काठमाडौँ - काठमाडौँको पुतलीसडकमा रहेको शंकरदेव क्याम्पसले व्यवस्थापन तथा सूचना प्रविधि क्षेत्रका विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको छ। क्याम्पसले नियमित कार्यक्रमअन्तर्गत चारवर्षे ब्याचलर अफ बिजनेस स्टडिज (बीबीएस) र दुईवर्षे (चार सेमेस्टर) मास्टर अफ बिजनेस स्टडिज (एमबीएस) कार्यक्रम सञ्चालन गरिरहेको छ।
त्यसैगरी, विशेष कार्यक्रमअन्तर्गत स्नातक तहमा चारवर्षे (आठ सेमेस्टर) ब्याचलर अफ बिजनेस एडमिनिस्ट्रेसन (बीबीए), ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी एन्ड म्यानेजमेन्ट (बीआईटीएम), ब्याचलर अफ बिजनेस म्यानेजमेन्ट (बीबीएम) तथा बीबीए–फाइनान्स कार्यक्रम सञ्चालनमा छन्।
स्नातकोत्तर तहमा भने दुईवर्षे (चार सेमेस्टर) एमबीए–फाइनान्स र मास्टर अफ बिजनेस म्यानेजमेन्ट (एमबीएम) कार्यक्रम अध्यापन हुँदै आएको छ।
क्याम्पसले चालु शैक्षिक सत्रदेखि मास्टर अफ बिजनेस एन्ड म्यानेजमेन्ट टेक्नोलोजी (एमबीएमटी) कार्यक्रमसमेत थप गरी अध्यापन सुरु गरेको जनाएको छ। नयाँ कार्यक्रम थपिएसँगै व्यवस्थापन, वित्त, सूचना प्रविधि तथा व्यवसायिक क्षेत्रमा उच्च शिक्षा हासिल गर्न चाहने विद्यार्थीका लागि शंकरदेव क्याम्पसमा अध्ययनका थप विकल्प उपलब्ध भएका छन्।
विदेशका व्यवस्थापन संस्थानहरूसँग सञ्जाल विकास गर्ने, उत्तरदायी र रचनात्मक उद्यमीहरू उत्पादन गर्ने, व्यवस्थापकहरूको ज्ञान र सीपको अभिवृद्धि विकास गर्ने किसिमका कार्यक्रमहरू सञ्चालन गर्दै आएको छ। सार्वजनिक क्षेत्रका लागि व्यवस्थापकहरू विकास गर्ने ध्ययका साथ यो संस्था नेपालमा व्यवस्थापन शिक्षा अध्ययन गर्ने विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
यस कलेजमा सम्पूर्ण रुपमा सुविधा सम्पन्न शैक्षिक प्रशासनिक भवन हुनुका साथै चमेनागृह, कम्प्यूटर ल्याब, डिजिटल ल्याब, स्मार्ट कक्षा कोठा, लाईब्रेरी लगायतका भौतिक शैक्षिक पूर्वाधारहरू उपलब्ध छन्। प्राईम लोकेसन, प्रविधिको प्रयोग र अनुभवि शिक्षकद्वारा पठनपाठन, विद्यार्थी मैत्री वातावरण, रोजगारीमुलक तालिम तथा अन्य भौतिक सुबिधा रहेको कारण शंकरदेव क्याम्पस विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ।