काठमाडौँ- मोडल इन्स्टिच्युट अफ टेक्नोलोजी (MIT) ले विद्यार्थी, अभिभावक तथा भावी विद्यार्थीलाई शैक्षिक कार्यक्रम, करियर सम्भावना र क्याम्पस जीवनबारे जानकारी दिने उद्देश्यले ‘MIT Open House Live 2026’ आयोजना गर्ने भएको छ।
आगामी अगस्ट १९ र २० गते बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म आयोजना हुने दुईदिने कार्यक्रममा शैक्षिक परामर्श, करियर मार्गदर्शन, उद्यमशीलता तथा मनोरञ्जनात्मक गतिविधि समावेश गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा विद्यार्थीहरूले BBA तथा BIT का लागि व्यक्तिगत परामर्श, उद्यमशीलता तथा व्यवसाय इन्क्युबेसनसम्बन्धी मार्गदर्शन, विद्यार्थी नेतृत्वका अवसर, शैक्षिक लेखन सहयोग तथा प्रमाणपत्र र प्लेसमेन्टसम्बन्धी जानकारी प्राप्त गर्न सक्नेछन्।
त्यस्तै, कार्यक्रममा MIT का मान्यता प्राप्त अमेरिकी डिग्री कार्यक्रम, अध्ययन वातावरण, सिकाइका अवसर तथा भर्नासम्बन्धी विकल्पबारे विद्यार्थी तथा अभिभावकलाई जानकारी दिइनेछ।
शैक्षिक तथा करियरसम्बन्धी गतिविधिसँगै कार्यक्रममा खेल, मनोरञ्जन, खाना तथा संगीत लगायतका गतिविधि पनि रहने आयोजकले जनाएको छ। कार्यक्रममा सहभागी हुनेहरूका लागि निःशुल्क चलचित्र टिकट समेत उपलब्ध गराइने जनाइएको छ।
आफ्नो करियरबारे अन्योलमा रहेका विद्यार्थी, BBA तथा BIT अध्ययन गर्न चाहने भावी विद्यार्थी, शैक्षिक कार्यक्रम र भर्ना प्रक्रियाबारे बुझ्न चाहने अभिभावक तथा आफ्नो भविष्यका अवसरबारे जानकारी लिन चाहने सबैलाई कार्यक्रममा सहभागी हुन आयोजकले आग्रह गरेको छ।
कार्यक्रममा सहभागीहरूले संस्थाका प्रतिनिधि तथा शैक्षिक समुदायसँग प्रत्यक्ष संवाद गर्दै विभिन्न शैक्षिक तथा करियर अवसरबारे जानकारी लिनुका साथै क्याम्पसको वातावरणसमेत अनुभव गर्न सक्नेछन्।
कार्यक्रममा सहभागी हुन इच्छुकहरूले अनलाइनमार्फत दर्ता गर्न सक्नेछन्।

‘Come Explore. Connect. Learn. Celebrate.’ भन्ने अवधारणासहित आयोजना हुन लागेको MIT Open House Live 2026 ले विद्यार्थीलाई आफ्नो शैक्षिक तथा व्यावसायिक भविष्यबारे सूचित निर्णय लिन सहयोग गर्ने उद्देश्य राखेको आयोजकको भनाइ छ।
.png)