, शैक्षिक तथा करियर परामर्श कार्यक्रममार्फत विद्यार्थीको सर्वाङ्गीण विकासमा कलेजले विशेष ध्यान दिदै आएको छ।
गुणस्तरीय शिक्षा, आधुनिक पूर्वाधार, अनुभवी प्राध्यापक, व्यवहारिक शिक्षण पद्धति तथा विद्यार्थीमैत्री शैक्षिक वातावरणका कारण ललितपुर इन्जिनियरिङ कलेज नेपालका उत्कृष्ट इन्जिनियरिङ शिक्षण संस्थामध्ये एकका रूपमा आफ्नो पहिचान स्थापित गर्दै आएको बताउँछन् कलेजका प्राचार्य प्रा.डा.सुरेन्द्र बहादुर ताम्राकार बताउँछन्।



