काठमाडाैँ - अष्ट्रेलिया गुणस्तरीय शिक्षा र अध्ययन पश्चातमा रोजगारीका हिसाबले नेपाली विद्यार्थीको लागि उपयुक्त शैक्षिक गन्तव्य हो। अष्ट्रेलियाले प्रदान गर्ने विश्वस्तरीय गुणस्तरीय शिक्षा, सहज जिवन शैली, रोजगारीको सहज उपलव्धता, आप्रवासी मैत्री नियम, अध्ययन पश्चात रोजगारीको अवसर, सुरक्षित करिअर, सहुलियत शुल्क र विद्यार्थी मैत्री वातावरणको कारण विद्यार्थीको रोजाइमा पर्ने गरेको छ।
अन्तर्राष्ट्रियस्तरको गुणस्तरीय शिक्षा आर्जन गरेर विश्वबजारमा बिक्न सक्ने दक्ष जनशक्तिको रुपमा आफुलाई स्थापित गर्न चाहने नेपाली विद्यार्थीको लागि अष्ट्रेलिया पहिलो रोजाइको गन्तव्य नै हो। अष्ट्रेलिया जाँदा आर्थिक रुपमा विचार गरेर मात्र जानुपर्छ। अन्य मुलुकको तुलनामा अष्ट्रेलिया स्थायी बसोबार र मौसमी वातावरणले सहज भएतापनि जाने वित्तिकै त्यहाँको वातावरणमा घुलमिल हुन भने विद्यार्थीलाई पूर्वतयारी आवश्यक हुन्छ।
अहिले अष्ट्रेलिया सरकारले विद्यार्थी भिसाको मापदण्डमा केहि परिवर्तन गरेको छ। नेपाल लेभल ३ बाट लेबल २ मा बढुवा भएपछि कागजी प्रक्रियामा विद्यार्थीलाई थप सहज भएको छ। अहिले विद्यार्थीले भिसा पाउने नपाउने निर्णयमा कलेजको भूमिका महत्वपूर्ण हुन्छ।
अष्ट्रेलियाको शिक्षा नीति, विदेशी विद्यार्थीका लागि आवश्यक पर्ने आर्थिक कागजात र विश्वविद्यालयको मापदण्डका विषयमा हेरफेर भएपछी भने नेपाली विद्यार्थीलाई अष्ट्रेलियामा आवेदन दिन थप सहज हुने भएको छ। अष्ट्रेलिया अध्ययनमा जान विद्यार्थीले नेपाल सरकार शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयबाट विदेश अध्ययन अनुमति पत्र (एनओसी) लिनुपर्ने हुन्छ। त्यसका लागि विद्यार्थीले आफू अध्ययन गर्न जाने विश्वविद्यालयबाट कन्फर्मेसन अफ इन्रोलमेन्ट (सिओई) का आधारमा आवेदन दिन पाउँछन्।
नेपालबाट विदेश अध्ययनमा जाने विद्यार्थीको हकमा अष्ट्रेलियामा नर्सिङ, ईन्जिनियरिङ, आईटी, होटल म्यानेजमेन्ट, सोसियल वर्कर, सोसियल सर्भिस लगायतका क्षेत्रमा अध्ययन गर्ने र सोही क्षेत्रमा काम गर्ने जनशक्तीलाई चाडै सेटल हुन सहज हुन्छ। यी विषय अध्ययनको लागि फरक भिसा आवेदन प्रक्रिया भने हुँदैन। अष्ट्रेलिया गन्तव्य बनाउँदै गर्दा विद्यार्थीले आर्थिक रुपमा सवल र अंग्रेजी भाषामा दक्ष भएर भिसा आवेदन प्रक्रिया अघि बढाए भविष्यमा थप सहज हुन्छ। साथै विद्यार्थीले आफू अध्ययनमा जाने कलेज, पढ्ने विषय र अध्ययन पश्चातका अवसरका बारेमा बुझेर मात्र अष्ट्रेलिया जानु उपयुक्त हुन्छ।
अष्ट्रेलिया नै किन ?
भिसा आवेदन प्रक्रिया लचिलो भएसँगै पछिल्लो समय नेपाली विद्यार्थीको पहिलो रोजाइको गन्तव्यमा अष्ट्रेलिया पर्ने गरेको छ। अष्ट्रेलियामा हाल विश्वका उत्कृष्ठ ४२ वटा विश्वविद्यालयहरु सञ्चालनमा छन्। अष्ट्रेलियामा छोटो समयमा स्थापित हुन सकिने, स्वास्थ्य विमा, शिक्षामा छात्रवृत्ति लगायका कुराले विद्यार्थीलाई आकर्षित गरेको छ। अष्ट्रेलियाले विद्यार्थीको वास्तविक ‘एकेडेमीक इयर ग्याप’ लाई पनि जस्टिफाई गर्ने रिजन भए मान्यता दिने गरेको छ। अष्ट्रेलियन सरकारले कक्षा १२ उत्तीर्ण गरेपश्चात् कति वर्षसम्मको ग्यापलाई मान्यता दिने भन्ने निर्धारण गरेको छैन। विश्वविद्यालय तथा कलेज स्वंयमले निर्धारण गर्नेहुँदा विश्वविद्यालय र कलेजको मान्यताको अवधी फरक- फरक रहेको छ।
विद्यार्थीले ध्यान दिनुपर्ने कुरा
विद्यार्थीले अष्ट्रेलिया आफूलाई उपयुक्त हो कि होइन विचार गर्नुपर्छ। भाषागत दक्षता र राम्रो शैक्षिक पृष्ठभूमि भएका विद्यार्थीले सरकारी विश्वविद्यालयमा छात्रवृत्तिका लागि आवेदन दिन सक्छन्। आर्थिक रुपमा सवल नभएका ऋण गरेर जाने विद्यार्थीले त्यहाँ गएपछि पढाइकै क्रममा उक्त ऋण तिर्न सकिन्छ कि सकिदैन भन्ने विचार गर्नुपर्छ। अभिभावकले पनि आफ्नो छोराछोरीलाई अष्ट्रेलिया पठाउँदै गर्दा अध्ययनकै क्रममा लाग्ने खर्च र त्यो बाहेक ६०, ६५ लाख सम्मको जोहो गर्न सक्छु भन्ने सम्झिनु पर्छ।
त्यस्तै विद्यार्थीहरुले अष्ट्रेलिया अध्ययनको लागि जाँदैछन् भने त्यहाँको कलेज, विश्वविद्यालय र विषय छनोट गरिसकेपछि अध्ययनको लागि आवश्यक पर्ने ट्युसन फि, आंशिक समयमा गर्न सकिने काम, आफू जाने ठाउँको वसोवास गर्दा लाग्ने खर्चका वारेमा ध्यान दिनुपर्छ। अष्ट्रेलिया अध्ययनमा जानु अघि नेपाली विद्यार्थीले अध्ययनसँगै काम पनि गर्ने हुँदा सीप सिकेर मात्र अष्ट्रेलिया जानु उपयुक्त हुन्छ।

रोजगारीको अवसर
अष्ट्रेलिया एक सुरक्षित शैक्षिक गन्तव्य हो। त्यहाँ विद्यार्थीको रोजगारीको विषयमा सरकार सचेत छ। अष्ट्रेलियामा विद्यार्थीले हप्ताको २४ घण्टा वा २ हप्तामा ४८ घण्टा काम गर्न पाउँछन्। यति काम गरेको पैसाले उसको दैनिक खर्च चल्नसक्छ तर कलेज फी तिर्न सक्ने अवस्था भने हुदैँन। त्यसैले नेपालबाटै एक वर्षको शिक्षण शुल्क जोहो गरेर मात्र अष्ट्रेलियामा अध्ययनका लागि जानुपर्छ।
अष्ट्रेलियन सरकारले समयसमयमा विद्यार्थीलाई बिदाको समयमा फूलटाईम काम गर्ने अवसर पनि प्रदान गर्छ। कोभिड पछिको केहीसमय अष्ट्रेलियामा विद्यार्थीले फूल टाईम काम गर्न पाउने नियम लागू भएका थियो। तर पछि विद्यार्थीले कामलाई मात्र बढी मध्यनजर गरी शिक्षाको गुणस्तर खस्किदै गएको कारण यो नियम खारेज भएको थियो। अष्ट्रेलियामा अध्ययन पश्चात रोजगारीमा जान सक्ने क्षमता भएका विद्यार्थीलाई प्राथमिकतामा राखेको देखिन्छ।
अष्ट्रेलियाले उत्कृष्ट शैक्षिक योग्यता भएका, विषयगत दक्षता हासिल गरेका विद्यार्थीलाई केन्द्रमा राखेको छ। अष्ट्रेलियाले इन्जिनियरिङ, नर्सिङ, लगायतका अनुसन्धानमुलक प्राविधिक विषय अध्ययन गर्न जाने विद्यार्थीलाई मुख्य प्राथमिकतामा राखेको छ। जसकारण यी विषय अध्ययन गरेका विद्यार्थीलाई रोजगार पाउन थप सहन हुन्छ।
आवश्यक योग्यता
सामान्यतया नेपाली विद्यार्थीहरु कक्षा १२ उत्तीर्ण गरे पश्चात अष्ट्रेलियामा अध्ययनका लागि जाने गरेका छन्। अष्ट्रेलियामा अध्ययनका लागि विद्यार्थीले आईईएलटीएस, पीटीई जस्ता अंग्रेजी भाषा परीक्षा उत्तीर्ण गर्नुपर्ने हुन्छ। विद्यार्थीहरुले स्नातक अध्ययनको लागि कम्तिमा ओभरअलमा ६ वा लिखित, मौखिक लगायतका विधामा ५.५ अंक ल्याएको हुनुपर्छ। यसका साथै स्नातकोत्तर तहको लागी ओभरअल ६.५ र इचव्याण्ड ६ अंक ल्याएको हुनुपर्छ। यदी प्राप्ताङ्क चित्त नबुझेमा हाल विद्यार्थीहरुले ४ वटा ब्यााण्ड मध्ये कुनै एक व्याण्डको मात्र परीक्षा दिन पनि पाउँछन्।
विद्यार्थीले प्राप्त गर्नुपर्ने अंक सम्बन्धी सम्पूर्ण नियम विश्वविद्यालय तथा कलेज आफैले निर्धारण गर्न पाउने भएकोले विश्वविद्यालय तथा कलेज अनुसार फरक -फरक अंक तोकिएको हुन्छ।विद्यार्थीले कागजपत्र बनाउँदा परिवारको आम्दानीको स्रोत, सम्पत्तिको मूल्याङ्कन, नेपालबाट अष्ट्रेलिया पढ्न, बस्न, खान र नेपाल आउन जान, मेडिकल इन्स्योरेन्सका लागि आवश्यक पर्ने रकम बैंक व्यालेन्स अथवा शैक्षिक कर्जा(एजुकेसन लोन) देखाएर आवेदन दिनुपर्दछ।
छात्रवृत्तिको व्यवस्था
अष्ट्रेलियामा सरकार र विश्वविद्यालय दुबैले छात्रवृत्ति प्रदान गर्दै आएका छन्। प्रत्येक वर्ष विदेशी विद्यार्थीका निम्ति अष्ट्रेलियन सरकारले २० करोड डलर भन्दा बढी छात्रवृत्ति प्रदान गर्ने गरेको छ।अष्ट्रेलियन सरकारले राजदुताबास मार्फत वर्षमा एकपटक छात्रवृत्तिको लागि आवेदन खुलाउने गरेको छ। त्यस्तै विश्वविद्यालय तथा कलेजहरुले विद्यार्थीको ऐकेडेमीक पर्फमेन्स हेरेर छात्रावृत्ति प्रदान गर्ने गरेको छ। विश्वविद्यालय तथा कलेजहरुले विद्यार्थीले प्राप्त गर्ने शैक्षिक अंकको आधारमा पनि छात्रवृत्ति प्राप्त गर्ने गरेका छन्।
कंगारु नै किन ?
हजारौ विषयगत बिकल्पमध्ये उचित विषय र शिक्षण संस्थाको छनोट गर्न कंगारुले सहयोगी भूमिका निर्वाह गर्छ। यस संस्थाले विद्यार्थी केन्द्रित शैक्षिक परामर्श प्रदान गर्दै आएको छ। यहाँ अनुभवी दक्ष शिक्षकद्वारा भाषा शिक्षा प्रदान गर्नुका साथै अनुभवी र सर्टिफाईड परामर्शदाताद्वारा परामर्श प्रदान गरिन्छ।
यस संस्थाले योग्य विद्यार्थीका लागि प्रत्येक वार्षिकोत्सवमा छात्रवृत्तिको व्यवस्था गर्ने गरेको छ। यस संस्थाले वार्षिकोत्सवको अवसरमा प्रत्यक बर्ष विद्यार्थीहरुलाई आईईएलटीएस, पीटीई, स्याट लगायतका तयारी कक्षामा ७० प्रतिशत छुटको व्यवस्था गरेको छ। विद्यार्थीको भविष्य सुनिश्चित गर्न उपयुक्त शैक्षिक गन्तव्य, विषय र भाषागत ज्ञान प्रदान गर्दे आएको कंगारुको भिसा सक्सेस रेट पनि राम्रोे छ। यसले हालसालै मात्र फेयर इन्टरनेशनल एजुकेशन अवार्डमा ‘बेष्ट एजुकेशन कन्सल्टेन्सी फर स्टडी इन अष्ट्रेलिया’को अवार्ड प्राप्त गरेको थियो।

उच्च शिक्षा हासिल गर्न जान चाहने विद्यार्थीहरुलाई सन् २००७ देखि शैक्षिक परामर्श प्रदान गर्दै आएको कंगारुले काठमाडौँ लगायत देशभर ९ वटा प्रमुख शहरबाट सेवा प्रदान गर्दे आएको छ। यस परामर्श संस्थाले विद्यार्थीहरुलाई छात्रवृत्तिका लागि आवश्यक पहल गर्नुका साथै विदेश अध्ययनका बारेमा सम्पूर्ण आवश्यक पूर्व तयारी कक्षा सञ्चालन गर्दै आएको छ।