काठमाडाैँ- मोडल इन्सटिच्युट अफ टेक्नोलोजी (एमआईटी) केएमसी ग्रुपले सञ्चालन गरेको अमेरिकी विश्वविद्यालय इन्टरनेसनल अमेरिकन युनिभर्सिटीबाट सम्बन्धन प्राप्त कलेज हो। काठमाडौँको बागबजारमा अवस्थित एमआईटी कलेजमा व्यवस्थापन र आईटी अन्तर्गत ब्याचलर इन बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर इन इन्फरमेसन टेक्नोलोजी (बीआईटी) र मास्टर इन बिजनेस एडमिनिस्ट्रेशन(एमबीए) विषय अध्यापन हुन्छ।

कम्प्युटर प्रशिक्षण मार्फत सीप सुधार, समूह प्रस्तुतीकरणमा ध्यान दिने यस कलेजले व्यावहारिक शिक्षामा जोड दिदैँ आएको छ। एमआईटी कलेजले नेपालको शिक्षा प्रणालीमा नयाँ मापदण्डको स्थापना गरेको छ। अन्तर्राष्ट्रिय डिग्री प्रदान गर्ने संस्था,विद्यार्थीहरूको पहिलो रोजाइ र सामाजिक रूपमा जिम्मेवार स्नातकहरूको विकासमा जोड दिएको छ। अत्याधुनिक भौतिक पूर्वाधारले सुसम्पन्न एमआईटी नेपाली विद्यार्थी माझ लोकप्रिय बन्दै गएको छ।
दक्ष तथा अनुभवि शिक्षक र गुणस्तरीय शिक्षामा जोड दिदैँ आएको यस कलेजमा अध्ययन गरेका विद्यार्थीले क्रेडिट ट्रान्सफर पनि गर्न पाउँछन्। नेपालमै विश्वस्तरीय गुणस्तरीय शिक्षा प्रदान गर्न सफल यस कलेजले आईटी अध्ययनकै लागि विदेश जानु नपर्ने र नेपालमै अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्रदान गर्ने अवस्था बनाएको छ।
एमआईटीमा शिक्षण सिकाइ प्रक्रिया केवल कक्षाकोठामा सीमित छैन। यहाँ विद्यार्थीलाई वास्तविक जीवनका समस्या समाधान गर्न सक्ने क्षमता विकास गराउने उद्देश्यले विषयगत अध्ययन, व्यवहारिक कम्युटर कक्षा, समुहगत प्रस्तुती जस्ता अभ्यासमुखी गतिविधिहरूमा सहभागी गराइन्छ।
यसले विद्यार्थीमा विश्लेषणात्मक सोच, नेतृत्व क्षमता, अनुसन्धान सीप तथा प्रस्तुतीकरण कौशलको विकास गर्न मद्दत पु¥याउँछ। कलेजले विभिन्न क्षेत्रका अनुभवी विज्ञ तथा उद्योगसँग सम्बन्धित व्यक्तित्वहरूलाई आमन्त्रण गरी नियमित गेष्ट लेक्चर सञ्चालन गर्दै आएको छ। सूचना प्रविधि, बैंकिङ, बीमा तथा कर्पोरेट क्षेत्रका विशेषज्ञहरूसँगको अन्तरक्रियाले विद्यार्थीलाई उद्योगको वास्तविक अवस्था र आवश्यकता बुझ्न सहयोग पु¥याउँछ।
शैक्षिक उत्कृष्टतासँगै व्यक्तित्व विकास, सिर्जनशीलता, नवप्रवर्तन तथा व्यावसायिक क्षमताको विकासलाई विशेष प्राथमिकता दिएको छ। ज्ञान, अनुसन्धान र प्रविधिको माध्यमबाट समाज तथा राष्ट्र निर्माणमा योगदान पु¥याउने दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यका साथ एमआईटी निरन्तर अघि बढिरहेको छ।

.jpg)
.jpg)