काठमाडाैँ- हंगेरी ईष्ट यूरोपमा अवस्थित सेन्जेन मुलुकको सदस्यीय राष्ट्र हो। अष्ट्रिया, क्रोयसिया, रोमानिया लगायतका मुलुकसँग सिमाना जोडिएको हंगेरीको आफ्नै मुद्रा र भाषा रहेको छ। हंगेरी नेपाल जस्तै हरियाली, शान्त र स्वस्थ वातावरण भएको मुलुक हो।
हंगेरीमा सरकारी र निजी गरि दुबैखाले शैक्षिक संस्था सञ्चालनमा छन्। जसमा सरकारीमा तुलनात्मक हिसाबले शिक्षण शुल्क कम छ। हंगेरीमा विश्वविद्यालयले शिक्षण शुल्क यूरोमा लिने गरेका छन्। हंगेरीको शिक्षा प्रणाली बेलायतको जस्तै छ। जहाँ ३ वर्षको स्नातक तह र १ देखि २ वर्ष सम्मको स्नातकोत्तर तहको कोर्स अध्यापन हुन्छ।
हंगेरीको कतिपय विश्वविद्यालयमा भर्ना हुनका लागि २.४ जिपिए वा ५८ प्रतिशत अंक ल्याएको हुनुपर्छ भने स्नातकोत्तर तहको लागि ४५ प्रतिशत भए पुग्छ।विद्यार्थीले सर्वप्रथम आफ्नो ईच्छा, ज्ञान र क्षेमता हेरेर मात्र विषयको छनोट गनुपर्दछ। व्यवस्थापन र भेटेरनरी साइन्सको विषयमा हंगेरीमा अध्ययनका लागि विद्यार्थीले छात्रवृत्ति पनि पाउने गरेका छन्।
विद्यार्थीहरुले हंगेरीलाई शैक्षिक गन्तव्य बनाँउदै गर्दा विश्वविद्यालयले प्रदान गर्ने होस्टेलमा नबसि बाहिर कोठा खोजेर बस्ने गरेका छन्। विद्यार्थीहरुले आफ्नो लागि आफै सम्पूर्ण कुराहरुको व्यवस्था गर्नुपर्दछ। हंगेरीमा स्नातक तह उत्तिर्ण भएपछि २ वर्षको पोस्ट स्टडि वर्कको व्यवस्था गरेको छ। सरकारी युनिभर्सिटिको व्यवस्था गरेको छ। विद्यार्थीहरुले हंगेरीमा भिसा परिवर्तन नगरी ५ वर्षसम्म बसेमा पिआर एप्लाई गर्न पाउँछन्।
आवश्यक योग्यता
हंगेरीका विश्वविद्यालयहरूले एजुकेशन रिक्वाईरमेन्टको लागि अंग्रेजी जाँच गर्नलाई युनिभर्सिटि आफैले आफ्नो तरिकाले परिक्षा लिन्छ र त्यस परीक्षामा उत्कृष्ट नम्बर ल्याएमा मात्र लिखित परीक्षा लिन्छ जसमा उत्तिर्ण विद्यार्थीले मात्र भर्ना पाउछन्। विद्यार्थीहरुको एड्मिसनको लागि अग्रेजी भाषा परीक्षाको स्कोर भन्दा कलेजको रिक्वायरमेन्ट अनिवार्य रुपमा पूरा गरेको हुनुपर्छ।
रोजगारीको अवसर
हंगेरी मात्र नभई जुनसुकै देशलाई शैक्षिक गन्तव्य बनाउँदै गर्दा विद्यार्थीहरुले पढाइ बाहेक पार्टटाइम जबको बारेमा नेपालमै तयारी गरेर जानुपर्छ। हंगेरीमा नेपाली विद्यार्थीले रेष्टुरेन्ट, कफिसपहरूमा काम पाउने गरेका छन्। हंगेरिमा विद्यार्थीहरुलाई शिक्षण श्ुल्क धेरै हुने र आंशिक रुपमा काम गरेर निजी कलेजको फि तिर्न संभव नहुने भएकाले सरकारी कलेजमा अध्ययन गरेर आंशिक समय काम गर्ने र अध्ययन पश्चात पूर्णकालिन रुपमा काम गर्ने अवसर पाउँछन्।